कविता : डेथ नोट्स र आशाहरू

~सुवास खनाल~subash-khanal

ए ! क्याप्सनमा ‘डेथ नोट्स’
लेखिएको लुगा लगाउने मान्छे
चिन्यौ तिमीले मृत्युलाई ?

यो कुन बाटो आउँछ र कतातिर जान्छ ?
यसको बास र ठेगाना कुन हो ?
यसलाई किन मन पर्दैन सपनाहरूको घर ?
वा रहरहरूको हिमाल ?

निभाइदिन्छ बलिरहेको चम्किलो तारा
कुनै छद्मभेषी बादललेझैँ

हामीलाई सिर्जनाहरू प्रिय छन्
हामीलाई कल्पनाहरूले मात्र पनि बाँच्न सिकाएका छ
न्तर यो आउँछ हूरीझैँ
मनहरूमा
वा रातहरूभैmँ अँध्यारो पोत्दै
सूर्यकै गालामा ,आँखामा ,ओठमा र जताततै

र फेरि यो मौनजस्तो पनि किन छ ?
र फेरि यो कठोरजस्तो पनि किन छ ?
र पनि आशाहरू हुर्काएर बस्नेछौँ
हामी निर्धक्क मनको खेत र बारीभरि

दियो जीवनको जब बल्छ
तब त सुन्दर रहेछ संसार
हर्कुलस, सायद त्यसै बचाइरहेको छैन प्रमिथस

ए मान्छे तिमीले भनेजस्तो
कहीँ पुग्नु होइन रहेछ जीवन
यो त शुरुवात मात्र रहेछ
हिँडिरहनु ,हिँडिरहनु र हिँडिरहनु
वाह ! जिन्दगी तेरो खातामा पुरानो हिसाबकिताब मेटिएकै छैन
तर नयाँ हावाका लहरहरू थुुुनिसकिएका रहेछन् तेरा दराजभरिभरि

‘डेथ नोट्स’
उफ् ! मलाई यो इस्पातले हिर्काएर
शरीरमा बसेको डामजस्तो लागिरहेछ

‘मेरो एउटै सपना जीवन हो’
म सपनाहरूमा कराएँ भने
वा म निद्रामा नै बोलेँ भने
मलाई नब्यँुझाउनु प्रिय
मेरो त्योभन्दा सुन्दर सपना केही हुने छैन ।

२०६७।०६।०९
छतिवन 0८,पावस
मकवानपुर
( धेरै मानिसहरूले डेथ नोट्स लेखिएको भेस्ट लगाएको देखेर प्रेरित )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.