~छविलाल कोपिला~
गीत उन्ने सारंगीको तार हौ कि तिमी
थाहा छैना खुकुरीको धार हौ कि तिमी
राती फुल्ने कमल हौ, तिमी फूल रानी
थाहा छैन पोखरीको झार हौ कि तिमी
खानी भन्छु सुन्दरताको तिमी जून तारा
झिली मिली पहिरनको हार हौ कि तिमी
टिप्न जाँदा बगैचामा फूल रंगी चंगी
बाटो छेक्छौ बगैचाको बार हौ कि तिमी
पन्छी बनि आकाशमा उर्छौ यता उति
तर त्यहाँ ब्रह्माण्डको भार हौ कि तिमी
भा’छौ अरे ! ब्रह्माण्डमा यात्रु वायु संगै
उतै कतै ब्रह्माण्डको यार हौ कि तिमी
घृणा गर्छौ विपनामा तर माया लाग्छ
मह बन्ने माहुरीको घार हौ कि तिमी
गीत भन्थें गजलको शब्द शब्द उन्यो
मधूर गायो गजलको सार हौ कि तिमी
–लमही नगरपालिका–६ उत्तर मजगाउँ,
देउखुरी–दाङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)