~आषिश श्रेष्ठ~
घटना चरीको होस् या परीको,
विचित्र, विचार थरी थरीको !!
गुन्डा मर्यो लाल झण्डा माथि,
निमुखा मरे, सुनकोसी साथी !!
पानी पर्यो, पहिरो झर्यो,
दाता हैन, विधातानै मर्यो !!
पीडितका लागि बोली मन्द,
पीडकका लागि संसद् बन्द!!
नाङ्गै छ,नयाँ हो रे भेष,
नेपाल हो, गाईजात्रे देश !!
“पाखण्डी नेता भनौदाहरु जाबो एउटा अपराधीलाई मार्दा यत्रो हंगामा मच्चाउने, मलाई घिन लाग्न थाल्यो”
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)