कविता : देश आदेश

~निष्प्रभ सजी~Nishprabh Saji

मैले आफ्नै भाईलाई
विना सनाखत गाडेको छु
र
बालाई भाई फर्किन्छ
भनेर
ढाँटेको छु
तिमीले ढलाउ भन्यौ
मैले ढलाइदिएँ
ढलेको मेरै भाई रहेछ
मलाई आशा थियो
बा नअस्ताउँदै
उदाउनेछ घाम
भाई भएर
न त भाई फर्कियो
न त ‘बा’ ले घाम तापे
तिमीले जलाउ भन्यौ
मैले जलाइदिएँ
जलेको मेरै देश रहेछ ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.