कविता : हिराका मोल भएका कवाडहरु

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

दुनियाँले कवाड भनेर फ्याक्ने गरेका कवाडहरु,
हो, त्यही कवाड बडुल्ने म कवाडी हुँ ।
ती मूल्यहीन भनेर फ्याक्ने गरेका,
कवाडहरुको मूल्य खोजिरहेछु,
त्यसैले त म कवाडी भएँ ।
जुन चिज आज तिमीले,
कवाडको मूल्यमा बेचिरहेछौ,
त्यो चि भोलि हिराको मोलमा नपाइन सक्छ,
त्यसैले कवाड भन्नु भन्दा पहिले एक पटक सोंच,
यो कत्तिको मूल्यवान छ भनेर ।
‘थोत्रामोत्रा टिन प्लाष्टिक नोन से साटो’
यो दक्षिणी कवाडीको शब्दजाल हो ।
थोत्रामोत्रा अनि मूल्यहीन कहलिएका,
तर हिराका मोल भएका
कवाडहरु दक्षिणका नुनसँग साटिरेछौ,
र, आफु रित्तिरहेछौ,
भिखारी बनिरहेछौ ।
र त भिख माग्न खाडीमुलुकतिर भौंतारिरहेछौ
संसारको सबै भन्दा मूल्यवान समय,
कवाडको मूल्यमा बेचिरहेछौ,
मूल्यवान पसिनालाई अर्थहीन अर्थसँग साटिरहेछौ,
र, आफुलाई कवाडको मूल्यमा बेचिरहेछौ ।
त्यसैले एक पटक सोंच
एक पटक पाइने चोला, कवाड की हिरा होला !
तिमीले त आफुलाई कवाड हैन हिरा भनौला,
त, तिम्रो व्यवहारले तिमीलाई कवाड बनाउँछ ।
खाडीमा वैंश खर्चेर,
बुढेसकालमा लौरो टेकेर फर्किन्छौ
हात–खुट्टा गुमाएर फर्किन्छौ
श्रीमति, छोराछोरीको अगाडि काम नलाग्ने
कवाड बन्छौ ।
त्यसैले, तिमी हिजोको हिरा, तर आजको कवाड हौ,
र त फ्याकिएका छौ, आफन्तको नजरमा कवाड झै
म स्वार्थी कवाडीले तिमीलाई नुनसँग साट्दिन,
म त तिम्रो राष्ट्रियता र स्वाधीनता नुनसँग साट्छु
कोशी डुबाएर सुस्ता ढाक्छु,
थोत्रामोत्रा टिन प्लाष्टिकसँग
हिराका मोल भएका कवाडहरु साट्ने गर्छु ।

–लमही नगरपालिका–७ सेमरहवा,
द्यौखर–दाङ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.