~नाइलु क्याबचा~
सुखको नाममा
अर्काको दास्वत्तो बोकेको हैन
दु:खै भए पनि मलाई
स्वाभिमानी काम चहियो,
परिवर्तनको नाममा
टुक्रा टुक्रा परेको हैन
मज्बुद बिसाल मलाई
सिङो नेपाल नाम चहियो ।
राडी र पाखिमा कती आनन्द छ
सपना सिरक तन्नाको हैन
दुई टुक्रा आङ छोप्ने मलाई
कपडा किन्ने दाम चाहियो,
सितल निवासमा पाक्ने
महँगो चौरासि ब्यन्जन हैन
बिहान बेलुका टार्ने मलाई
ढिदो गुन्द्रुक माम चाहियो ।
एक टुक्रा जगामा बनेको
चिदीया खानाको पिँजडा हैन
खुल्ला आकाश झै मलाई
डुल्ने टेक्ने थाम चाहियो,
सुख सयलले काट्ने
सुन्दर शहर नभए के भोर
हिँशा आतंक रहित मलाई
आफ्नो प्यारो गाम चाहियो ।
गर्नेछौ र गरिने छ
छेपारे तिम्रो बोली हैन
देश र जनताले पाउने मलाई
तिम्रो हरेक काम चाहियो,
अधिकार र स्वोतन्त्रताको नाममा
देश र जनतलाई फुटाउने हैन
सबैलाई स्विकार्य हुने मलाई
संबिधान लेखिएको खाम चाहियो ।
नाइलु क्याबचा
संयुक्त राज्य बेलायत
२५ अगस्त २०११
(स्रोत : Sunuwar.org )