~जे. एन. दाहाल~
बगर छेउको क्याम्प । बाक्लै टाँसीएका माटाका घरहरु । नजीकको टीमाई खोलाले ल्याएको चिसोसंगै एक दम्पती विछ्यौनामा नजीक भए ।दुवै अँध्यारो कोठाबाट प्वाल परेको छाना माथी पूर्णीमाको आकाशमा जून हेर्दै थिए। यतीकैमा साउती गर्दै रमाले भनीन्, ‘विवाह भएको दुई साल भयो ,अझै सन्तान भएको छैन।’ यसो भन्दै गर्दा उनी गम्भीर भई रुन्चे मुख पारीन्।
‘किन त्यसो भन्छौ रमा ,दुई मात्र वितेको हो। होला नी तिन पुग्दा सम्म।’ श्रीमान चाँहीले सान्त्वना दिए।
‘प्रत्यक भेटमा आफन्त र क्याम्प भरीका साथीहरुले सोध्छन्।म के भनौं उनीहरुलाई… ?’
‘दुवै मेहनेतका साथ लागी परेका छौं,आउँदैछ भनन् लाटी।’ श्रीमानले यसो भन्दै गर्दा उनी फिस्स हाँसीन।यसो भनौं मध्य रात,संगै टाँसीएको छिमेकले सुन्न सक्छन् भनेर ठूलो स्वरले हाँस्न पनि सकीनन्।
त्यो चित्रको प्वालबाट घरी घरी आकाश देखीन्यो। घरी घरी जून देखीन्थे। पूर्व फर्कीएको सिरानीबाट दुवै त्यतै हेर्थे।
‘छोरा छोरी जे होस् तर सन्तान होस्।’रमा फेरी दुखेसो गर्न थालीन्। श्रीमान अली नजीक सरे, रमाको शिरमा हात राखी कपाल मुसार्दै भने, ‘आज सम्म कसैको कुभलो चिताएका छैनौ। सँधै अरुलाई सहयोग गर्छौं, ईश्वरले हेर्लान नी।’ श्रीमान चाँहीले ईश्वरमा आस्था राखे।
‘खै ,आज सम्म किन नहेरेका हुन’ यती भनी सकेर फेरी रमा चुप भईन् र श्रीमनको छातीमा निर्तीप्त भएर सुतीन् । केही बेर दुवै बिच मौनता छाउँछ।
‘मेरै कम्जोडी होला’, श्रीमान निदाउन लागेका थिए ,रमा छट्पटाउँदै फेरी साउती गर्न पुगीन् ।
‘किन आफैंलाई मात्र दोश्छौ ,कम्जोडी मेरो पनि हुन सक्छ! ‘
‘यहाँको हैन..हुन सक्दैन। मेरै हुनु पर्छ।’ कुन्नी किन उनी दोश आफैंमाथी थुपार्न चाहन्थीन्।
‘जस्को होस्, डाक्टरलाई देखाउँ ! समस्याको हल निस्केला नी ।’
‘हुन्छ ‘ दुवै मन्जुर भए।फेरी एक क्षण मैनता छायो।
‘ तर..’
‘तर के रमा ?’
‘त्यती सहजै ,के समस्याको सामाधान होला? ‘
उसले मकाएको चित्राको अली ठूलो प्वालबाट बाहीर देखाउँदै भन्यो,ती जून नै हेर न!
के ,मत्लब .. जून हेर्ने ?
हो
तिनको आफ्नो भन्ने के छ?र पनि सँधै यसरी नै टल्की रहन्छन।
‘यहाँ पनि..’त्यसबेला रमाले केही बुझीन् ।
दुवै कोल्टे फर्कीए।
जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )