कथा : जिज्ञासा र परिणाम

~गौरव विडारी~

विद्यालयबाट छुट्टी भएर प्रज्ञा घर आइसकेकी हुन्छे । खाजा खाएर बैठक कोठामा बसेर गृहकार्य गर्दै छे । छेउको सोफामा उसकी ममी टिभी हेरेर बस्दै छिन् । मामु† बच्चा कसरी जन्मिन्छ ?एक्कासी एघार बर्षे छोरी प्रज्ञाको यस्तो कुरा सुनेर रम्भा आश्चर्यमा परिन् । छोरीको यो प्रश्नको जवाफ उनले दिन सकिनन् । छोरीले फेरी उही प्रश्न गरी । भन्नुस् न मामु बच्चा कसरी जन्मिन्छ ? तँलाई अहिले किन चाहियो ? खुरुखुरु पढेर बस् न । बुझ्ने उमेर भएपछि आफै बुझ्छेस् । तेरो नचाहिएको प्रश्नको जवाफ दिने समय मसँग छैन । गृहकार्य गरेर बस् अहिले । धेरै नकरा भन्दै छोरीलाई हप्काउँदै रम्भा त्यहाँबाट उठेर भान्छाकोठा तिर लागिन् । प्रज्ञालाई आफ्नो मामुको गाली खानुपर्दा त्यति नमज्जा लागेको थिएन, जति आफूले खोजेको प्रश्नको उत्तर नपाउँदा लागेको थियो । केही नबोली चुपचाप बसिरहेकी छे प्रज्ञा । सोच्दै छे अझ पनि, बच्चा कसरी जन्मिन्छ ? किन मामुले मलाई यसको उत्तर नदिएर गाली गर्नुभो ?

प्रज्ञाको साथी जेसिकाले आफ्नो ममीले बच्चा पाएको कुरा आज दिउँसो विद्यालयमा गरेकी थिई । त्यो बेला अचम्म मानेर कसरी पाउनुभो तिम्रो ममीले बच्चा ? मेरो मामुले त बच्चा पाउनुभएकै छैन अहिलेसम्म । के गर्नुपर्छ बच्चा पाउनलाई ? भनेर सोधेकी थिई । मलाई त थाहा छैन भनेर जेसिकाले उत्तर दिएकी थिई । त्यसबेला देखि एकाहोरो प्रज्ञाको मनमा यही कुरा खेलिरहेको थियो र घरमा मामुलाई आएर सोधेकी थिई । मामुबाट उत्तरको साटो गाली खानुपरेपनि उसलाई नरमाइलो लागेको थिएन । उसलाई भित्रभित्रै एकदमै खुल्दुली परिरहेको थियो । बच्चा कसरी जन्मिन्छ होला ? उसले आफूसँग भएको सबै किताबहरू पल्टाएर हेरी कहीँ कतै लेखिएको छ की भनेर होला सायद तर कतै भेट्टाउन नसकेपछि हार मानेर हैन साँच्चै बच्चा कसरी जन्मन्छ ? भनेर आफैसँग प्रश्न गर्छे । अस्ति बाबाले कुखुराले अण्डा पार्छ भन्नुभएको कुरा झल्याँस्स सम्झी । एकछिन विचार गरेर बच्चा कसरी जन्मन्छ ? यो बाबालाई चैँ थाहा छ होला भन्ने कुरा मनमनै सोचेर खेल्न भनेर बाहिर निस्कन्छे ।

बेलुका खाना खाइसकेपछि रमेशसँग प्रज्ञा फेरी उही प्रश्न गर्छे । बाबा बच्चा कसरी जन्मिन्छ ? छोरीको यस्तो प्रश्न सुनेर रमेश एकछिन त जिल्ल पर्छन् । उनी के भनेर छोरीको जिज्ञासालाई शान्त पार्ने होला भनेर सोचमग्न हुन्छन् । एकछिनपछि रमेशलाई कोट्याउँदै भन्नुस् न बाबा बच्चा कसरी जन्मिन्छ ? भनेर प्रज्ञा फेरी प्रश्न दोहो¥याउँछे । झसङ्ग भएर रमेश ए † भन्न पुग्छन् । छोरी भोलिपर्सि तिमी ठूली हुन्छ्यौ अनि सबै कुरा आफैँ थाहा हुन्छ नि । तिमी अहिले सानी छौ । तिमीले यस्तो कुरा बुझ्न सक्दिनौ भनेर रमेश छोरीलाई चुप लगाउने प्रयास गर्छन् । बाबाको यस्तो उत्तर सुनेपछि प्रज्ञा फेरी बोल्छे , बाबा अस्तिन हजुरले तिमी ठूली भइसक्यौ भन्नुभएको हैन ? अनि मैले कसरी बुझ्न सक्दिन त । भन्नुस् न बाबा बच्चा कसरी जन्मिन्छ ? छोरीको यस्तो अवाक् पार्ने प्रश्नले रमेशलाई के गरौँ र कसो गरौँ छट्पटी हुन्छ । उनी छोरीलाई शान्त बनाउन फेरी भन्छन्, छोरी तिमी पढेर ठूली र ज्ञानी बन्नुपर्छ । जब तिमी हामी जत्रै ठूलो मान्छे बन्छौ तब तिमीलाई आफूले खोजेको उत्तर थाहा हुन्छ । तिम्रो काम त अहिले खुरुखुरु पढ्ने मात्रै हो । पढेर ज्ञानी भइसकेपछि त तिमीले कसैलाई पनि सोध्नुपर्दैन यस्तो कुरा । बरु अहिले सुत्न जाऊ । यति भनेर रमेश चुप लाग्छन् र छोरी सुत्न जानको लागि उठोस् भन्ने हेतुले छोरीको अनुहारमा पुलुक्क हेर्छन् ।

प्रज्ञालाई आफूले सोधेको कुराको उत्तर बाबा र मामु दुबैजनाले नदिनुको कारण के होला ? किन उहाँहरुले ठूली भएपछि मात्र थाहा हुन्छ भन्नुभएको होला ? भन्ने कुराले छट्पटी गराउँछ । किन बाबा र मामुले मलाई बच्चा कसरी जन्मिन्छ भन्ने कुरा भन्नुभएन भन्ने सोच्दा सोच्दै त्यहीँ ध्यानमग्न भएर बसिरहन्छे । प्रज्ञा तँ सुत्न जा त । एक्कासि रम्भाको स्वरले प्रज्ञा झस्किन्छे र त्यहाँबाट उठेर सुत्ने कोठातिर जान्छे । खाटमा गएर सुतिसकेपछि मनमनै विचार गर्छे । सायद मेरो बाबा र मामुलाई पनि बच्चा कसरी जन्मिन्छ भन्ने कुरा थाहा छैन होला त्यही भएर उहाँहरुले यसको उत्तर नदिनुभको होला । साँच्चै हो, मेरो बाबामामुलाई यो कुरा थाहा छैन, थाहा भएको भए त जेसिकाको मामुले जस्तै बच्चा पाउनुहुन्थ्यो नि । किन मामुले बच्चा पाउनुभको छैन अहिलेसम्म ? यस्तै कुरा खेलाउँदा खेलाउँदै प्रज्ञा कुनबेला भुसुक्कै निदाउँछे ।

प्रज्ञा एकदमै जिज्ञासु स्वभावकी फुच्ची थिई । उसलाई केही नयाँ र नौलो कुरा देख्यो या सुन्यो भनेपनि त्यसबारे खुब चासो लिएर खोजीनीति गर्ने बानी थियो । जबसम्म आफूले खोजेको र जान्न चाहेको विषयहरुको बारेमा राम्ररी जान्न सकिँदैन तबसम्म त्यसबारे खोजीनीति गरिरहने स्वभाव उसको थियो । उसको यही स्वभावले गर्दा बाबुआमालाई पनि कतिपय अवस्थामा उत्तर दिन गाह्रो पथ्र्याे । बाबा अर्थात् रमेश जो बिहान उठेदेखि नै प्राय आफ्नो अफिसियल कामका लागि व्यस्त रहने । मामु अर्थात् रम्भा जसलाई विहान बेलुका घरको काम दिउँसो अफिस । दुवैजनाले छोरी प्रज्ञालाई धेरै समय दिन सकेका थिएनन् । त्यही भएर छोरी प्रज्ञाको पढाई राम्रो होस् भन्ने उद्देश्यले उनीहरुले छोरीको लागि घरमै बिहान बिहान आएर पढाइदिने एउटा शिक्षकको व्यवस्था गरिदिएका थिए ।

नानु † के छ ? के गर्दै छौ ? पढ्दै छौ ? एकाबिहानै सरको आवाज सुनेर झसङ्ग हुन्छे प्रज्ञा र भन्छे अँ पढिराको छु सर । ल भन नानु । गृहकार्य सकियो ? सरको प्रश्नको जवाफ ऊ टाउको हल्लाएर दिन्छे । उसलाई हिजैको कुराले अझसम्म सताइरहेको थियो । एकछिन सम्म टोलाएर बसेको देखेपछि सरलाई अचम्म लाग्छ र नानुलाई के भयो ? भनी प्रश्न गर्छन् । सन्चो छैन र ? भन्ने प्रश्न पनि गर्छन् । एकछिनसम्मको मौनतालाई भङ्ग गर्दै एक्कासि प्रज्ञा प्रश्न गर्छे । सर बच्चा कसरी जन्मिन्छ ? सरलाई त्यति सानी फुच्चीको कुरा सुनेर भित्रभित्रै हाँसो उठ्छ तैपनि बाहिरी रुपमा सिरियस भएर सोेचे जस्तो गर्छन् । यत्तिकैमा फेरी बोली फोर्छे प्रज्ञा । यसको उत्तर मेरो मामु र बाबालाई समेत आएन हजुरलाई पनि आउँदैन हो ? सरलाई एकदमै अफ्ठ्यारो महशुस भयो यो कुराले । यसको उत्तर आउँछ भनौँ भने कसरी बुझाउने यत्री फुच्चीलाई आउँदैन भनौँ त खिज्याउली भन्ने डर । सर यस्तै सोचेर बस्दै गर्दा एकछिनपछि जवाफ दिन्छन् । नानु यसको उत्तर म आज हैन भोलि दिन्छु है ? एकछिन पछि कुन्नि के सोचेर हो हुन्छ भनेर स्वीकृतिको टाउको हल्लाई ।

प्रज्ञालाई बच्चा कसरी जन्मिन्छ ? भन्ने कुरा नजानी भएको थिएन । ऊ बारम्बार यो कुरा पत्ता लगाउने प्रयास गर्थी तर असफल हुन्थी । उसलाई कहिले भोलि बिहान होला जस्तो भइरहेको थियो । सरको भोलि भन्ने शब्दकै व्यग्र प्रतीक्षामा प्रज्ञाले आजको दिन बिताई । बिद्यालयमा पनि ऊ हिजो अस्तिको तुलनामा आज अलिक बढी नै शान्त र गम्भीर थिई ।

आज शनिबार । छुट्टीको दिन । रमेश र रम्भा दुबैजनालाई विदा । बिहान सबेरै उठेर नुहाइधुवाई गरेर मन्दिर जाने तयारी गर्दै छन् । हैन सात बज्न आँटिसक्यो । मन्दिर जान ढिलो भइसक्यो । कहाँ जानुभो सर आज ? हिजो अस्ति त यतिबेला आइसक्नु हुन्थ्यो झन् सर आएपछि मन्दिर जाऔँला भनेको भन्दै एक्लै भुतभुताइ रहेकी छिन् रम्भा । यत्तिकैमा हस्याङफस्याङ गर्दै सर घरभित्र पस्छन् । आज त अलिक ढिलो आउनुभो नि सर ? सरतिर फर्केर बोल्छिन् रम्भा । अँ अलिक ढिलो नै भयो भनेर सर चुप लाग्छन् । हामी नआउञ्जेल बस्दै गर्नुस् है सर भनेर रम्भा र रमेश दुवैजना निस्कन्छन् । सर पनि प्रज्ञालाई पढाउने गरेको कोठातिर लम्कन्छन् । सर आएको देखेर प्रज्ञा दङ्ग पर्छे किनकी ऊ हिजोदेखि नै भोलिको प्रतीक्षामा थिई । जुन उसले कुरेको भोलि थियो त्यो आज नै थियो । उसलाई अरु केही सोध्ने मन छैन त्यसैले उसले हिजैको प्रश्न सर बच्चा कसरी जन्मिन्छ ? भन्ने प्रश्न गरी । सर चुपचाप बसिरहन्छन् । कसरी यसको जवाफ दिउँ भन्ने सोचि नै रहन्छन् । यत्तिकैमा सरको मौनतालाई भङ्ग गर्दै ऊ फेरी बोल्छे । सर भन्नुस् न । हिजो हजुरले भोलि भन्छु भनेको हैन ? सर सोफाबाटै भुईँमा बसेकी प्रज्ञालाई आफूतिर बोलाउँछन् र भन्छन् । के तिमी बच्चा कसरी जन्मन्छ जान्न चाहन्छौ ? प्रत्युत्तरमा एकदमै खुशी भएर अँ भन्छे । उसोभए तिमीलाई म सिकाइदिन्छु है तर अरु कसैलाई पनि भन्नुहुँदैन ल । तिम्रो बाबा र मामुले पनि तिमीलाई त्यही भएर नभनेको हो नि । किन बाबा र मामुले भन्नुभएन भनेको त कसैलाई पनि भन्न नहुने रैछ , त्यही भएर हो सर ? खुशीको भावमा प्रज्ञा बोल्छे । हो नि । सरले छोटो उत्तर दिन्छन् । अब भन्नुस् न सर । उत्साहित भएर प्रज्ञा बोल्छे । ल यता आऊ सरले प्रज्ञाको हात समातेर आफूतिर तान्छन् र आफ्नो काखमा राख्छन् । प्रज्ञालाई अचम्म लाग्छ र सोध्छे, छिटो भन्नुस् न सर । किन मलाई काखमा बोक्नुभको ? काखमै बोकेर भन्नुपर्छ नानु यस्तो कुरा त । पख न भन्छु भनेर सर चुप लाग्छन् । आफूले खोजेको उत्तर पाउने आशमा प्रज्ञा चुप लाग्छे । म जे भन्छु ,जे गर्छु तिमी चुप लागेर सुन र हेर मात्र है । तिमी बोल्यौ भने त म भन्दिनँ नि हुन्छ कि हुन्न ? सरको कुरा सुनेर प्रज्ञाले हस् भनेर टाउको हल्लाई । अब तिम्रो यो सुरुवाल र कट्टु खोल त । सरको यस्तो कुरा सुनेर, नाइँ कुरी देखिन्छ भनेर प्रज्ञाले अफ्ठ्यारो मानी । तिम्रो यो नखोली त बच्चा कसरी जन्मिन्छ भन्ने कुरा तिमीले थाहा पाउनै सक्दिनौ नि । उसलाई जसरी नि जान्ने इच्छा पलाएको हुँदा तुरुन्तै आफूले लगाएको सुरुवाल र कट्टु खोलिदिई । सरले उसलाई उचालेर आफ्नो काखमा राख्छन् र उसलाई सुम्सुम्याउन थाल्छन् । अन्तत ः एउटी अबोध बालिकाको कुमारीत्व लुटिन्छ । केही समयपछि बुझ्यौ त नानु यसरी यसो गरियो भने बच्चा जन्मिन्छ एकान्तपनलाई तोड्दै सर बोल्छन् । टाउको हल्लाएर अँ भन्ने कुराको भाव प्रकट गर्छे प्रज्ञा । आफ्नो फुकालिएको लुगा लगाएर बिस्तार बिस्तार प्रज्ञा खुट्टा खोच्याउँदै पल्लो कोठातिर जान्छे । सर पनि आफ्नो बाटो लाग्छन् ।

रमेश र रम्भा घरभित्र पस्छन् । छोरी के गर्दै छौ ? सर खै त ? बाबाको स्वरले ऊ झस्कन्छे । दुबैजना छोरीको कोठामा पसिसकेका हुन्छन् । बाबा र मामुलाई देख्ने बित्तिकै सर त जानुभो भन्छे । एकैछिनमा, बाबा बच्चा कसरी जन्मिन्छ भन्ने कुरा थाहा भो नि मलाई । यति भनेर चुप लाग्छे प्रज्ञा । रमेश र रम्भा दुबैजना ट्वाँ पर्छन् र मुखामुख गर्न थाल्छन् । कसरी थाहा भो ? कसले भन्यो ? बाबाको प्रश्न थियो यो । कसैलाई भन्नु हुँदैन रे यस्तो कुरा त । यति भनेर चुप बस्छे प्रज्ञा । रमेश र रम्भा छोरीको यस्तो कुरा सुनेर सशङ्कित हुन्छन् । छोरीको नजिकै गएर रम्भाले आफ्नो स्वरलाई अठ्याउँदै कसले भन्यो छोरी भनेर प्रश्न गर्छिन् । सरले भन्नुभाको । सरले त याँ यी घाउ पनि बनाइदिनु भाको छ भनेर हातको इसाराले आफ्नो पेट मुन्तिरको भागतिर देखाइदिन्छे । एक्कासि रमेश र रम्भाको छोरीको यस्तो कुरा सुनेर टाउको फुट्ला जस्तो भएर आउँछ । रम्भाले छोरीको सुरुवाल र कट्टु सकी नसकी खोलिदिन्छिन् । भनन्न्न्न भएर आउँछ । पेट मुन्तिरको भाग रगतै रगतको टाटोले लत्पतिएको छ ।ठाउँ ठाउँमा आलो रगतले सुकेको रगतको टाटोलाई गिज्याइरहेको झैँ देखिन्छ । रगत बगेर सुकिसकेको टाटो तिघ्राभरि देखिएको छ । एउटा बिभत्स दृश्य देखिन्छ त्यहाँ । बाबु र मामुको रुन्चे अनुहारतिर फर्केर प्रज्ञा बोल्छे ,यसरी यसो गरियो भने बच्चा जन्मिन्छ हो ? रमेश र रम्भा केही बोल्न नसकेर छोरीको अघि उभिरहन्छन् ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.