कविता : आफ्नै मृत्युमा हाँस्छ कलम

~काप्पोबा चुम~Kaappabo Chum

कतै सुनामी आउन खोजे झैँ
कतै बिनासकारी भुकम्प आउन खोजे झैँ
तिमी भयभित छौ
तिम्रो ज्यान खतरामा छ
तिम्रो अस्तित्व खतरामा छ
जो यो धर्तीले सहिरहेको छैन ।
तिमी भयवित छौ
तिमी आफैसँग तर्सिरहेको छौ
तिमीलै आफ्नै समाज यमराज लाग्दैछ
र त तिमी बन्दुक बोकेर हिड्छौ
तिमी तरबार देखाएर हिड्छौ
यमराजको नक्कल गरेर
तर फेरि तिमी एउटा कलमसँग डराइरहेको छौ ।

थाहा तिमीलाई कलम यमराज पनि हो ।
तिमीले बोकेको बन्दुकमा
रिस, राग अहमताले भरिएको छ
त्यसैले तिम्रो बन्दुकले मानवता बुझ्दैन
समाज परिभाषा बुझ्दैन बुझ्दैन
तर मैले बोकेको सानो कलमले
एउटा असल समाजको परिकल्पना
मानवताले भरिएको मानव सभ्यता बोकेको छ
र त गरिबहरुको पसिनाका थोपाहरु
सहिदहरुको रगतको थोपाहरु तप्किने गर्छ
कलमको निबबाट, अनि गुन्जने गर्छ
तिम्रो यमराज बनेर बलत्कारमा परेकी
चेलिहरुको चित्कारहरु
अन्याय र अत्याचारले पिलिएका आवाजहरु ।

हो, हजारौँ गुणा शक्तिशाली छ
तिम्रो बन्दुकभन्दा मेरो सानो कलम
यो तिमीलाई थाहा छ
फेरि तिमी बन्दुक नै किन बोक्छौ ?
तिम्रो बन्दुकको साथमा तिम्रो यमराज छ,
मेरो कलमको साथमा
यो सारा समाज छ
यो सिङ्गो धर्ती छ,
आखिर फेरि किन बन्दुक बोकिरहेको छौ ?
आखिर किन यमराज बोकिरहेको छौ ?
आज तिमी कलमलाई फाँसी दिइरहेको छौ
कलमको मृत्यु रोजिरहेको छौ
तर कलम मुस्कुराइ रहेको छ
यो समाज रमाइरहेको छ त
किन कि मृत्यु त बन्दुकको भैरहेको छ ।
र त आफ्नै मृत्युमा हास्छ कलम ।

हालः मलेसिया

(स्रोत : Nayasamachar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.