~पुष्पलता आचार्य~
त्यो मध्यरातमा मैले उनलाई बेस्सरी रुवाएँ। के मैले ठीक गरें र? यतिका वर्षसम्म मैले आफ्नो मनको कुरा मनमै कुवाएर राखेथें भने अझैपनि मैले राख्न सक्नुपर्थ्यो। तर किन सकिनँ? व्यर्थै भने झैं लाग्यो, उनलाई कुरा।
हुन त उनलाई ती कुरा थाहा नभएको भने पक्कै पनि होइन। उनले थाहा नपाएझैं गर्नु उनको शालीनता मात्र थियो होला। किनकी मलाई पनि विश्वास छ उनी पनि मलाई मन पराउँछिन भन्ने कुरा।
यो कस्तो परिचय हो हाम्रो? नजिकै भएर पनि टाढा धेरै टाढा………। एकप्रकार परिचय नै नभएजस्तो। फेरि कताकता आफ्नै निकटको सम्बन्धजस्तो।
अमेरिकाको व्यस्त शहरमा म पसेको आज ठ्याक्कै दश महिना पुगेछ। यस बीचमा मैले उनलाई दुई पटक फोन गरें। आजभन्दा पहिला करिब दुई महिना अगाडि पनि यसैगरि फोन गरेथें। तर त्यतिबेला नेपालको रातीको बाह्र बजिसकेको थियो। त्यतिबेला पनि मैले एकघ48टाको कार्ड राखेर फोन थिचेको थिएँ। राती बाह्र बजेदेखि एक बजेसम्म सामान्यरुपमा कुराकानी भए। उनको लागि सामान्य लागेपनि म भने भावविभोर मुद्रामा उनको अनुहार झल्झली आँखामा टाँसेर कुरा गरिरहेको थिएँ। उनलाई के थाहा? म उनीलाई कति चाहन्छु र कति माया गर्छु भन्ने कुरा।
यो कुरालाई मुटुभित्रै दबाएर कैयन वर्ष विते नेपालमा। अहिले त म झनै टाढा सात समुन्द्र पारी छु कसरी खोलुँ मनका कुरा उनका सामु? नेपालमा रहँदा पटकपटक भेट्दा त भन्न्ा नसकेको कुरा, अब यतिबेला अमेरिका आएर यो परिस्थितिमा कसरी भनुँ जस्तो पनि लाग्यो। तर पछिल्लो समयमा म त्यो कुरालाई गुम्स्याएर आफुलाई कति पिल्स्याउने भन्ने अवस्थामा पुगिसकेको थिएँ। फोनबाट भन्दा आँखिर के नै हुन्छ र? भन्ने जस्तो पनि लाग्यो। यस्तै यस्तै सोचेर मनलाई बलियो गरी बाँध्दै त्यतिबेलाको फोनबार्ता एकघ48टा त्यत्तिमैं बिताएँ।
दुई महिनापछि अस्ति पनि फोन गरें तर उनी काठमाडौ बाहिर गएकी रहिछन। उनकी छोरीसंग मात्र कुरा हुन सक्यो। मलाई नरमाइलो महसुस हुनु स्वभाविकै थियो। चार दिनपछि हिजोराती दश बजे फोन गरें। उनैले उठाइन। हुनसम्मको खुसी लाग्यो। बीचबीचमा लाइन्ा काटिएपनि एकघ48टाको काडै राखेकाले पटकपटक प्रयास गर्दा फोन लाग्यो र कुरा गरिरह्यौ।
हिजो बेलुका भने मैले आफुलाई सम्हाल्न सकिन। बीसवर्ष पहिलादेखिको मनको डाह, छटपटी, पीडा, बेदना र माया सबै एकैचोटि खोलाको बाढीसरी दन्दनाएर खोलिदिएँ।
यतिका वर्षपछि मनभित्र लुकेको माया त्यसरी एकैचोटि पोखिंिदंदा उनलाई पनि कस्तो कस्तो लाग्यो होला। बोल्दाबोल्दै रोकिन पुगिन्। उनको गला अबरुद्ध भएझैं लाग्यो। म पनि भावविभोर भएँ।
मैले यहिं अमेरिकाबाट उनका आँखामा आँसु टिलपिलाएको देखें र देखें बेडमा उत्तानो परेर एउटा हातले रिसिभर कानमा राख्दै अर्को हातले गालामा बगेका अश्रुधारा पुछ्दै गरेको। निकैबेरसम्मको सन्नाटालाई मेट्दै मैले भनें, ―रीताजी! कमसेकम मलाई तपाईको स्वर सुन्न त दिनुस् प्लिज, तपाई रुनु भयो भने मलाई पनि सम्हालिन मुस्किल हुन्छ। तपाई रुनाले मेरा आँखा पनि आँसुले भरिएका छन। त्यसपछि केहिबेरसम्म मेरो मुखबाट पनि बोली निस्कन कठिन भयो। तैपनि आफुलाई जसोतसो सम्हालें अनि भनें, “रोएर के नै हुन्छ र अब? हाम्रो जीवन अर्को गोलाईको संसार भईसकेको छ। यतिबेला हामीले सोचेर मात्रै केहि पाउनेवाला छैनौं। प्रेम त प्राप्तिका लागि मात्रै अवश्य होइन। तर पनि पापी मन मान्दोरहेनछ। के गर्नु जीन्दगी यस्तै हुँदो रहेछ। देखेको नपाइनेे लेखेरै ल्याउनुपर्ने। होइन भन्नुस् त?”
मैले उनलाई बोल्नमा बाध्य बनाउन खोजें तर यसपटक पनि उनको मुखबाट बोली निस्केन। बाध्य भएर मैले नै शिलशिला जोड्नुपर्यो।
“रीताजी! रुपैंयाको लागि मान्छे सबथोक त्यागेर भाग्नु पर्दोरहेछ। यदि त्यस्तो नहुँदो हो त आज म नेपालमै बसेर टाढाबाटै किन नहोस् तपाइको छायाँ हेरेर मात्रै भएपनि चित्त बुझाउने थिएँ होला। तर आज यस पापी रुपियाँको लागि म यो सात समुन्द्रपारी यसरी तड्पिएर संघर्ष गरिरहेको छु। मलाई मातृभुमिको धेरै सम्झना आउँछ। मायाँ लागिरहन्छ आफ्नो जन्मभूमि र जन्मदात्रिको। बृद्धाबस्थाका मेरा मातापिता, स―साना मेरा छोराछोरी र तपाईको सम्झनाले मलाई आकुल व्याकुल पारिरहन्छ। रिताजी! मेरो यो छट्पटी यो अव्यक्त क्रन्दन कसले बुझदिन्छ ? एक्लै भएँ की एक्लै छट्पटिन्छु सँधै।
आज बुधवार हो। आज मेरो छुट्टीको दिन हो। यतिबेला यहाँ दिनको एक बजिरहेको छ र मेरी श्रीमती यतिबेला ग्रोसरी गएकी छिन, किचेन सपिङको लागि। आज उनको पनि छुट्टी छ। पहिलोपटक पनि मैले यस्तै मौका पारेर फोन गरेको थिएँ।
रिताजी! एकपटक तपाई जसरी भएपनि अमेरिकातिर घुम्न आउनुस् न प्लिज! हुन त तपाई थुप्रै देश घुमिसक्नुभएको छ। अब त म यता छु कमसेकम यतातिर पनि आईदिनुभए हाम्रो भेट हुनेथियो। बोल्दाबोल्दै मेरो जिब्रो चिप्लिन्छ र भन्न थाल्छु ―“रिताजी! म तपाईलाई जति मायाँ कसैलाई पनि गरिन होला। मैले आफ्नो बिहे हुनुभन्दा धेरै पहिलादेखि नै तपाईलाई चाहेको थिएँ तर किनकिन आफ्नो मनभित्र पलाएको त्यो अपार माया र अतृप्त चाहलाई भने कहिल्यै प्रस्तुत गर्न सकिन। छटपटीमा बाँचेका ती दिनहरु अहिले पनि झलझली सम्भि्करहेको छु, तर सम्झेर के गर्नु! त्यो भुल अब सच्याउनै नसक्ने गरी विगत भइसकेको छ। समय विगत भएपनि मन सँधै उस्तै। समझना र तरङ्गहरु उस्तै।
नजिक हुँदा बात मार्न नपाएपनि भेट त बेला―बेला भइरहन्थ्यो। अहिले त कति गाह्रो कष्टमय जीवन भोग्नु परेको छ। त्यति धेरै माया लाग्ने मान्छे त्यति टाढा हुँदा कल्पनु र छट्पटिनु शिवाय अरु के नै विकल्प छ र? छातीभरी मायाँ साँचेर बस्नुपर्दा सम्झने गर्छु―“म लाछी हुँ। म पाजी हुँ। त्यति धेरै माया गरेर पनि व्यक्त गर्न नसक्ने म एउटा नालायक बुद्धु हुँ। नाम मात्रको प्रेमी हुँ।” अहिले पनि पछुतो लाग्छ, मनका कुरा त्यतिबेला किन भन्न सकिन? जतिबेला हामी ठाउँ ठाउँमा पटक पटक भेट भईरहेका हुन्थ्यौं।
सायद तपाईलाई याद छैन होला पहिलोपटक हाम्रो भेट भएको क्षण। सम्झनुस् त, तिनकुनेबाट बस चढेर रत्नपार्क जाँदा हाम्रो भेट भएको थियो। तपाई सिटमा हुनुहुन्थ्यो। त्यहि नजिक म उभिएको थिएँ। पहिलो नजर तपाईमा पर्दा मेरो होस हवास नै उड्लाजस्तो भएको थियो। यति राम्री लाग्यो की म अहिले फोनबाट वताउनै सक्दिन।
त्यो दिन हामी एउटै बसमा रत्नपार्कतर्फ जाँदै थिर्यौं। बसबाट झरेर हामी आ―आफ्नो गन्तव्यतर्फ मोडिएपनि हाम्रा नजर भने छुट्टिन नमानिरहेझैं लाग्थ्यो। मनभरी तपाइकै कान्तिमय मुहारको झझल्को राखेर हिंडेको थिएँ। त्यसपछि हाम्रो भेट नयाँवानेश्वरको राष्ट्रिय वाणिज्य बैैंकमा भएको थियो। म चेक साट्न लाईनमा उभिरहेको थिएँ तपाई भित्रबाट मतिर हेर्दै मुसुक्क हाँस्दै निक्लनुभयो। तपाईलाई देखेर त्यति बेला पनि म विजुली चम्किएको गतिमा झै. भएको थिएँ।
चेकको काम सकेर हतार हतार बाहिर निस्कदा तपाईलाई कतै देखिन। भेटिन्छ कि? भनेर परसम्म लम्किएँ तर निराश भएँ। उदास मन लिएर आफ्नो कामतिर लागें ।
त्यसपछि कहिले वानेश्वरको चोकमा सडकको वारीपारी झुलुक्क देख्थे ं। कहिले तरकारी बजारमा हाम्रा आँखा चार हुन्थे। हामी अँाखाको भाषाले बोल्थ्यौं तर मनको कुरा खोल्ने संयोग कहिल्यै जुरेन।
धन दौलत कमाउनकै लागि सबैकुरा छोडेर यहाँ आइयो। दिनको बाह्र पन्ध्र घ48टा पसिना बगाउन बाध्य छु। बिरामी भएँ भन्न पनि पाइदैन। सुख, आराम र चयन भन्न्ो कुरा त सपनाजस्तो भइसक्यो। कहिलेकाहि त यो परिश्रम, यो दुख, यो होमसिक सहेर यहाँ गोरुझैं जोतिएर पैसा कमाउनुभन्दा त बरु आफ्नै देशमा दुख गरी ढिंडो, रोटीलेनै पेट भरे पनि मनमा शान्ति हुने थियो जस्तो लाग्छ। उडेर आउँ की, गुडेर आउँ झैं हुन्छ यो अस्थिर मन। न कतै, कसैसंग बोल्न, धीत मारुन्जेल बात मार्न पाईन्छ। न सुविस्ताले खान, बस्न नै। खाली मेसिनझैं घोटिएर कति दिन बस्नु खै? के पैसा मात्रै सबैथोक हो र? भनेझैं लाग्छ कहिले। तर के गर्नु नेपालको हालत त्यस्तो छ। आफ्नै देश भनेर मरिमेट्ने मात्र हो। न त्यहाँ सुबिधा, न सुरक्षा नै? वर्षौ वर्ष हाड घोटेर काम गर्यो हात लाग्यो शून्य। अहिलेको जमाना अनुसार प्रतिस्पर्ध्ाी बनाउनका लागि पनि बालबच्चा पढाउनै पर्यो, बुढा बा आमाको कर्तव्य पूरा गर्नै पर्यो। तर कमाई भने सँधै जीरो। सँधैको बन्द, हड्ताल र चक्काजामले काम गरिखान समेत मुस्किल छ। दिक्दार भएर डीभी भरेको थिएँ, परिहालेछ। जिन्दगीमा केहि पाउनका लागि धेरैथोक गुमाएर बिरानो मुलुकमा भासिन पुगें।
रिताजी! यो जुनीमा त हामी एक अर्काका हुन सकेनौं तर अर्को जुनीमा हामी एक हुन सकौं भनेर प्रार्थना गर्दै बसेको छु।
काठमाडौं, नेपाल ।
-2008-06-21
(स्रोत : नवीन सन्देश)