कविता : के नेपाल भ्रष्ट छ ?

~निरज भट्टराई ‘मनोरोगी’ ~Niraj Bhattarai

मेरो देश नेपाल भ्रष्ट छ
यो मेरो । हाम्रो देश नेपाल प्रकृतीको अनुकम्प प्रदत छ
खै किन फेरी यो देश भ्रष्ट छ ।

६ हजार साना ठुला नदीनाला बग्दछन्
हरियाली अनुकम्प छ
खै किन फेरी यो देश भ्रष्ट छ ।

चरा चुरुङ्गी थरी थरी छन्
पहिलो झुल्का घाम सगरमाथा झुल्किन्छ यहि देशमा
खै किन फेरी यो देश भ्रष्ट छ ।

१०० थरी जातजाती यही,
साझा फुलबारीको देश
खै किन फेरी यो देश भ्रष्ट छ ।

एउटै आकाश छानामुनी बस्दछौ
छुट्टा छुट्टै चाड पर्वमा यहाँ नाच्दछौ
खै किन फेरी यो देश भ्रष्ट छ ।

असमानतामा समानता
देख्दै ,हास्दै ,खेल्दै नाच्दछौ
खै किन फेरी यो देश भ्रष्ट छ ।

के साचै यो देश भ्रष्ट छ ?


सि.पा. चौतारा
निरज भट्टराई

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.