~शैलेश आचार्य~
बैष्णवहरुले समेत सघाउने भएपछि उमानाथ “महादेव” बन्ने पक्कापक्की जस्तै भयो । बंशिधर आफ्नो भूमिका नपाएर छटपटाएको थियो । उसका झोले-तुम्बेहरु उत्तिकै चिन्तित थिए । उनिहरु बंशिधरलाई केही गर्न उक्साइरहेका थिए ।
एकदिन बिहानै बंशिधर बिष्णुकहां पुग्यो । संधै बिष्णुको विरोध गर्ने बंशिधर आज स्तुति गर्न लाग्यो । आफू पनि बैष्णव नै भएको र बैष्णवहरुले उमानाथलाई महादेव बनाउन लागेकोमा दुखेसो गर्न थाल्यो । प्रभु! कोहि बैष्णव नपाएर त्यो अघोरीलाई महादेव बनाउन लागि बक्सियो भनेर बिलौना गर्न थाल्यो । उस्का झोले- तुम्बे नारायण ! नारायण !! हरि ! हरि !! भनेर भजन गांउन थाले । अन्तत: उमानाथ होइन अरु कोहि बैष्णवलाई महादेव बनाउन बिष्णुलाई मनाएर बंशिधर फर्कियो ।
त्यही सांझ बंशिधर उमानाथलाई भेटन गयो । अघिल्लो युद्धमा बाणासुरलाई सघाएको आरोप लगाएर उमानाथलाई महादेव बन्न नदिन बिष्णु लागि परेको बतायो । भांगले लठ्ठ उमानाथलाई बैष्णवहरुको भर नपर्न भरमग्दुर उकास्यो । उस्का झोले- तुम्बे पनि नन्दी भृङी झैँ स्वांग पार्दै हर ! हर !! महादेव !!! को नाद गर्न थाले । उमानाथलाई बैष्णवभन्दा चोगाधारीहरु नै आफ्ना हितैषी भएको बिश्वास दिलाउन बंशिधर मण्डली सफल भयो । एक पटक फेरि कपट नीतिले काम गर्यो ।