कथा : प्रथम

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

छेवैको गिलास तानेर पानी पिए । पानी धेरै चिसो थिएन । स्वाट्ट एकै सासमा त्यसलाई रित्ताई दिए । म भर्खरै एउटा भयानक सपनाले तर्सीएर ब्यँझीएको प्राणी । शिथील अनी सपनामा भाग्दा भाग्दा थाकेको आत्मा । मुटुको तेज घड्कनलाई समाल्दै म सिलीङ तिर सोझीए । उत्तानो छु अब बिलकुल एउटा सत्य जस्तो । कान्लाको डिल तिर उभिएर फाल हाल्थे । आकासको निलो पृष्ठभुमी संग समागम गर्थे । कहीले काही सोझै जमीन बाट बिना परिश्रम रकेट को झै तेज गतीमा गगनको उपल्लो छेउ समाउन पुग्थें । म माथी उठ्थे । जमीन भन्दा माथी । बन्धन भन्दा माथी । सामाजिक परिस्थीती भन्दा माथी, ब्यबसाएको बार भन्दामाथी । लाग्छ कहीले काही स्वास्नीको उपकार मन्दा माथी । सदैब जमीन भन्दा माथी बिचरण गर्थे सायद । यो बेग्लै रात थियो । मैले भयानक र भयाबह सपना देखेको रात । त्यसैले त म तर्सिएर ब्युँझेको थिए । एउटा मौन अनुभुती लीई समयतिर बरालीन खोजें । घडिको सुई दुई तिर तेर्सिएर रात कटाउने उत्कण्ठा गर्दै थिए । म त्यही घडिको टिकटिक मा एकतमासले अडिए । उठेर भान्छा तिर लागे । मधुरो जुनको प्रकाश भान्छा संग लुटपुटीदै थीयो । मैले बत्ती बाले । आधुनिकतामा प्राकृतीक सचेतना गाएब भयो । त्यो प्राकृतीक उज्वलता गायब भयो । म दङगीए । उज्यालोमा आँखाको केन्द्रबिन्दुले राहात पाए । एकैछिन पछी कफीको मग संगै कोठमा र्फर्कीए । तर मलाई थाह भएन मलाई कहीले देखी राती पनी कफीको चाहाना हुन थाल्यो ।

बाबुको झापडले म रन्थनीएर आमाको काखमा मुन्टो घुसार्दै थिए । मैलो धोतीको सप्को मेरो आशुले भिजीसकेको हुन्थ्यो । बेला बेला आँखा माड्दै बाबुको मुखमा पुलुक्क हेर्थे । गालीको हेभी रेनफलमा पनी आमा संझाउन खोज्दै हुन्थनि । “भैगो नि त यसपाला फेल भयो, अर्को चोटी राम्रो गर्छ” । म अझै कराएर रोईदिन्थे लाग्थ्यो हेभी रेनफल केही भए पनी मत्थर होसे तर त्यो साउनको मुसलधारे बर्षा जस्तो एकहोरो टिनको छानामा बर्सिरहन्थो । बाबुको पारो त्यतीले सेलाउने थिएन किनकी मेरो परसेन्टेज र्बसेनी घट्दै थिए ।

कफीको सुर्को संगै जिबनको फ्ल्यास ब्याकमा पुग्दै थिए । भर्खर कोरल्लीएको चल्ला जस्तो जिबनको भयाबह अनी कहाली लाग्दो गोरेटोहरुमा खई के को टेम्पटेसन् खोज्दै हुन्थे । म एक्लो थिईन सोसल सिस्टम र ह्मन एकजिस्टम संग संगै दगुर्दै हुन्थे । उछिना उछिन र ताना तान बिचमा पनी म केही क्षण उभिईसकेको छु । लामो सुस्केरा ओठको गोलाई संगै चेपीएर निस्कन्छन् । एउटा अस्वस्थ भबिष्यको कल्पनामा म यान्त्रीक सपनाहरु अझै बुन्दै छु । लामबद्ध आशाहरु र आको्रसहरु मेरो ढलाई गोरेटो बाट छिटो छिटो मलाई पछ्याउँदै छन् । यसै बिचमा टुक्रा टाक्री जिबनको अबशेसहरु कहीले भयाबह सपना भएर बुनीएर आँउछन् । म कफीको लामो सुर्को संगैएउटा डरलाग्दो रात कटाउँदै छु ।

चन्द्रमाको गती संगै कोठामा निस्कीएका डरलागदा दर्पण छाँया मलाई घेर्दै हुन्छन् । म अतृत्त सपनाहरु बुन्दै हुन्छु । म मात्र होईन यो रातमा तर्सीएर ब्युँझीएका हरेक हरेकको ईन्डीभीज्युएल बडी ले यस्तै भबिष्यको सुखद कामनामा बिताईरहेका हन्छन् । फरक यतीमा छ रातमा मलाई जस्तो कफीपानको बिभत्स चाहाना नहुँदो हो ।

म अरु केटा केटीले गरे जस्तो कल्पना र्गदैन थेँ । समुन्द्री किनारातिर मुख र्फकीएको एउटा घर होस् । लक्जेरियस गाडीहरुले भरीएको कन्पाउन्ड होस् । बेलाउती र जर्मनी उन्नत कुकुरहरुले घरको वरीपरी देखभाल गरुन् । स्यान्पेनले भरीएको ्याकहरु होउन् अनी एउटी सुन्दरी स्त्रीको कामना । “मलाई तिमीहरुले गरे जस्तो extravagance कल्पना गर्नु छैन” । मलाई लेखक बन्नु छ । यती भन्दै भल्लीकामा ठेकाएको गुच्चाहरको निरासा लाग्दो आवाज कफीको सुर्को संगै मिसिएर तितो स्वाद निकालीरहेछ । खोई त/आदी जिबन कटी सक्दा मेरो सम्मान खोई त? स्वाशमा एकथरी ग्लानी निस्कीए जस्तो हुन्छ । छेउमा सिरक संग मडारीरहेकी स्त्री लाई नियाल्छु, म प्रत्येक रात जागराम रहँदा उ अनभिज्ञ रहन्छे । उ मस्त संग निन्द्रामा लुटपुटी रहेकी म उसको निन्द्रामा सजिएको अनुहार र शरिरको मिठो फे्रग्नेन्स्मा गाभिएर कफीको छोटो छोटो र्सुको संगै अनार्कषक रात कटाउँदै हुन्छु ।

यसलाई भरे देखी भात नदिनु बाबुले यसो भन्दै गर्दा म आमाको छातीमा अझै नजीक गएर टाँसिन्थे । उनको ममतामयि छातिमा टाँसिएर खोई कुन बन्धन खोज्दै हुँन्थे । सायद त्यो सानो मष्तिकले सक्दो हो त त्यसै भन्ने थिए । ‘बाबु तिमी बेकारमा आफुलाई रुखो बनाउँदै छउ/तिम्रो सुखको मात्र देन हुँ” । तिमीलाई अधीकार छैन मलाई हप्काउन । तर बाबुको भद्धा शरिर अघिल्तीर ओझेलमा रहेको त्यही आमाको काखमा अस्तीत्व खोज्दै हुँन्थे ।

—”तिमीहरु के बन्छै “? शिक्षकले सबैको मुखतिर हेरेर सोध्ने र्गथ्यो । डाक्टर, ईन्जीनिएर, वकिल, निजामती र्कमचारी, मिलीटरी अफीसर, सामाजिक कार्यकता, पोलिटिसिएन र अनेकानेक जवाफहरु तर मेरो त्यस दमित महत्वकांक्ष्य कहिले भएन । सायद म समाजको सुन्दरतालाई, स्त्रीको चरित्रलाई र सौन्र्दय सिमानालाई, समाजको परिर्वनलाई लाई समयको प्रबाह संगै एक साथ कलम बाट सम्बोधन गर्न चाहान्थे । आफुलाई डाएरीको पन्नाहरुमा बिछाउन चाँहान्थे । त्यसैले मेरो हात केबल लेखक बन्न उभिन्थ्यो तर सबैको हेराईले र बाबुको हप्काईको संझनाले असजिलो महसुस गर्थे र कुरालाई तुरुत्त सच्चाईदिँन्थे । “म प्रथम बन्छु “— सबैको गलल्ल हाँसोले शान्त कोठा रणभुमीको कोलाहालमा छोपिन्थ्यो । शिक्षकले डस्टर ठोकेर मेरो उत्तरको सरहाना गरेझै लाग्छ । म आफुलाई लुसुक्क बसाँउथे । त्यो भागदौडको सोसल सिस्टममा आफुलाई पनी दौडाउन खोज्थे । बाउको प्रथमको चाहाना थिएन । प्रथमको लेस सम्म पनी चाहाना थिएन ।

“तिमी आज पनी उठ्यौ” ? किचेन बाट एउटा तिखो स्वर आयो । मैले र्भखर मेरो नयाँ ल्यापटप खोलेको थिए । “तिमीलाई थाहा भएछ त किन सोध्यौ” ? मैले यसो भन्नु पर्ने थियो । “अँ, मैले पुतली छोप्न ल्याएको/तिमीलाई थाहा छ त्यो भध्यरातमा सायद छिरेको थियो/त्यो भेन्टीलेशन खुला थियो सायद” । —”होईन, तिमी किन झुठो ? तिमीले कफी पिएको होईन” ?

“किन त्यो तिमीलाई भनेर गर्नु पर्ने हो र “? कफी पिउन तिम्रो सहमती/मलाई त्यसो भन्न मन थियो तर तपाई बुझ्नु हुन्छ मैले किन भनीन । किनकी तपाईकी स्त्री पनी रिसाहा छे/त्यसले तपाईलाई पनी घुर्की देखाएकी हुनु पर्छ । —”मैले सपना देखे/भयानक” । ल्यापटपमा एउटा नग्न स्त्रीको तस्बीर हेर्दै मैले उसलाई भने । किन हँ म बिहानै यो एउटा नग्नतामा हराउन खोज्दैछु/हो म/होईन तपाई पनी हेर्नु हुन्छ । तपाई पनी हेर्नु हुन्छ कफीको पहीलो सुर्को संगै/म ढाँटी रहेको छैन/ म पनी बुझ्न सक्छु । तपाईको मानसिकता । अबश्य/पुरुषको मानसिकता । एउटा हठी मानसिकता । म रातमा कफी पसलको ढोका ढकढकाउन जान पनी त सक्दीन थिए । मैले मेरो भान्छा मा जान एउटा स्त्री को अनुमती लिनु पर्ने भयो । अहो/तपाईले पनी याद गर्नु भयो होला मेरो निधारमा निचोरीएर बनेको रिशको मसिनो मसिनो रेखाहरु । आशा दुई ओटा रातो मगमा कफी सहीत कोठा भित्र छिरी । उ संग संगै आएको बतासले उसको रात्रीकालीन फ्रेग्नेन्सको सुमधुरता पनी धकेल्दै छिराएको थियो ।

—”ज्या तिमीले चिनी राखेनौ” ?

—”राखेको थिए” । उसले भनी । उ आजकाल यो कफी जस्तै तितो हुन थालेकी छ कीन? मैले आफुलाई सोध्न भ्याँए ।

—”तितो लाग्दैछ” । मैले भने ।

—”जिबन सधै मिठो हुँदैन नी हनी/तितो पनी जेलीएर आउँछ । अब निराश/निस्तेज/एउटा स्त्रीको जिबन संग मिसिएको संबेदनात्मक भाबनाको बुझाई । म घोरीए । कफीको मगलाई हत्केलाम खेलाँउदै ।

“छोरा गिलासमा दुध छ, नर्बिसी खानु” । एकैछिन पछी । ढोका भन्दा अली पर बाट ।

“चिसो नहुँदै खानु” ।

“अबश्य”—मैले बोल्न भ्याए तर मलाई सुनीयो या सुनीएन ।

बाबुको अर्को नयाँ श्रृंखलाको हप्काई ले गर्दा मष्तिस्क साईकोम्याकी हुँदेछ भन्ने भान हुन्थ्यो । झ्याल तिर बढे । मलाई याद छ त्यो महीनाहरु मकैको पात ठुला भएर बढ्ने बेला वा उखल्ने बेला भएका हुन्थे । पानीको थोप्लाको टक्रयाक टुक्रुक आवज मकैको पातमा बज्दा निस्कीएको संगीत Franz liszt ले जन्माएको अद्भुत र्सिजान जस्तो लाग्थ्यो । तपाईलाई याद दिलाउ, तपाईलाई पनी याद हुनु पर्छ । त्यो जोगीले दिएको गाँजा र पशुपतीको एउटा नाँग्लो पसल्नी सित लिएको शिखर चुरोटको दुई खिल्ली । जोगीले सिकाए जस्तो गरी कती आज्ञाकारी भएर म त्यो पात हत्केला मा माड्दै हुन्थे/पातहरु/कालो पँहेलो पातहरु । बास्तबमै ति रातहरुमा गाँजा संगै थुप्रै कथाहरु लखेको हुन्थे । सुटुक्क बार्दलीने त्यही कुनामा बसेर । तपाई पुग्नु भएको दिनहरु थिए भने तपाईले याद गर्नुहुन्छ पाठकहरुठ/म त्यही हुन्थे कथाहरु लेख्दै । बाबुको प्रथम बन्न नसके पनी एउटा मान्छे भएर जिउने चाहा थियो । रिपेन्टेन्स्मा जोईन्टले हल्लीएको हातहरु लाई थमाउन खोज्दै पहीलो पहीलो कथाहरु को सुरुवात गदैै हुन्थे । हातले एउटा कलम समायो/एउटा नबिन प्रयासको सुरुवात । शताब्दीको अर्को ‘माईलस्टोन’ एउटा शब्दले सुरुवात गरे ‘प्रथम’ । लाम लागेर आएको शब्दहरु लाई मेरो सेतो पेपरमा स्वागत छ । तपाईलाई खुल्ला गरिदीएको ‘प्रथम’ को एउटा खण्ड अबिश्मरणीय रहोस् ।

कफी सेलाउँदै छ । उसले मेरो on going thought लाई रोकीदिई । उसै त आज तितो लागेको कफीको स्वाद सेलाए पछी झन तितो लाग्दैछ तर पनी घुुटुक्क पारिदीए । मेरो स्टलिड(stolid) बाबुको भनाईहरु/बाक्यहरु हुबहु संम्झन सक्छु । उनको प्रथम हुने सोच लाई लत्याएर त्यसैको ‘रिपारेटिभ’ गर्न सकिने सुनौलो कलम समाएको थिए ।

सम्भबत ओ हेनरी/oh Henry ईन्डीङ नभएकोमा पाठकहरु समक्ष तुरुन्त माफी चाहान्छु । एउटा दौड को सुरुवात/strunt को ……

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.