~बि. टि. छेत्री~
सपनिमा किन खोज्नू बिपनिमै तर्कनेले
आलोघाउ देख्दा देख्दै नूनचूक छर्कनेले
नजरको जालहानी मधहोस पारिहाल्यौ
सफाईपो किन दिनू एक्लोपारी फर्कनेले
दैबइच्छा मारिमारि अन्तैफूल रोप्यौ पि्रया
माली बन्न नखोजभो घामझै चर्कनेले
कस्तो बिस्वास खोज्यौ प्रिया अलिअलि बताउन
माया छाडि जता बैभव उतै उतै सर्कनेले
B.T.Chhetri
Al-khor, Qatar
January 16, 2008