~यादव देवकोटा~
शिशिर ऋतुको मौसम । सडकभरी हुस्सु दौडिरहेछ र ढाकिएको छ क्षितिजसँगै सिगों शहर । भुईकुहिरोको आक्रमण र चिसोको प्रकोपले मान्छेको मनका रहरहरु सिरक ओढेर बसेको छ । अघिल्लो साता लगातार पानी परिरह्यो र दिनदिनै जाडोले च्याप्दै लगेको छ चार भञ्ज्याङ्गभित्रको खाल्डोलाई ।
‘अझै घाम नलाग्ने भो टाटीमा’–अबिराम गुन्गुनाए । दिनहरु निरसपूर्ण रुपमा बितिरहे । घरछेउको विण्णुमति उसैगरी निसासिँदै बगिरही । सडकमा चल्मलाएका अलिअलि मान्छेहरु पनि सेताम्ये हिउँले छोपिएझैँ छोपिए तुषारोले ।
बिबाह गरेको बर्षदिन नपुग्दै अविरामकी प्राणप्यारी श्रीमतीले धर्ती छाडिन । प्रेममा फसेर विवाह गरेको ह्दयकी पल्लवीको अवसानपछि अविरामले अरु कसैसँग जीवनको साइनो गॉस्ने कोशिस सम्म पनि गरेनन अजम्बरी सम्झना सम्झेर सम्बन्धलाई । मनको कुनै कुनाभित्र दिबगंत प्रियसीको सम्झना खिल नमर्ने गरी जरा गाडी बसेको छ भन्थ्यो सत्य आफैँ जानोस ।
‘जीवन प्रति नै फ्रस्टेड छु म त ’–अक्सर उनको जवाफ यही हुन्थ्यो । खान्दानी ठकुरीका सन्तान अविराम । अर्थ राजनीतिका स्नातकोत्तर । रिटार्यड कर्नेलका छोरा । छेलोखेलो सम्पति । तर के गर्नु ? सम्पन्नता भन्ने पनि धन र यसको बैभबताको शान मात्रैले प्राप्त नहुने रहेछ । मानसिक प्राप्तिको बाटो सधैँभरि दोबाटोको अन्जान रमिते यात्री बनेर रनभुल्ल बनेपछि सन्तुष्टिको बेसक्याम्प नभेटिने रहेछ । सायद यही ठम्याई र≈यो अविरामको । पूर्खाको बिरासतको ह्याङ्गओभरको पसल थापेरै पनि चुल्होमा आगो दन्केकै छ । श्रीमतीको मृत्यु पछि त उसको लागि विवाह भनेको यौनको भोक मेटाउने खाजा मात्रैको रुपमा अगाडी आयो । जावो खाजा पाइएकै छ धितमर्ने गरि किनमेलमा निँस्कदा । ‘सेक्स इज वन्ली दि मिनिङ्ग अभ दि म्यारिज’–अक्सर अविरामको जवाफ यही हुन थालेको छ ।
आज केही भावुक र केही रसिक मुडमा छन अविराम । देहान्त भएका बाबुआमाको स्मरणको लहरमा मिसिएर दिवंगत श्रीमतीको तस्विर पनि झुल्किन्छ उसैगरी । हातमा रहेको यौनवादी उपन्यास अध्ययनको तीब्रतासँगै खाजा खोज्न हिँड्न मन लाग्छ अविरामलाई । शरीरभित्र बढेदै गएको यौनजन्य भोकको करेण्ट झन झन बढेदै जान्छ ।
सॉझ छिप्पिदै गएको छ । घर अगाडीको बिजुलीको तारको करेण्टमा एउटा काग झुण्डिएर मरिरहेछ । नजिकैको खम्बामा धुईरिएर एकहुल कागहरु उराठलाग्दो स्वरमा कराईरहेछन । भित्तामा टागिँएको बाबबुआमाको फोटोसँगै मृदुलता छाडेर मुस्काईरहेकी छे दिवंगत पत्नी जसको अव भावुक सम्झना बाहेक केही बॉकी रहेन ।
सामसुङ्ग कलर मोवाइलमा फटाफट चले औंलाहरु । पूरापूर बहत्तर हजार तिरेर किनेको मोवाइल सेट । यही मोवाइल सेटमा डायल गरेर यौनको भोक मेटाउन अविरामले बोलाएर भोक मेटाएपछि युवतीहरुलाई दिएको रकम जोड्ने हो भने त्यसको मुल्य लाखौं पुगिसक्यो । आज पनि सम्पर्कमा रहेकी एउटी यूवतीलाई फोन गरे अविरामले । जीवन धान्ने बाध्यताको जञ्जिरले थिचिएर पेटको आगो निभाउन धपक्क बलेको यौवनलाई पैसामा साट्न विवश साम्भवीलाई बेलाबखत सम्पर्क गरुँला भनेर अविरामले नै थमाइदिएका थिए मोवाइल केहीदिनअघि । त्यति गाढा नभए पनि छिपछिपे मात्रै पनि थिएन सम्बन्ध । शहर छिरेपछिको साम्भवीको बाध्यताको पहिलो ग्राहक बनेका थिए अविराम । अरुसँग ब्यापार नगर्ने सर्तमा अविरामले आवश्यक पैसा र मोवाइल थमाइदिएका थिए, आकाक्षाको पूर्तिभएपछि साम्भवीबाट ।
‘हुन्छ म यहॉबाट हिँडिहालें तर आउँदा चॉहि गाडीमा ल्याईदिनुपर्छ नि मलाई’–साम्भवी बोली ।
‘हुन्छ बाबा हुन्छ’–अविरामले लाडिएरै भन्यो ।
‘म आज तपाईलाई मेरो बाआमाको फोटो पनि देखाउन ल्याउँछु’–साम्भवी फोनमै थपिई ।
–‘टिरिङ्ग..टिरिङ्ग…टिरिङ्ग…टिरिङ्ग‘प्लिज ओपन दि डोर’–रिङ्ग बेल चिच्याएको छ । यसको सिधा अर्थ कसैले घरको रिङ्गबेलको स्विच थिचेको छ ।
‘ए सन्तु जा ढोका खोल’–अविरामको बोली भुईमा नझर्दै सन्तु गेटमा पुगेर ढोका खोल्छ ।
‘कस्लाई खोजिस्याको मैसाप हजुरले’–मैनाले बोलेजस्तै लाग्ने रेडिमेट प्रश्न गर्छ सन्तु । अभागी पहाडमा अटाउन नसकेको एउटा फुच्चे केटो शहरको चार दिवारमा रखवारीकै लागि भएपनि घरानियॉ भाषामा आफुलाई अभ्यस्त बनाईरहेछ ।
‘अविराम सरलाई’–साम्भवी बोली ।
–‘सर हजुर माथि नै सुकला गरिस्या छ, माथि नै सवारी भए हुन्छ’–सन्तु पुन निसास्सिदै बोल्यो । आगन्तुक यूवतीलाई ‘मैसाप’ शब्दले सम्बोधन गर्न सन्तु अभ्यस्त भैसकेको छ । खान्दानी धरातलको रेडिमेट शब्द सुगारटान छन ओठमा । दुखको पहाड बोकेर सडकमा भौतारिईरहँदा अविरामको सौखको घोडा चढेर जीवनमा रोजी रोटीको खुकुलो मेलो भेट्टाएको थियो दुई साल अघि सन्तुले । यो दुनिँया यही दुई खाले किनारामा उभिएर चिरा परेको छ,विभाजन भएको छ । बॉधिनका लागि तवेला र पुज्नका लागि मलिक रोज्नुपर्ने बाध्यताको लहरमा उभिन विवश एकथरि र त्यही विवशतालाई ब्ल्याकमेलिङ्ग गरेर स्वार्थपूर्तीको साधन सम्झनेहरुको तामझामले ऐनकेन जीर्ण रुपले चलिरहेछ दुनिँया । दुनि‘या एकमेसरुपमा समान हुन्थ्यो भने कसरी पूर्ती हुन्थ्यो र अविरामहरुको आकांक्षा पनि ?
‘पहिले तिम्रो बाआमाको फोटो नै हेरौं न त ’–अविराम मुस्कुरायो । साम्भवीले एल्वमका फोटोहरुमा औंला गाड्दै देखाईरही र अविराम चुपचाप हेर्दैरह्यो ।
‘तिम्रो बाआमा कहॉ छन् नि ?’–अविरामले अलि गम्भिर हुँदै प्रश्न गयो ।
‘कालापारमा आमाको अस्तु बगाएर यता हान्निएकी म । आमा पेसामा थिइन पहिला । बाउ जावाको नामोनिसान हुँदैन हाम्रो समुदायमा । आमाको पेसाको नासो हो मेरो जीवन,जसरी मेरी हजुरआमाको पेसाको नासो मेरी आमा हुन । मैले मेरो बाबुलाई चिनेकै यही फोटोमा हो’–साम्भवी अड्की अड्की बोली ।
‘तर तिम्रो हजुरआमासँग पनि तिम्रो बाबु भनेर देखाएको फोटोकै मान्छे अगॉलोमा बॉधिएका छन् नि त !’–अविराम अर्को जिज्ञासा थोर्पछ ।
● ● ● ●
शहरसँगै जोडिएको एउटा वस्ती छ । जहॉ च्यातिएका बोरा र बर्सादीले छाएका दुई दर्जन जति बुकुराहरु छन,फोहोरका थुप्राझैं लाग्ने । जिङ्गरिङ्ग परेको कपाल,सिङ्गानको लर्कोले पुरिएको नाक,मयलले ढाकिएको छाला,कचेरा भरिएको ऑखा, खुइरो लागेको भुस्याहा कुकुर र सुँगुरका छाउराजस्ता बाबुको ठेगान नभएका निर्वस्त्र भुरुङ्गाभुरुङ्गीहरुको लर्को, असिनाले ठटाएको रुखको पातजस्ता क्षतबिक्षत बुकुरा र गरिवीले निस्लाम परेको जीर्ण चेहरा त्यो वस्तीको सर्सर्ती देखिने आकृर्ती हो । चमेरोले चिथोरेको बाख्रो जस्तो छ वस्ती जसको रुप भोकले लम्पट भएको बाघले शिकार गरीवरी रगत मासु खाएर हड्डी मात्रै बॉकी राख्दाको बाछोको स्वरुपझैं लाग्छ ।
रातभरि स्वास्नी पराईसँग सुत्छे त्यही बुकुरोमा । लोग्ने भुस्याहा कुकुरझैं कहिले गल्ली,कहिले ऑगन त कहिले कर्सोमा गुडुल्किएर रात काट्छ । साइनो मात्रकी स्वास्नीले ठूलाबडाहरुसँग सुतेर कमाएको पैसाले रक्सी खाएर आमाचकारी गाली गर्छन स्वास्नीलाई र रण्डी र बेस्याका पोई बन्छन् आनै गालीले उनीहरु । आङ्खनै बुकुरोमा बर्षौदेखि आङ्खना पियारीहरु निर्बिघ्न लुटिईन्छन् र पनि खै किन हो मनमा केही गुनासो पाल्दैनन् । कस्ता लोग्ने मान्छे हुन् कुन्नि रु बरु आफैं ग्राहक खोज्छन स्वास्नीको लागि । मोलतोल गर्छन । जीवनको एउटा कुरुप खेला । दिनभरि तास खेल्ने,जॉड खाने र रातमा भोत्राको ओछ्यानमा रात काटेर तै तै स्वास्नीलाई लोग्ने हुनुको ढाडस त दिएकै छन । कैयौंका बुकुराभरि भुरुङ्गाभुरुङ्गीहरु छन तर लोग्ने नै छैनन । अझ यसो भनौ लोग्ने मान्छेको नामोनिसान नभएका बुकुराभरि नानीहरुको तॉती देखिन्छ । घरभरि भुरुङ्गाभुरुङ्गीहरु छन, तिनको बाबुको नामोनिसान छैन । छोरीहरु हुर्कन्छन,मासिक धर्म शुरु भएपछि आफैं ग्राहक खोज्छन छोरीको नथुनी तोडाउन । पुस्ता–दरपुस्ता यसरी नै चलिआएको छ ।
● ● ● ●
झुलादेवी सधैंझैं बुकुरोमा बसेर ग्राहकको नियमित प्रतीक्षामा छिन । आमा मालताल खेप्न बजार गएकी छिन । झिमिक्क सॉझ परेपछि क्याप्टेन रुद्र बहादुर वादी वस्तीमा छिर्यो । नाममात्रको रुपियॉमा अविवाहित झुलादेवीसँग रुद्रबहादुरले रात बितायो । झुलादेवीले मरेको लासझैं आºनो शरीर सर्वागं रुद्रबहादुरलाई सुम्पिदिई । त्यसको दश महिनापछि अविवाहित झुलादेवीले छोरी जन्माई । उसको नाम मखमली राखियो ।
लगभग चौध बर्षपछि रुद्रबहादुर कर्नेल बनेर बादी टोल छेउको पुरानै गणमा पुग्यो । ऊ झुलादवीसँग बिताएको पुरानो रातको सम्झना गर्दै फेरी छिर्यो एउटा उखरमाउलो गर्मीले अगॉलेको सॉझ बादीवस्तीमा । झुलादेवी दिनको दुई–तिन जनाको दरले पुरुषहरुलाई आफ्नो ज्यान सुम्पदै गर्दा वेत निख्रिसकेको बुढी कुकुर्नी जस्ती भएकी छे । अझैंपनि ऊ ग्राहकसँग सुतिन भने बुकुरोको अगेनुमा आगो बल्दैन र डेक्ची तात्दैन । छोरी मखमली पन्ध्रदिन अघि मात्रै फुट्याऔ छे । भनेजति रकम नभईकन छोरीको नथुनी तोडाउन दिने कुरा पनि भएन । कर्नेल रुद्रबहादुर बुकुरामा टुपुल्कियो । ओई झुला‘‘‘ रुद्रबहादुर बाहिरैबाट कराउँछ । झुला भित्र टुकीको धिपधिपेमा बसेकी छे । नरे आईपुगेको छैन । नरे झुलाको लोग्ने हो,उसका लागि ग्राहक खोज्ने र रातभरि गल्लीमा गुडुल्किने मान्छे । जॉडले टिल भएर आउँछ कहिलेकाहीँ, धेरैजसो आउँदैन ।
‘झुला छोरी त तरुनी भईसकिछ नि †’–रुद्रबहादुर झुलालाई छाडेर मखमलीमा ऑखा लगाउँछ र जिब्रो रसिलो बनाउँछ । झुला भन्न सक्दिन मखमली तिम्रै रगत हो भनेर । झुला र रुद्रबहादुर धेरै बेर गुन गुन गरिरहन्छन मखमलीले नसुन्ने गरि । अन्त्यमा पन्ध्र सय रुपैयॉ नत्थी थापेर छोरीको नथुनी तोडाउन रुद्रबहादुरलाई छाप्रोभित्र हुल्छे झुला र भित्र गुन्द्री र कोरा आछ्याईदिन्छे ।
‘आ‘मा‘।’ निकै चिच्याउँछे बुकुरोभित्र मखमली र उसको आवाज बन्द हुन्छ । मध्यरातसम्म आफ्नै छोरी मखमलीलाई अचेत पारेर पटक पटक भोगिरहन्छ रुद्रबहादुर र रक्तमुच्छेल पारेर मध्यरातमा बुकुरोबाट बाहिरिन्छ । त्यसको दश महिनामा मखमलीले छोरीलाई जन्म दिन्छे । छोरीको नाम प्रदेशनी राखिन्छ । बिहे नै नभई प्रदेशनी जन्माउने मखमलीको बिहे हुन्छ भनिरामसँग । भनिरामको कथा आफैंमा लामो छ जो यहॉ लेखेर सकिदैंन । भनिराम आफु पनि वादी नै हो । उसको बाबु हरिजनको जीवन देखेर दिक्क भयो । उसले जानेबुझेदखि नै आमाको ओछ्यानमा बाबु सुतेको कहिल्यै मेसो पाएन । आमासँग दिनदिनै नयॉ नयॉ मान्छे आएर सुत्थे । त्यसरी सुतेको पैसाले खोलेफॉडो चल्थ्यो । एकदिन सखेरै हरिजनले भनिराम लिएर देशको सिमाना काटे । त्यसको केही समयमै गाडीले दिएको ठक्करका कारण हरिजन मर्यो । बाबु मरेपछि होटलका जुठाभॉडा माझ्दै निकै बर्ष कटायो भनिरामले । भॉडा माझ्ने होटलमै राती राती उसका साथीले सॉवा अक्षर छुट्याउन सक्ने गरी अÔर सिकाईदिए । उमेर छिप्पिएपछि आफ्नो गॉउ सम्झेर फर्कियो । वादीको छोराले कुमारी केटी कहॉ भेटोस् र विहे गरोस् । र त उसको विहे भयो मखमलीसँग । उसलाई समाजको रित कत्तिपनि मन परेन । त्यसैले मखमली र प्रदेशनीलाई लिएर उ आफुले भॉडा माझेर अक्षर छिचोलेको परदेश हिँड्यो । मखमली जम्माजम्मी दुइटा फोटो साथमा बोकेर भनिरामको पछि लागि र साथमा थिई प्रदेशनी । रुद्रबहादुरसँग अगांलो मारेर बसेको उसको आमाको र उसको । ती दुबै फोटाहरु रुद्रबहादुरले आमालाई सत्र बर्षअघि र उसलाई तीन बर्ष अघि दिएको थियो । मखमलीलाई याद छ रुद्रबहादुरले उसलाई अगांलो हालेको फोटो रुद्रबहादुरसँग आएको उसको स्टाफले खिचिदिएको थियो रातको तिरीमिरीमा । धन्न मदिराको सुरमा आएको रुद्रबहादुरले उसलाई फोटो दियो नत्र त नानीहरुले त्यही फोटोमा पनि देख्न पाउन्नन आङ्खनो बाबुलाई । मखमलीले प्रदेशनीलाई कहिल्यै पनि भनिरामलाई बाबु भनेर चिनाइन । फोटोको रुद्रबहादुर देखाएर बाबु भनि चिनारी गराई,जसलाई प्रदेशनीले कहिल्यै देख्न पाइन । वादी टोल छाडेको नौ बर्षपछि मखमली र तेह्र बर्षपछि भनिराम एड्सको कारणले मरे । मखमलीले वादी टोलबाटै एड्स बोकेर आएकी रहिछ र त्यसैले भनिरामलाई पनि खाईदियो । प्रदेशनी बाहेकका थप सन्तानको जरुरी भनि र मखमली दुबैले आवश्यक सम्झेनन सायद र थप सन्तान भएन उनीहरुको । मान्छेले ऑसु र पीडाबाट पनि केही सिक्दो हो तर त्यो भन्दा बढी संघ्रर्षबाट सिक्ने रहेछ क्यारे मखमली र भनिरामले कालापहाडमा गएर ऑसु पसिना बगाएरै भएपनि प्रदेशनीलाई पढाए । भनिराम मरेको बर्ष प्रदेशनी एघार कक्षामा पढ्दै थिई । भनिराम मरेपछि पराईभूमिमा प्रदेशनी एक्लो भई । त्यसो त उसले कुन ठाउँलाई पराई भनोस् र कुन ठाउँलाई आफ्नो रु यो ससांर नै उसको घर हो । अब जीवनलाई उसले आफ्नै खुट्टामा उभिएर चिन्नु छ । कुनै एक अस्पतालमा भनिराम मरेपछि प्रदेशनी बाबुआमाको कुराको मेलो समाउँदै नेपाल छिर्छे । र,कुनै भॉतीको पछि लागेर आईपुग्छे काठमाडौं ।
● ● ● ●
स्प्रिङ्ग भएको कुर्ची जस्तो काठमाडौं । प्रदेशनीले थिच्न सकि भनें बस्न पाउली नत्र भने बेजोडले हुत्याईदिनेछ उसलाई कुनै भेउ नरहने गरी । बाउआमासँग हुर्किएको पराई देशमा बस्न सकिन ऊ ऑसु–पीडा खेपेर । खै किन हो हजारौ लाखौं नेपालीको मुग्लान या लाहुर ठानिने त्यो पराई माटोमा उसको मन अडेन । सुनको खानीमा सुन खेप्न पाईनेझैं गरी त्यहॉ पुगेर ऑसुको तलाउ बार्ने मान्छेहरुको आत्मा पढी उसले । धेरै अपहेलना, खप्की, हेपाइ र ऑसु देखी । त्यसैले खै कुन मेसो समातेर यता आई । मान्छेहरुको भीडमा एक्ली भई । जीवन कठिन चुनौतीहरुबाट गुज्रनुपर्ने परीक्षा हो र प्रदेशनी त्यही परीक्षाको बिद्यार्थी बनी ।
हुर्कदो उमेरकी केटी । अपरिचित मान्छेहरुको बस्ती । प्रदेशनी कुनै मेसो भेट्दिन जीवनको । मान्छेको,त्यो पनि पुरुष मान्न्छेको हेराई उ माथि भन्दा ज्यादा उसको शरीर माथि छ भनेर बुझ्न थप दिन कुरिरहन पर्दैन उसलाई । लामा सर्लक्क परेका कपाल, । आधा कालो र आधा सेतो छाला । गोलो अनुहार । गुच्चाजस्ता ठीक्कका सुहाउँदिला ऑखा । अलि फुकेको नै हो शरीरको गॉठ पनि । दर्बिला हात पाखुरा । थोरै तर अलि कडा बोल्ने बानी ।
तर ! पनि उसले आफुलाई जोगाउन सकिन सोचेजसरी ।
बास र गॉसको कुनै टुङ्गो भएन र धेरैका ढोका ढक्ढक्याई धेरै हिन्दी र थोरै नेपाली मिसिएको लवजमा । लामा भोक र अनिदा रातका कहानीहरु जेडिए जीवनमा । पैसा नभएपछि सडकलाई ओछ्यान बनाई । भोकै थुप्रै छाकहरु सकिए । उसको शरीर खिरिलो बन्दै गयो । अनुहार भोक र धुलोको चेपमा बद्लिदैं जान थाल्यो । र, अन्त्यमा उ खसीबजार छेउको हरियाली रेष्टुरेण्टमा काम पाउन सफल भई । हरियालीमा पुग्दासम्म धेरै भोक,बेदना,ऑसु,अनिदो रात भागेर साम्भवी बनिसकेकी थिई प्रदेशनी । त्यही रेष्टुरेण्टमा काम थालेको हप्ता दिनपछि भएको थियो अविरामसँग प्रदेशनी उर्फ साम्भवीको भेट । भेटघाटहरु दोहोरिँदै गएपछि साम्भवी र अविरामको बीच शारीरिक इच्छा र आवश्कताहरु साटासाट भयो । मध्यपश्चिमको वादी टोलबाट जीवनको बाध्यकारी ब्यापारको रनाहामा परेर भागेका भनिराम र मखमलीकी छोरी आफ्नै देशको राजधानीमा आइपुगेर फेरी आमाले छाडेको पेसामा हिँड्न बाध्य भई । मान्छेका रहर,अस्मिता र सपना कति सजिलै डकैती लाग्छ शहरमा । वादीकी छोरी प्रदेशनीलाई बढी थाहा छ सुकिला र चिल्ला लाग्नेहरु झन् बढी फोहारी र कपटी हुन्छन ।
● ● ● ●
‘यौनका भोकाहरु धेरै सपना देखाउ‘छन ‘बेश्या’हरुलाई पनि । जीवनको सपना,सिन्दुरको सपना । गाजल धसी धसी । जब अघाउ‘छन उधारो सपना देखाउ‘दै तिनैलाई लुटेर ठालुहरु,अनि हराउँछन आश्वासनका रित्ता महलहरु भत्काउँदै अन्जान स्थलमा । मेरी हजुरआमाले त्यही नियती भोगिन ।’–साम्भवी विस्फोट भई आफ्नै शैलीमा ।
त्यसो त उतै वादी बस्ती फर्किएर म पेसामै अड्न पनि सक्थें । तर त्यसबाट भाग्न र नारी अस्मिताका चर्का नारा लाग्ने शहर छिरेपछि जीवनको विवशताले डोर्याएको यात्रामा तपाईस‘ग भएको पहिलो ब्यापारको नाफास्वरुप मेरो शरीरमा बढ्दै छ,तपाईको रगतको चिनो ।
अविरामले साम्भवीको हातबाट एल्बम लिएर गहिरिएर निकैबेर हेरिरह्यो साम्भवीको बाबु रिटायर्ड कर्नेल दिवंगत रुद्रबहादुरलाई । एल्वमलाई ङ्खयात्त फालेर दराजभित्रबाट आङ्खनो एल्वम निकालेर निकैबेर टोलाईरह्यो आफ्नो बाबु रिटायर्ड कर्नेल दिवंगत रुद्रबहादुरको तस्वीरमा हेरेर । ऊ अकस्मात चिच्यायो ‘साम्भवी ऊ यही भित्ताको फोटो हो मेरो बाबु रिटायर्ड करसाप स्वर्गीय रुद्रबहादुरको तस्वीर ।’
‘हँ तपाई यो भित्ताको करसापको छोरा हो ?’–साम्भवी सुक्सुकाउँछे । उमेरको हिसाबले बाबुछोरीको उमेर भएर पनि जीवनमा आईपरेको दलनले शरीरमा आपसी रगत साटेर हुर्कदै गरेको रगतको डल्लो समाएर अविरामसँगै साम्भवी रोईरही ।
छेउमा चुपचाप यो दुखद कथा सुनिरहेको जीवनका दलनहरुले गलेको एउटा हुर्कदो मुनाजस्तै सन्तु अविराम र साम्भवीको सम्बन्ध बु¤न नसकेर टोलाईरह्यो उसैगरी लगातार ।