~सुषमा मानन्धर~
धेरै दिनदेखि पानी पर्न सकिरहेको छैन। आकाश धुम्मिएको पनि दुइ चार दिन नै भैसक्यो। न राम्ररी घाम लाग्छ न पानी नै पर्न सकेको छ। बाहिर कौसीका गमलाहरु पानी नपाई सुक्न थालिसके। काठमाडौँमा खानैलाई त पानीको हाहाकार छ, बोटलाई पानी दिनु त्यसपछिका कुरा भयो उसलाई।
आज भरेसम्ममा पानी पर्छ जस्तो छ, बिहानैदेखि थुप्रै काला बादल मडारिरहेका छन्। ऊ आकाश हेर्दै सोच्छे, पानी परे हुन्थ्यो, धुलो र फोहरहरु पखालिन्थे। सास फेर्न समेत गाह्रो भैसक्यो,प्रदुषित हावामा। निस्सासिएला जस्तो छ।
ऊ अहिले एक्लै छे कोठामा। खानापछि धुमधुम्ती बसिरहेकी छ। श्रीमान शनिबार मनाउन बाहिर गएका छन्। कुनै बिदा आउन पाउन्न, उनलाई साथीहरुकोमा गै तास खेल्न हतार भैहाल्छ। कुनै दिन गएनन् भने पनि जुवाडे साथीहरुले मोबाइलमा फोन गरी गरी हैरान गर्छन्। सोधेमा पैसा राखेर खेल्ने हैन, त्यत्तिकै रमाइलोको लागि मात्र खेलेको भन्छन्। फुर्सदमा सधै घर बस्न उदेक लाग्नु स्वाभाविकै पनि हो। बुढाबुढी कत्ति र के मात्र कुरा गर्नु। छोराछोरी हुंदो हो त उनीहरुसंगको जिस्काइमा अल्मलिने बाटो हुन्थ्यो उसका श्रीमानलाई पनि।
साँच्ची किन हो, अहिले सम्म बच्चै भएन उसको। बिहे भएको बाह्र वर्ष भैसक्यो। काखमा खेल्ने कुनै बच्चा आएको छैन। छातिका दूध चुसाएर, घुघुती बासुती गर्दै तोतेबोली सुन्ने उसलाई पनि साह्रै रहर छ। त्यही भएर उसले कैयन् धामी झांक्रीलाई देखाई सकी, आयुर्वेद र एलोप्याथीका डाक्टरहरुसँग परामर्श पनि लिइसकी, तैपनि बच्चै भएन। देउतासँग सन्तान माग्नु हुँदैन भन्छन् तर ऊ प्रत्येक मन्दिरमा जांदा बच्चाकै कामना गर्छे। भाकल गरेको पनि एक वर्षभैसक्यो, खै उसमा अझै कुनै मर्निङ्ग सिकनेस देखिएको छैन। अब त उसको आफ्नै आशाको सानो टुक्रा समेत पनि सुक्न थालिसक्यो। घरमा र आफन्तहरु उसलाई बाँझी ठानेर उसको पछाडि गाइगुइँ गर्छन्। जब ऊ यस्ता कुराहरु सुन्छे, उसको छाति चिरिन्छ। ती आरोप र पीडा ! उसका बह कसले बुझ्ने ? नातेदारहरु उसलाई कति आफ्नै कोख कुर्ने, कुनै धर्मपुत्र पाले पनि त हुन्छ भनी सम्झाउँछन्।
धर्मपुत्र पाल्ने कुरामा उसका श्रीमानले त कुनै राय दिएका छैनन् तर ऊ आफै यसमा सहमत हुन सकेकी छैन। कुन परिवारका, कस्ताको रगत होलान्, उसमाथि वैध कि अवैध सन्तान, के थाहा ? अर्कालाई पाल्यो पछि गन्लान कि नगन्लान, उसलाई शंकै लाग्छ। उसलाई पीडा हुन्छ भनी उसका श्रीमान प्रत्यक्षत: बच्चाबच्चीको कुरा निकाल्दैनन् तर उनको व्यवहारबाट ऊ बुझ्न सक्छे, उनलाई पनि छोराछोरीको कत्तिको चाहना होला भनी।
ऊसँग बिहे भएका सबै साथीहरु आमा बनिसकेका छन्। कतै भेटघाट हुँदा पनि उनीहरु छोराछोरीकै कुरा र पीर गर्छन्। यस्तो गर्छ, त्यस्तो गर्दैन, यो खान्छ, त्यो खांदैन मानौं उनीहरुसंग त्यो भन्दा कुरा गर्ने दोस्रो अर्को कुनै विषय हुंदैन। लामो समयपछि भेट हुने उसका साथीहरु प्रसङ्ग नै केटाकेटीका कुराबाट उठाउंछन। कति भए त नानीहरु, सोध्छन्। ऊ जिल्ल पर्छे बोल्न सक्दिन। छोराछोरी छैनन् भन्न पनि उसलाई आत्मग्लानी हुन्छ। “तिमीहरुको जस्तो बच्चाबच्चीको टेन्सन छैन मलाई” साथीहरुलाई जवाफ दिए पनि वास्तवमा ऊ आफैलाई ढाढस दिन्छे। बजार जांदा झुण्डयाइएका स-साना लुगाफाटामा उसका आंखा अनायसै जान्छन्। किन्नै नपरे पनि ऊ ती लुगाहरु वर्काइ फकाई कपडामा साना नानीहरुको काल्पनिक र्स्पर्शमा सन्तुष्टि लिन खोज्छे।
मेघ गर्जन्छ। पानी पर्ने छांट देखियो। ऊ सोफाबाट उठेर सडकपट्टकिो झ्याल अघिल्तिर उभिन्छे। हेर्दा हेर्दै मुसलाधार पानी पो वषिर्एछ। सडकमा मानिसहरुको भागदौड शुरु हुन्छ। एकैछिन अघिको भीडभाड र आवाज अब केही मत्थर हुन्छ।
बाक्लो पानी थाम्न नसकेर होला, छाता ओढी आएकी सानी केटी उसको घर अगाडी पेटीमा ओत लाग्छे। ऊ खुब नियालेर हर्ेछेच्चीलाई। अन्दाजी दश बाह्र वर्षी जति देखिने केटीको प|mक भिजिसकेको छ। ऊ भित्र एउटा टीस उठ्छ, उसकी पनि छोरी भैदिएकि भए शायद यत्री नै हुन्थी होली। तर ……तर त्यो बेला छोरीलाई स्वागत गर्ने कुनै वातावरण नै थिएन।
उसको भर्खर भर्खर बिहे भएको थियो। घर परिवार सबै राम्रा र माया गर्ने नै थिए। सासु अलि कडा स्वभावको हुनुहुन्थ्यो। उसको महिनावारी रोकिइसकेको थियो तर घरका अन्य सदस्यहरुले भेउ पाएका थिएनन्। सासुलाई नातिको ठूलो चाह थियो, भन्नुहुन्थ्यो, “बुहारी तिमीले नाति नै पाउनु पर्छ है। यो घरमा त पहिले छोरै जन्मनु पर्छ। त्यसपछि तिमीहरुको इच्छा।” यद्यपि ससुरा केही भन्नु हुन्थेन तर घरमा छोरा/नातिहरुले पाएको मान मर्यादा देख्दा वहांको पनि विचार सासुको भन्दा फरक थिएन भन्ने बुझिन्थ्यो। उसका श्रीमान नै पनि उसको पेटमा कान लगाई ‘छोरो’ को आगमनको हिसाब लाउथे। “मलाई त छोरा चाहिन्छ बुझ्यौ -” भन्दै ऊसंग छोराको माग गर्ने श्रीमानले छोरा दिने कि छोरी भन्नेमा उसको कुनै हात हुंदैन भन्ने पनि बिर्सर्ेे
दर्ुइ महिना भएपछि माइती आएको बेला उसले घरकाहरुको छोराप्रतिको अत्यधिक चाह देखेर डराइ डराइ भ्रुण परिक्षण गरी। उसको पेटमा छोरी रहिछ। ऊ छांगाबाट खसे झै भै। छोराको उत्कण्ठा पालिरहेका उसका सासु र श्रीमानलाई कसरी कुरा बताउने भनेर ऊ निकै चिन्तित भै। घर फर्केर श्रीमानलाई बताउन त बताई तर दुबै त्यो रातभरि सुत्न सकेनन्। कसैलाई नभनी उसले श्रीमानसंग गै गर्भपतन गराएर आई। बान्की बनौट राम्ररी बनि नसकेको सानो डल्लो फाल्दा शुरुमा त उसलाई कुनै महशुश भएन तर पछिको निकै समय उसमा अपराधबोधले गर्दा ऊ अवसादग्रस्त पनि भै। ऊ विरामी भनी घरकाहरुले केही समय त मुख फोरेनन् तर पछिपछि बच्चा पाउन नसकेको विषय प्राय सधैं उठ्न थाल्यो। एबोर्सन गरेपछि त्यस निर्दोष बच्चीको सरापै परे जस्तो उसको कोख फेरि भरिएन। सासुले दिनु भएको बुटी झुण्डयाई, अनेक तीर्थका जल पिई तर त्यसपछि कुनै उपाय लागेन। नातिको मुख हर्ेर्ने असिम चाहना बोकेर नै सासु दुइ वर्षअघि वित्नु भो। पछि आफन्तहरुले पनि भन्न छाडे। श्रीमान चै कहिलेकाहिं, बरु त्यो पहिलेको राख्नु पथ्र्यो हगि – भनी दबेको स्वरमा भन्थे। त्यो बेला उसका श्रीमानले उसको निर्णयको विरोध मात्र गरेका भए पनि आज घरमा एउटी हांस्ने खेल्ने छोरी हुन्थी।
उसले जघन्य अपराध गरेकी छ त्यसैको सजायं स्व्ारुप विहे भएको यत्तिका वर्षभैसक्दा पनि ऊ फेरि आमा बन्न सकेकी छैन। ऊ आफै पनि त एउटी छोरी हो। पारिवारिक दवाबका कारण छोरी भएर छोरीकै अस्तित्वलाई मेट्नु पर्ने बाध्यता उसलाई पर्यो। त्यो बेला ऊ अडीग भैदिए कि भए शायद स्थिति उसले सोचे जत्तिको नराम्रो पनि हुंदैनथ्यो होला। आफ्नो गल्तीको अपराधमा उसले प्रायश्चित त गर्नै पर्ने हो।
भावनाको आंधीमा एकोहोरीएकी ऊ सडकपेटीमा उभिएकी केटीलाई हेरिरहेकी छ। छाता उर्घार्न लाग्दा सन्तुलन ब्रि्रेर केटी पेटीबाट लड्छे। ऊ दौड्दै तल ओर्ली त्यो केटीलाई उठाउंछे। उसको घुंडामा घिस्रिएर घाउ भएको रहेछ। छेउको पसलबाट डेटल र कपास ल्याइर ऊ घाउ सफा गर्न थाल्छे। डेटलले चर्रर्ाा होला केटीको अनुहारमा पीडा देखिन्छ। त्यो देखेर ऊ आफूलाई झन् बढी दुखेको महशुश गछे बच्चीका खुट्टा र लुगामा लागेका हिलोको परवाह नगरी ऊ पुछपाछ पाछे। “साह्ै दुख्यो -” घाउमा मलम लाइदिंदै उसले गरेको प्रश्नमा केटीले टाउको हल्लाएर सकाछे “मेरी बाबा” ऊ त्यस अपरिचित सानी केटीलाई छातीमा च्यापेर आफ्नै छोरी झै सुम्सुम्याउंदै उसको दुखाईलाई आत्मसात गरिरहेकी छ। केहीबेर पछि केटी उसलाई मायालु आंखाले हर्ेर्दै आफनो बाटो लाग्छे।
पानी परेर थामियो। धेरै दिन देखि जमेका फोहर बगेका छन्। ऊ भित्रकी एउटी आमा रोइरहेकी छ , पश्चाताप गरिरहेकी छ तैपनि उसको मातृत्वमा लागेको तुष भने बग्न सकेको छैन।
May 24th, 2008
(स्रोत : माइ संसार डट कम)