~सुमिता शर्मा~
हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन जस्तो कहिले नलाग्ने।
जाडोको आगमन सँगसँगै स्वीडेनमा दिन पनि तीब्र गतिमा छोट्टिँदै गयो। कलेज सकाएर बाहिर निस्कँदा अँध्यारो भइहाल्ने। गर्मी याममा बाहिरतिर घुम्न जान रमाइलो हुन्थ्यो। जाडो लागेपछि जताततै अन्धकार र चिसो मात्रै। तसर्थ कोठामै खुम्चिएर बस्नुपर्ने बाध्यता थियो। कलेजबाट फर्किएर सबै असाइन्मेन्ट्स सकेर, खाना बनाएर खाँदासम्म पनि साढे सात, आठ मात्र बजेको हुने। अनि समय बिताउने एक मात्र विकल्प भनेको कम्प्युटर नै थियो। गेम खेल्यो, गीत सुन्यो, अनि कोही साथी, आफन्त अनलाइनमा भेटिए च्याटमा कुराकानी गर्यो, जस्ले गर्दा एक्लोपना महसुस हुन पाउँदैनथ्यो। अनि कोही पनि अनलाइनमा नभेटिए याहू च्याटबाट नेपालमा छिरेपछि नेपालीमा कुरा गर्न पाइने, रमाइलो लाग्थ्यो । तर त्यो रुममा भेटिने जति सबै मान्छेहरु अनुशासित तरिकाबाट भने कुरा नगर्ने हुँदा दिक्क पनि लाग्थ्यो । कमै मात्र मान्छेहरुले च्याटको सही तरिकले उपयोग गरेका हुन्छन् त्यहाँ। ज्यादै घटिया र अश्लील भाषाको समेत प्रयोग गर्ने हुँदा त्यो रुममा पसेर च्याट गर्छु भन्न पनि हिच्किचाउने रहेछन् मान्छेहरु। तर मैले गर्वसँग भन्न पाउने भएकी छु कहिलेकाही त्यहाँ पनि असाध्यै राम्रा साथीहरु भेटिन्छन् र, मैले भेटेकी थिएँ पनि।
हाई
हाई
हाउ आर यु?
आइ एम प्रिटी ओके एन यु?
मी टु
ओके, नाइस
योर गूड् नेम प्लीज ?
प्रविन एन्ड यु?
दिस इज सुमिता
यसरी सुरु भएको थियो हाम्रो कुराकानी। रातको नौ बजिसकेको थियो त्यतिबेला। उसको नामबाट मैले सहजै अनुमान गरेँ, ऊ नेपाली हो। अनि हाम्रो नेपालीमा कुराकानी सुरु भयो।
‘तिमी कहाँबाट?’ मैले जीवनमा पहिलोपटक नचिनेको मान्छेलाई च्याट्मा ‘तिमी’ भनेर सम्बोधन गरेँ।
नेपालबाट ।
भो गफ नगर। नेपालमा अहिले कति बजेको छ ,घडी हेरेको छ तिम्ले?
के गफ गर्नु नि।
चौकिदारी गर्छौ कि क्या हो, यति रातिसम्म अनलाइन?
हा¨¨हा¨¨¨हा¨¨ अनि तिमी कहाँबाट नि?
म पनि नेपालबाट।
अनि तिमी नि किन बसिरा’नी यति रातिसम्म?
तिम्ले राम्रोसँग चौकिदारी गरेको छ कि छैन भनेर जाँचेर बसिराखेको।
हाम्रो कुराकानीको सुरुवात नै रमाइलोसँग भएको थियो। कुरा गर्दै जाँदा मलाई उसको कुरा गर्ने शैली अत्यन्तै मर्यादित लाग्यो। वास्तवमा उसमा साथीमा हुनुपर्ने गुणहरु भेटाएँ मैले। म उसँग अर्घाखाँची, प्युठान तिरको मान्छेहरु को लवजमा कुरा गरिरा’की थिएँ। तैपनि उसले सरासर उत्तर दिँदैरह्यो। घरीघरी मैले बढी नै गरे क्यारे उसलाई दिक्क लागिरा’को होला भन्ने सोच्थे। तर उसले केही नभनी जवाफ दिइरहँदा मलाई त्यही शैलीमा कुरा गर्न रमाइलो लागिराखेको थियो। केही क्षणमा हामी एक अर्काको आइडी एड गरेर याहू च्याट रुमबाट बाहिर निस्कियौ। मैले मेरो मेसेन्जरमा एड गरेको प्रविन तेस्रो व्यक्ति थियो जस्लाई मैले अनलाइनबाट चिनेकी थिए। म हत्तपत्त कसैको आइडी एड गर्दिनथे। तर प्रविन नै त्यो मान्छे हो जस्लाई म पहिलो भेटमै एड गरेकी हुँ।
डु यु वान सि मि सुमिता? प्रविनले आफै सोधेको थियो।
एस अफ कोर्स, इफ यु डोन्ट माइन्ड
प्रविनले मलाई आफ्नो वेबक्याम हेर्नको लागि इन्भाइट गर्यो, मैले एक्सेप्ट गरे। ऊ मुसुमुसु हाँसिरा’को थियो। खाइलाग्दो जिउडाल, आँखा अलि साना थिए तर झट्ट हेर्दा नेपाली गायक सुगम पोखरेल जस्तै देखिन्थ्यो।
तिमी त नेपाली गीत गाउने एउटा केटो छ नि ,सुगम भन्ने तेस्तैइ रैचौ’। मैले जिस्काएँ।
भो, धेरै गफ नहान।
केला गफ अर्न पर्यो छ र मला? मैले उही पारामा भने।
उसले ऊनको टोपी लगाएको थियो। मैले टोपी राम्रो रैछ मलाई दिन्छौ र? भनेर खुब जिस्काएँ। उसँग कुरा गर्दागर्दै मेरो एकजना साथी अनलाइन आएकोले म साथीसँग पनि कुरा गर्न लागे। एकै छिनमा केही नभनी ऊ साइन आउट भो। मलाई लाग्यो, मैले धेरै जिस्काएँ अनि मेरो बोल्ने शैलीले पनि दिक्क लागेर गयो होला।
अर्को दिन अघिल्लो दिनभन्दा आधा घण्टा पहिले नै प्रविन अनलाइनमा देखापर्यो। हाम्रो कुराकानी सुरु भो। शुरुमै उसले अघिल्ल्लो दिन इन्टरनेट लाइन बीचमै काटिएकोले बिदा पनि नभै गएकोमा क्षमा माग्यो। यो पटक म मेरो आफ्नै शैलिमा कुरा गरिरहेकी थिएँ। उसको घर पनि काठमाडौं मै रहेछ, तर साउदी अरेबियामा काम गर्दै रहेछ। यसपालि मैदे आफ्नो सही परिचय दिएँ। त्यसपछी बिस्तारै हामी एकअर्कासँग अझ बढी परिचित हुँदै गयौ। ‘मैले त सोचिरा’को थिए, मेरो कुरा गर्ने पाराले तिमी दिक्क भएर गयौ होला भनेर’
कहाँ दिक्क लाग्नु? त्यो स्टाइलले म क्या इम्प्रेस भा’नी। नत्र जो पायो त्यसले कहाँ प्रविनको मेसेन्जरमा एड हुन पाउँछ र?
यसरी शुरु भएको हाम्रो परिचय गहिरो मित्रतामा बदलिन गयो। हाम्रो कुराकानी लगभग हरेक दिन नै हुन लाग्यो। जब आठ बज्थ्यो, प्रविन अनलाइन आयो होला भन्ने लाग्थ्यो। कुरा सुरु गरेपछि सकाउन अप्ठेरो हुने। कहिलेकाहीँ हामी रातको एक, साढे एक बजेसम्म पनि कुरा गरी बस्थ्यौ। यसरी हामी दिनप्रतिदिन अझ नजिकिदै थियौ। प्रविन रमाइलो खालको मान्छे थियो, म पनि सानैदेखि त्यस्तै पाराको। मलाई जसलाई पनि जिस्काउनु पर्ने, ठट्टा गर्नुपर्ने। तर हामी सम्बन्धको मर्यादालाई नाघेर कहिले मुखबाट एउटै शब्द पनि उच्चारण गर्दैनथ्यौ। प्रविन पढे लेखेको अत्यन्तै तार्किक क्षमता भएको मान्छे थियो। हाम्रो कुराकानीको भाषा अंग्रेजी, नेपाली र हिन्दी समेत हुने गर्थ्यो। ऊ परिवारप्रति अत्यन्तै जिम्मेवार थियो। मलाई उसको यो बानी सार्है मन पर्थ्यो। जहिले पनि ममी ,दिदीहरु र भान्जा-भान्जीको कुरा गर्ने। उसलाई पनि बच्चाबच्चीले मलाई जस्तै मन पराउने रै’छन्। मलाई उसको कुरा सुन्दा खुशी लाग्थ्यो किनभने उसको हरेक कुरामा जिम्मेवारीबोधको आभास झल्किन्थ्यो। ‘सुन न, म त दुई महिनापछि नेपाल जान्छु होला। भान्जाको ब्रतबन्ध गर्ने रे। हुन त म एक्लो मामा होइन, त्यही पनि जान पाए भने दिदीहरु लाई पनि खुशी लाग्छ नि।’
हाम्रो कुराकानी सुरु भएको डेढ महिनासम्म पनि उसले मलाई कहिले वेबक्याममा आउन भनेन। न त कहिले फोटो सेन्ड गर्न नै भन्यो। म उसको यो बानीबाट निकै प्रभावित थिएँ। किनकि च्याटमा भेटिने हरेक मान्छेले लगभग पहिलो कुराकानी मै फोटो र वेबक्यामको कुरा गर्छन्। तर प्रविन अरु भन्दा अलि भिन्न प्रकृतिको मन्न्छे थियो। तर म भने जहिले ‘तिम्लाई म हेर्छु नि’ भन्थे अनि उसले पनि खुरुक्क वेबक्याम खोलिदिन्थ्यो। यसबीचमा उसले मसँग मेरो परिवार तथा मेरो अन्य कुनै ब्यक्तिगत कुराको बारेमा कहिले केही सोधेन। सुन्दा सामान्य सुनिए पनि यी कुराहरु मेरो लागि प्रविनकाप्रति अझ बढी श्रध्दा बढाउने तत्व थिए।
एकदिन मैले कुरा गर्दागर्दै ‘एकछिन पख है, म आइहाल्छु’ भनेर भान्छामा गएँ। पछि उसले कारण सोध्यो। अनि मैले ‘चिया लिन गा’को थे क्या’ भनेको उसले विश्वास नै गरेन। किनभने त्यतिबेला रातको ११:२२ भैसकेको थियो। ‘ल नपत्याएको भए आफै हेरन’ भनेर बिना सोचविचार नै उसको लागि पहिलोपल्ट वेबक्याम खोलेकी थिएँ। र, म त्यो दिन नै पहिलोपल्ट कुनै आपरिचितको सामु वेबक्याममा आएकी थिए। मैले प्रविनका लागि हरेक रेकर्डहरु तोडिरहेकी थिएँ। खै किन, उस्काप्रति मनमा एक दरिलो विश्वाश खडा भैसकेको थियो।
ओहो, एक्लै पिउने चिया?
अनि के गरुँ त?
खुब मिठो होला है?
भइहाल्छ नि, बना’को कस्ले?
म कहिले पिउन पाउँछु तिम्ले बना’को चिया?
म नेपाल जाँदा तिमी पनि गएको मौका मिल्यो भने म तिम्लाई मेरै घरमा इन्भाइट गरेर आफै चिया बनाउँछु, हुन्छ? अनि म चाहिँ कहिले पाउछु नि तिम्ले बनाएको चिया पिउन? ¨¨¨¨¨हाहाहा
त्यसको लागि पनि तिमी नेपाल नै जानुपर्छ, मेरै घर आउनुपर्छ। तिमी मलाई फोन गर, म तिम्लाई मेरो घरको ठेगाना दिन्छु। हुनत नेपालमा हाम्रो घर त्यति टाढा पनि त रै’नछ। अनि तिमी मेरो घर आऊ। त्यतिबेला मेरी क्युट छोरी आएर भन्नेछे -’ड्याडी हजुर सुमिता आन्टीसँग कुरा गरेर बस्नुस्, म हजुरहरुको लागि चिया बनाएर ल्याउँछु। हे¨¨हे¨¨हे डोन्ट माइन्ड है। जस्ट किडिङ क्या।
´आउँदिन म त तिम्रो घरमा’ मैले भने ।
किन नि फेरि?
म आउँदा तिम्रो बुढी जेलस हुने हो कि? मलाई तिम्रो एक्स गर्ल्फ्रेन्ड हो कि भनेर शंका गरेर तिमीहरुको सम्बन्धमै दरार आयो भने? ¨¨¨¨¨¨¨¨नो वे।
नेभर, प्रविनको बुढी त्यस्तो हुनै सक्दिन बुझ्यौ?
ओहो, साउन्डस गूड्।
हाम्रो अनलाइनमा भेटघाटको क्रम जारी नै रह्यो। म कलेजबाट आउने बित्तिकै पहिला असाइन्मेन्ट्स सकाउँथे। अनि खाना पकाएर खाइसकेपछि मात्र अनलाइनमा बस्थे। कहिलेकाही प्रविनलाई अनलाइनमा देखिहाले पनि म आफ्नो काम नसकुन्जेल कुरा गर्दिनथे। म इन्भिजिबल बस्ने हुँदा प्रविनले चाल पाउँदैनथ्यो। किनकी म आफ्नो अवस्था र कर्तव्यप्रति पूर्णत: सजग थिएँ। मेरो मनमा मैले मेरा लक्ष्मणरेखाहरु स्पस्ट रुपमा कोरिसकेकी थिएँ। हाम्रो कुराकानीको क्रम यही रुपमा दुई महिनासम्म चलिरह्यो। तर एकदिन, थाहा छैन किन र कसरी हाम्रो मित्रतामा एक अनौठो मोड आयो, जसले गर्दा आज म यो कथा लेख्न उत्साहित भएँ।
मलाई प्रस्टै याद छ, हिजो पनि हाम्रो कुराकानी सामान्य तरिकाबाट नै सुरु भएको थियो। ‘सुमिता तिम्रो रुमको लाइट किन डिम छ आज? अर्को लाइट पनि अन गर न। मैले केही भन्न नपाउँदै फेरि आफैले भन्यो- ´भयो दु:ख नगर भो ,जून त अँध्यारोमा नै देखिन्छ।`
भयो, मलाई थाहा छ नि तिमीभित्र कवि ह्रदय छ, पटक-पटक सम्झाइराख्नु पर्दैन के।
अफकोर्स यार, हेर्दै जाउ न तिमी नेपाली साहित्यमा एकदिन म सुमिभक्तको नामले चिनिनेछु।
वा¨¨वो ,महान वपचार!
प्रविनले मलाई सोध्यो -’तिमी नेपाल कहिले जाने?’
समरमा कलेज बिदा हुन्छ ,त्यहीबेला जाने प्लान गर्दैछु।
अब त नेपाल गएपछि बिहे गरेर आउने होला है तिमी?
गर्नुपर्ला नि अब त।
दुल्हाराजा रेडी हो कि क्या हो नेपालमा?
रेडी नै हो त भन्न मिलेन। तर जोरदार तरिकाले खोजी हुँदैछ भन्ने जानकारीमा आ’को छ।
अब तिमी नेपाल गएर खुरुक्क चिन्दै नचिनेको मान्छेसँग बिहे गर्छौं?
होइन, म पहिला दरो इन्टरभ्यु लिन्छु नि।
कोसँग?
जो क्यान्डिडेट भएर आउँछ।
के म पनि क्यान्डिडेट हुनसक्छु?
अवश्य, यदि पार्टीले टिकट दिन्छ भने।
म स्वतन्त्र उम्मेदवार भएर आउँछु, मलाई कुनै पार्टीप्रति आस्था छैन।
ओके, निर्वाचन आयोगले तिम्रो उम्मेदवारीलाई वैधानिक ठान्छ भने मेरो कुनै आपत्ति छैन।
यदि ठानेन भने?
आइ एम सरी, म राष्ट्रभक्त मान्छे। म राष्ट्रको नियम, कानूनविरुध्द जान सक्दिन।
त्यसो भए मेरो कुनै चान्स छैन है? कठै बिचरा म !
मैले त्यसो भनेँ र?
तिम्ले मलाई आश देखाएको हो?
तिम्ले मलाई गलत बुझ्यौ।
भयो कुरा नगर । एक दिन रुवाएर जाने हौली।
हा¨¨हा¨¨¨हा¨¨¨कहाँ जाने भन न? अहिले पनि त म तिमीसँगै त छैन नि। र, सम्झिराख म अहिले जस्तो छु तिमीले मलाई सधैं उस्तै पाउनेछौ। चाहे जती नै वर्षपछि मलाई भेट, म जहिले तिम्रो साथी नै हुनेछु उही सुमिता। भोलि म स्वीडेनको सट्टा अरु कुनै देशमा हुँला, तर तिमीले उही सुमिता नै भेट्नेछौ। म यति वचन नै दिन सक्छु तिमीलाई।
यस्तै कुराकानी चल्दै थियो। उसले नहाँसी भन्यो- ‘सुमिता तिम्ले मसँग बिहे गर्न मिल्दैन?’
मलाई सुनेर एकदम हाँसो लाग्यो। किनभने योभन्दा पहिला प्रविनले नजिस्किकन यस्तो कुरा गरेकै थिएन।
हा¨¨हा¨¨¨हा¨¨ कस्तो डाइरेक्ट प्रश्न?
के गरुँ त ? अब नबोलेर घैटे हुनुभन्दा त बरु बोलेरै मर्न जाति नि।
ओहो, यो नेपाली उखान हो? मैले त सुनेकै थि’न आजसम्म।
म हाँसिरहेकै थिए, प्रविन भने गम्भीर थियो।
हरेक मित्रताको गन्तव्य विवाह होइन,यदि यसरी सोच्ने हो भने नि संसारबाट मित्रता शब्दको अस्तित्व नै हराएर जान्छ प्रविन।
आइ नो ड्याट, भो छोड तिमी मलाई बुझ्दिनौ।
एक्कासी उसको इन्टरनेट लाइन काटियो। पाँच मिनेटपछि फेरि ऊ अनलाइनमा देखा पर्यो। हाम्रो कुराकानी फेरि सुरु भो। उसले भन्यो- ‘सुमिता, मलाई एउटा कुरा गर्न मन लगिरा’को छ। तर सोच्नै सकिरा’को छैन कहाँबाट सुरु गरु?’
के कुरा हो त्यस्तो? यो भूमिका बाँध्नु पर्दैन,सिधै भन न।
‘लुक एट मी, आइ एम रियल्ली सिरियस यार। तिमी हाँसीरा’छौ अझै?’
ऊ साँच्ची नै गम्भिर देखिएको थियो त्यो बेला।
ल, म पनि अब सिरियस हुने कोशीस गर्छु, अब सुरु गर।
तिम्लाई लाग्दैन हिजोआज हामी बढी नै अनलाइनमा कुरा गर्न लागेका छौँ भनेर। रियल्ली यार, मलाई त डर लाग्न थालेको छ। हाम्रो यही पाराले गर्दा तिम्रो पढाइमा समेत असर गर्नसक्छ। यदि त्यस्तो भयो भने म कहिले आफूलाई माफ गर्न सक्दिनँ।
ओहो तिमी पनि, डोन्ट वरी क्या, म आफ्नो कर्तव्यप्रति पूर्णत: सजग छु। मैले म्यानेज गरिरा’को छु। हाम्रो कुराकानीले मेरो पढाइलाई कहीँ कतै असर गरेको छैन।
बात् ऐसी नही है यार,मै ये किस्सा ही खत्म करना चाहता हुँ।
आर यु स्योर?
एस्, आइ एम
एज यु लाइक , आइ डोन्ट ह्याभ एनी कमेन्ट।
मलाई अचम्म लाग्यो के भो उसलाई अचानक? मैले केही लेखिनँ । उसले के लेख्छ भनेर कुरेर बसिरहेँ।
हमे माफ किजिएग। मै गलत नही हुँ। मैने बहुत सोच लिया है।
इट मिन्स दिस इज आवर लास्ट च्याटिङ ,इजन्ट इट?
उसले केही जवाफ दिएन। म साँच्ची नै अनौठो मानिरा’की थे। के भनुँ, के नभनुँ मेरो दिमागमा केही आइरहेको थिएन। मैले मेरो वेबक्याम बन्द गरेँ।
आपने वेबक्याम क्योँ बन्द किया? थोडी देर और देखने देती ।
अगर आप ऐसा ही चाहते है तो हमे भी मन्जुर होना पडेगा। ओके, जहाँ भी रहिए, जैसे भी रहिए,सदा खुस खुस रहिएगा। मै आपकी खुशी के लिये खुदा से दुवा मागूगी।
ऐसा कभी ना करना, वरना खुद ही फस जावोगी
कैसे?
क्योकी हम ने तुम्हे ही अपना खुशी मान लिया है।
हामी गम्भीर कुराकानी गरिरहेक थियौ तर हिन्दीमा। म चुप बसिरहेँ।
क्या आप मेरी एक ख्वाइसको पूरा कर सकती है? सिर्फ, अगर आपको बुरा न लगे तो,मेरे इमेल मै एक फोटो भेज दिजिएगा
जब दोस्ती ही नही रही तो फोटो से क्या लेना देना?
डरनेकी कोही बात नही है, मै आप कि तस्वीर को पूजा करके रखना चाहता हुँ।
मलाई उसका हरेक शब्दले मनको भित्रै कतै स्पर्श गरिराखेका थिए। मलाई केही लेख्नै आएन, अन्त्यमा मात्र लेखे -ओके अलबिदा।
ऊ साइन आउट भयो। मलाई एक किसिमको नमिठो अनुभूति भयो। तर मैले कहिले सोचिनँ प्रविन गलत छ। ऊ निस्वार्थ छ। तसर्थ भविस्यमा मलाई हुनसक्ने हानीनोक्सानीको समेत हिसाबकिताब गरिबस्छ। साँच्चि नै मैले आजसम्म प्रविन जस्तो हरेक विचार, तर्क मिल्ने साथी भेटेकै थिइनँ। उसँग भएका हरेक कुराकानी मेरा लागि अविस्मर्णिय बन्नेछन। म गर्वसँग भन्छु, संसारका उत्तम साथीहरुमध्ये प्रविन पनि एक हो। यदि मसँग नभेट्नु र नबोल्नुमा नै उसले उचित ठान्छ भने म पनि उसको चाहनाभित्र आफ्ना खुशीहरु खोज्न थाल्नेछु। म ह्रदयबाट नै कामना गर्छु, हरेक साथीहरु प्रविन बन्न सकुन्।
मैले एकपल्ट फेरि स्क्रोल बार तानेर हाम्रो बीचमा भएका कुराकानी माथिदेखि तलसम्म हेरेँ। उसले एउटा सायरी पनि लेखेको रै´छ तर मैले त्यो कुराकानीको क्रममा देखेकी थिइनँ। सायरी हिन्दीमा थियो-
नाकाम सा कोशीस किया करते है ।
हम है कि आप से प्यार किया करते है ।
खुदा ने तकदीर मै एक फुटा तारा भि नही लिखा
हम है कि चाँदका आरजु किया करते है ।।
घडी हेरेँ, रातको एक बजिसकेको थियो। भोलि सात बजे नै कलेज पुग्नुपर्ने, साढे छ मा त उठिसक्नुपर्छ। अब साढे पाँच घण्टा बाँकी छ। आँखामा निन्द्राको संकेत पनि थिएन। सोचेँ- मेरो मनमा जे- जे बितिरहेको छ, कापिमा उतार्न सके भने शायद मेरो मन हल्का हुनेछ। अनि यसरी लेख्न सुरु गरेकी थिएँ मेरो यो आत्म-कहानी। रातभर नसुती र्कोदिन कलेज गएँ। कलेजमा बिहीबार कम्प्युटर क्लास हुने हुँदा रातभर लेखेका शब्दलाई युनिकोडबाट नेपालीमा टाइप गरिरहें। लन्च आवरमा पनि कतै नगई टाइप गरिबसें । किनकी भोलिसम्म मैले यो सकाउनु छ, भोलिबाट कलेज क्रिसमस र नयाँ वर्षको लागि दुई हप्ता बिदा हुँदैछ। फेरि भोलिसम्म मैले सकाउनु पर्ने धेरै असाइन्मेन्ट्स बाँकी छ। तसर्थ म लन्चको टाइमलाई पनि उपयोग गर्दै थिएँ। मेरो एकजना साथी आएर सोध्यो- हेइ सुमिता, वाट आर यु डोइङ? इज दिस नेपलिज स्क्रिप्त ?
एस्, इट इज
लुक्स लाइक यु आर डोइङ् समथिङ इम्पोर्टेण्ट टास्क
एस् ,यु आर अब्सोलुट्ली राइट ,इट्स रियल्ली इम्पोर्टेन्ट फर मी।
कलेज सकिँदासम्म मैले लगभग आधा जति टाइप गरेर सकिसकेकी थिएँ। बाहिर निस्कँदा अँध्यारो भैसकेको थियो। ओहो, हिउँ परेछ फेरि। रुखहरु सेतै कपासले छोपेजस्तै थिए। चारैतिर सेतै उज्यालो थियो। क्रिसमस नजिकिएकोले घरहरु र सडक छेउका रुखहरु झिलिमिली थिए। म कोठामा पुग्ने हतारमा थिए। किनकि मलाई जसरी नि आज यो कथा टाइप गरेर सकाउनु छ। अनि बल्ल मलाई राहतको अनुभूती हुनेछ। कोठामा पुगेर सिधै कम्प्युटरमा बसेँ। पहिला एउटा गीत खोजेँ अनि बल्ल काम गर्न लागेँ। मलाई गीत सुन्न मनपर्छ र, मलाई थाहा छ, प्रविनलाई पनि मनपर्छ। कहिलेकाहीं कम्प्युटरमा कलिङ गरेर हामी एकर्कालाई मन पर्ने गीत सँगसँगै सुन्ने गर्थ्यौ। कम्प्युटरमा बसिरहदा आँखामा अलि अप्ठेरो महसुस भयो। तर पनि म खुशी थिएँ किनकि मैले आफ्नो आत्मकथालाई कम्प्युटरमा उतारिसकेकी थिएँ। घडी हेरें, नौ बजेछ। एकपल्ट खुल्ला हावामा बस्न मन लागेर आयो। पर्दा खोले बहिर हिउँले सबैथोक सेताम्य थियो। घरहरुमा झिलिमिली बत्तीहरु टल्किरहेका थिए। जाडो नै भए पनि रमाइलो लाग्यो।
एकपल्ट इमेल चेक गर्न मन लाग्यो, लग इन गरे। ओहो, प्रविन अनलाइनमै रै’छ। म लग इन हुने बित्तिकै अफलाइन भो। नमिठो लाग्यो। हिजोसम्म कस्तो थियो ,आज खै के भो के। तर पनि मलाई प्रविनसँग कुनै गुनासो छैन। मलाई विश्वाश छ, ऊ कहिले गलत हुन सक्दैन। मेरो मनमा उप्रति अथाह श्रध्दा र सम्मान छ। उसको यस किसिमको व्यवहारको पछाडि पक्कै कुनै दरिलो कारण हुनुपर्छ। तसर्थ म अनलाइनमा हुँदा उसलाई गार्हो हुन्छ भने म सँधै को लागि अफलाइन नै बसिदिनसक्छु उसको लागि।
खानपिन सकेर बाँकी असाइन्मेन्ट्स पनि सकें। जर्मनीको लागि एउटा अनलाइन टिकट किने। भोलि मेरो कलेजको अन्तिम दिन, त्यसपछी दुई हप्ता बिदा छ। यो बिदामा केही काम खोजेर गर्ने सोच राखेकी थिएँ पहिला। जर्मनीबाट दिदीले पटक पटक बोलाइरहनु भएको थियो। तसर्थ के गरुँ भन्ने अलमलमा थिएँ। तर आज जर्मनी नै जाने निधो गरे। जर्मनी जानुको अर्को फाइदा के देखे भने म त्यहाँ गए भने व्यस्त रहन्छु, अनि कम्प्युटरमा बस्ने समय हुँदैन। पन्ध्र दिन कुराकानी नभएपछि शायद प्रविनबाट टाढा हुन पनि सहयोग मिल्ला।
मेरो कथा तयार छ। म जर्मनीबाट फर्किएपछि एकपल्ट फेरि पढेर यो कथालाई माइसंसारमा पठाउँछु। मलाई थाहा छ, त्यहाँ यो कथा प्रकाशित भो भने प्रविनले पनि पढ्ने छ। किनभने प्रविन माइसंसारको नियमित पाठक हो। त्यहाँ प्रकाशित लेख र ब्लगको बारेमा हाम्रो बीचमा पटक-पटक छलफल पनि हुने गरेको थियो। तसर्थ मलाई लाग्छ, प्रविनले मेरो कथा पढ्नेछ। अनि म प्रविनबाट मेरो कथाको लागि कम से कम एक कमेन्ट को अपेक्षा राख्छु। यदि यस्तो भयो भने साँच्ची नै म आफूलाई भाग्यमानी ठान्नेछु।
February 7th, 2009
(स्रोत : माइ संसार डट कम)