~रुमानी राई~
तिमी नबाेल्दा त यति माेहित छु म
बाेल्याै भने सायद पागल हुन्छु म ।
मनपरेकाे मान्छेकाे हेराई निकाे
अाेंठकाे मुस्कान अनि हिंडाई मिठाे
बिना सृंगार त यति अासक्त छु म
सज्याै भने सायद पागल हुन्छु म ।।
शून्य शून्य छ यात्रा हाम्राे जिन्दगीकाे
कुनै ठेगान छैन पुग्ने गन्तव्यकाे
हात नथाम्दा त यति नजिक छु म
थाम्याै भने सायद पागल हुन्छु म ।।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)