~रवि प्राञ्जल~
मसँग छैन रातो गुलाब, भीरमा फुलेको फूल छ एउटा ।
सहेर आँधी-हुरी-बतास, पीरमा फुलेको फूल छ एउटा ।
म साँझ कुर्छु र रात कुर्छु, म जून हेर्छु र दाग पढ्छु,
छ दिलमा काँढा गडेको एउटा,शिरमा फुलेको फूल छ एउटा ।
दुस्वप्न भन्थेँ सुस्वप्न रैछ, सुस्वप्न ठान्थेँ दुश्वप्न रैछ,
सकिन झीरमा यो मुटु उन्न,झीरमा फुलेको फूल छ एउटा ।
नमाग प्रिय ! मसँग केही, बाँकी छ यही आँसु अमूल्य,
कहिल्यै नसुक्ने यी अश्रुदहका तीरमा फुलेको फूल छ एउटा ।
-रवि प्राञ्जल
८ असार २०७२,काठमाडौँ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)