~अरुणबहादुर खत्री “नदी”~
नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु राखिएका छन् । उनले कविता, कथा, गजल, लघुकथा, निबन्ध, हाइकु र समीक्षा विधामा पनि कलम चलाउदै आइरहेका छन् । आत्मालापभित्र देश दुखेका गन्थनहरु छन् । नितान्त व्यक्तिगत गन्थनहरु पनि छन्, पारिवारिक गन्थनहरु छन्, भुइँचालाका गन्थनहरु पनि छन्, जननी एवम् जन्मस्थलका गन्थनहरु पनि छन्, भ्रष्टाचार एवम् भ्रष्टाचारीका् गन्थन छन् लोक-परलोकका गन्थन पनि छन् ।
भानुको सम्झना शीर्षकको कविताभित्र जे-जे गर्नु थियो सबै गरिदिए भानु शिरैमा धरी अर्को जन्म कतै हुँदैन नभमा मोती उदाए सरी भनिएको छ । उनको जन्मदिन कविताभित्र उनको याद सधै बढेर मनमा धेरै जनायो तन केही दूर हुँदा दुखाइ मनमा पीडा बढाइन् झन भनिएको छ ।
साहित्यका विभिन्न विधामा पहिलेदेखि अहिलेसम्म हर्ेर्ने हो भने सबैभन्दा लोकप्रिय विधा कविता देखिन्छ । यस विधामा सिर्जनारत स्रष्टाहरुको संख्या र विभिन्न साहित्यिक संघ संस्थाबाट आयोजना हुने काव्यगोष्ठीको संख्या हर्ेर्ने हो भने पनि यो विधाको लोकप्रियतालाई सहजै अनुमान गर्न सकिन्छ । आमा कविताले एकाएक गरी म देख्छु सपना मातासँगै काखमा आई टप्प टिपी लग्यो गगनमा तिम्रै डुबे शोकमा भनिएको छ । पल्लव साहित्य प्रतिष्ठान, नारायणगढ चितवनबाट २०७२ सालमा निस्केको यस कृतिको मूल्य रु. २५०।- राखिएको छ भने पृष्ठ संख्या ९६ छ ।
जिन्दगी शीर्षकको कवितामा भावना भित्रको स्नेहमा रङ्िगएँ प्रेमको प्यासमा छल्किदा पग्लिए भनिएको छ । आफ्नो जन्मथलो भनेर मनले सद्भाव पोखेका छन् गोर्खे साइँलोले नुवाकोटलाई । नेपाल आमाप्रति मङ्गलगानका स्वरहरु गुञ्जाएका छन् । कवि गोर्खेको मुटुभित्र देश दुखेको छ । साह्रै भावुक भएर गोर्खेले कविता कोरेका छन् । आत्मालाप कवितासङ्ग्रह निकै नै पठनीय र सङ्ग्रहनीय छ र यस कृतिले सम्पूर्ण पाठकको मन स्पर्श गर्न सक्नेछ । साहित्यकार गोर्खे साइँलो राष्ट्रवादी र स्वतन्त्रताप्रेमी कवि हुन् । उनको राष्ट्रवाद आस्था र निष्ठाको माटो हो । राजनीतिबाट प्राप्त स्वतन्त्रता नै राष्ट्रवादको मूल आधार हो । नेपाली भाषा, संस्कृति र कला राष्ट्रको स्वरुप हो । छन्दको बारेमा कविको बिचार यसरी प्रकट हुन्छ-
लेखै छन्द छटा बनाई रसिना मीठो बनाऔ सदा
राखौ छन्द बचाउँदै हरघडी संसार बाँकी हुदा
मीठो छन्द बुझेर लोभिनु सधै छन्दार्थ शब्दैप्रति
प्यासी छन्दमुखी भएर सबले तिर्खा बढाऔ अति ।
छ राम्रो यहाँको पखेरो र पाखा, अहो कोइली बोल्छ हालेर भाका त्रिशुली नदीले हटायो अँधेरो म बिर्सन्न कहिल्यै नुवाकोट मेरो शीर्षकको कवितामा कविले उल्लेख गरेका छन् । आत्मालाम शीर्षकको कवितामा आफ्नै आत्मकथा कहूँ म कसरी पीडा सहेका कुरा धेरै दुख गरे अबोध रहदा नाता टुटेछन् पुरा भनिएको छ ।
मिलेर संयोग भलो जुरेको
रहेछ माया ममता खिलेको
मेटाउदा जीवन साथ त्रि्रो
सधै बिताए अझ धेर राम्रो ।
आफूले भोगेको र देखेको समयलाई आफ्नो चेतना तथा अनुभवले महसुस गर्ने र त्यसको सजीव तस्बिर उतार्ने प्रयासको उपज हो यो आत्मालाप कवितासङ्ग्रह । यसभित्रका कविताहरुले कही कतै कसैको मन छोयो भने त्यही नै पर्याप्त हुन्छ । युगीन चेतना, नेपाली समाज, संस्कृति, प्रकृति अनि नेपाली राष्ट्रियताप्रतिको गहिरो आस्था र प्रेम साथै जीवनवादी जीवनदृष्टि यस सङ्ग्रहका कविताका आधारभूत प्रवृत्ति हुन् । यस सङ्ग्रहभित्रका कविताहरु कल्पना र यथार्थमा उन्मीलन भएका छन् । यसभित्र रहेका कविताहरुले पाठकहरुको हृदयमा कुनै न कुनै रुपले सकारात्मक चिन्तनको बीजारोपण गराउन सक्छ । उनले लेखेका कविता पढ्दै जाँदा पाठकहरुको मन छुने गर्दछ । उनले लेखेका कविताहरु स्तरीय र तिख्खर छन् । उनका कविताहरुमा प्रकृति पनि छ, जीवन पनि छ । जीवनका सुखहरु पनि छन् । दुःखहरु पनि छन् । वातावरणका दृष्टिले यस सङ्ग्रहका कविता मध्ये केही आशावादी र अधिकांशत निराशावादी छन् ।
गोर्खे साइँलोका कविता भने अधिकांश कोमल भावका नै छन् । उनका कविता ज्यादै मार्मिक र पढ्न योग्य नै छन् । समकालीन नेपाली कविताको प्रतिरुप बुझन यो कृति सबैले पढ्नै पर्छ । समकालीन नेपाली कविताको एउटा उत्कृष्ट मानक सङ्ग्रह यस कृति बनेको छ । यो कृतिमा कविको परिपक्कता झल्किन्छ । साथै भाषा शैली पनि परिमार्जित भएर खारिएको माझिएको पाइन्छ । आगामी दिनमा उनका थुप्रै कृतिहरु प्रकाशित भईरहुन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
प्रकाशकः पल्लव साहित्य प्रतिष्ठान, नारायणगढ, चितवन ।
प्रकाशन मितिः २०७२ साल
पृष्ठः ९६
मूल्यः रु.२५०।-
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)