कविता : भ्रूँण

~गोपालप्रसाद पौडेल~

कुरा नसुन्ने अरुको, कुरा राख्ने आफ्नो ।
पूरा नहुने विषयमा, खोचे थाप्ने ज्याद्रो ।।
विषै सेवन गरेमा, कहाँ पो जिवन छर ।
विषै वमन गरेमा, कोही कसको रहन्न ।।

सत्य भावना आफुमा, सबै यहाँ आफन्त ।
आफु सत्य नभएमा, कोही हुन्न आफन्त ।।
कुरा सुन्नु अरुको, बुझ्नु मुख्य कर्तव्य ।
राख्नु कुरा सुमान्य , पोख्नु सत्य मन्तव्य ।।

रुचि कसको के मा छ, हुन्न भुल्नु कदापि ।
इच्छा अरुको के पो छ, सुन्नु गुन्नु हे साथि ।।
मेरै कुरामा अर्थ छ, अरु सबै हुन् र्ब्यर्थ ।
यस्तो सोचाई गुणीमा, हुनु पर्छ है र्सतर्क ।।

वाचा नगर्नु त्यत्तिकै, मन अरुको बुभ्नु ।
सबै आफन्त मान्नु है, बुद्धि सबैको सुझ्नु ।।
मै हुँ विव्दान सुयोग्य, भन्ने नगर्नु घमण्ड ।
भ्रूँण प्रथम सुसत्य, किन र्ब्यर्थको उद्धण्ड ।।

गोपालप्रसाद पौडेल
कपन साहित्य समाज
December 9, 2006

(स्रोत : सयपत्री)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.