पुस्तक समीक्षा : काव्यमा खगोल-यात्रा

~प्रभा भट्टराई~prabha-bhattarai

कवि भुवनहरि सिग्देलको टतारा नखस्नु तिमी भिन्नखालको, रोमाञ्चक, नवीन खगोल यात्राकाव्य हो । यसले सिग्देललाई महाकाव्य, खण्डकाव्य, नव्यकाव्य र कवितासङ्ग्रहसमेत एक दर्जन काव्य कृतिका स्रष्टा बनाइदिएको छ । यसबाहेक एक कथासङ्ग्रह र एक उपन्यासको समेत रचना र प्रंकाशन सिग्देलबाट भइसकेको तथ्य यसै कृतिको पछिल्लो पृष्ठमा दिइएको सूचनाबाट थाहा हुन्छ । प्रस्तुत काव्य प्रकाशको गतिका निम्ति आइन्स्टाइनले प्रतिपाद न गरेको सूत्रबद्द मा आधारित रहेको छ । आइन्स्टाइनको उक्त सूत्र अनुसार पृथ्वीबासी र खगोलबासीको आयुमा समेत समयका कारण अन्तर हुने कुराका रोचक ढङ्गबाट उदाहरणसहित वैज्ञानिक पुष्टि गर्दै कविले यस काव्यमा एउटा उद्देश्यका लागि पृथ्वीको प्रलयपछि एउटा जोडी प्रकाशवर्षमा यात्रा गर्दै हिँडेको सन्दर्भ दिएका छन् । स्वरकल्पना र बैज्ञानिक तथ्यका बीचमा रहेको यो काव्यले विज्ञानवादी र ब्रहृमवादीका बीचको बाटो समान खोजेको छ र ब्रहृमवादीले मिथ्या प्रलाप र कल्पना मात्र ठानेका कुरालाई विज्ञानवादीले यथार्थमा उतारेका उदाहरणको चर्चा गर्दै कुनै न कुनै दिन प्रकाशवर्षको यात्रा सहज र यथार्थपरक हुनसक्ने तर्फसमेत कविले सङ्केत गरेका छन् ।

कवितालेखनमा विशेष चर्चिएत कवि भुवनहरि सिग्देलको यो काव्यवले उनलाई विशिष्ट विषयवस्तुको प्रतिपादन गर्ने र काव्यलेखनको नयाँ पाटो तयार पार्ने कविकारुपमा स्थापित गरिदिएको छ । कोठे कविगोष्ठी (कोक गोष्ठी) का सक्रिय सदस्य भुवनहरि सिग्देलको यस काव्यमा कोकगोष्ठीकै अर्का सक्रिय सदस्य कोषराज न्यौपानेले काव्यका बारेमा गरेको कवितात्मक टिप्पणीलाई कविले काव्यका अन्त्यमा परिशिष्टमा राखिदिएका छन् भने कविका गुरु सूर्यबहादुर नकर्मीको भूमिका पनि काव्यमा रहेको देखिन्छ । सामान्यतः सामाजिक र ऐतिहासिक विषयलाई काव्यको विषय बनाउने कवि सिग्देलले यसपटक प्रा.देवेन्द्र मिश्रको समेत सहयोग लिँदै पृथ्वी बाहिरको लोकका बारेा काव्य लेखन गरेका छन् ।

जम्मा दशवटा शीर्षकमा संयोजित प्रस्तुत काव्य वर्णमात्रिक छन्दमा तयार पारिएको छ । वर्णमात्रिकका पञ्चचामर,। शार्दुलविक्रीडित, शालिनी, शिखरिणी, वजसन्ततिलका, मन्दाक्रान्ता, उपजाति, मालिनीजस्ता छन्दहरूको सुन्दर र सुललित प्रयोग काव्यमा गरिएको छ ।

लाम्चो, डोलो यान आकासिँदै गो
मेरो लिप्सा लोकमा भासिँदै गो
मानौँ मेरो जीउ छोडेर आत्मा
बाटो लाग्यो खोज्न आफ्नै परात्मा ।

यौटा सुत्ने खाट सानो सँगै छ
सानो कुर्सी बस्न आराम नै छ
खाने इच्छा छैन लागेन भोक
हेर्दा यस्तो सृष्टिको दिव्यलोक ।

यसरी एउटा यान्त्रिकलोकको परिकल्पना गरेर त्यसमा आफ्ना पात्रहरूलाई घुम्न पठाउनु र यस्तो भ्रमणमा वैज्ञानिक सम्भावना र उपादेयताको समेत खोजी गर्नुलाई नेपाली काव्ययात्राका क्रममा नौलो र रोमाञ्चक मान्न सकिन्छ । यस्तो विषयम समेत अत्यन्त सरल, सरस र प्रवाहमय भाषा एवं शास्त्रीय शैलीको प्रयोग सहजतापूर्वक गर्नसक्नु कविको कौशलको उदाहरण हो । समष्टिमा हेर्दा यो काव्य कवि भुवनहरि सिग्देलको काव्यहरूमध्ये मात्रै नभएर नेपाली काव्यहमै नौलोखालको काव्य भित्रिएको छ ।

पुस्तकको नाम : तारा नखस्नू तिमी (खगोल यात्राकाव्य)
काव्यकार ः भुवनहरि सिग्देल
प्रकाशक ः सिर्जना गुठी, काठमाडौँ
पृष्ठसङ्ख्या ः ७३+१०
मूल्य ः रु.६५।-

(स्रोत : मधुपर्क २०६८ चैत्र)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.