गजल : जालमा फस्नु न हो

~मोतीराम भट्ट~Motiram Bhatta

यस बखतमा प्रित गर्नु जालमा फस्नु न हो
आशमा पर्नु त चोखो धारमा बस्नु न हो ।।

हेर्दैमा मन पनि हजार टुक्रा भईदिने
शान गर्नु कटारी छातीमा धस्नु न हो ।।

आँखीभौं जोडेर हेरी केही नबोली त्यस घडी
हात गालालाई हाँस्नु बज्रको खस्नु न हो ।।

एक त आँखा के भनुँ त्यही माथि गाजल लाउनु
बिष लीइ तरबारका झन धारमा धस्नु न हो ।।

एक त आफै हेर त्यो कम्मर छिने झैँ देखिने
बाँधनु त्यसलाई झन निर्धो भनी कस्नु न हो ।।

प्रिती गर्नु त कता हो नाम सुन्दैमा पनि
झर्किनु यस्तोरी तिम्ले सर्पको डस्नु न हो ।।

आज म ति लाई हेरी-हेरी यसले मन हरी
झन तिन्का पास आगो माग्दै पस्नु न हो ।।

शब्द : मोतीराम भट्ट
सङ्गीत/स्वर : नातिकाजी

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.