~रुमन न्यौपाने ‘अमन्त’~
एक बटुक,
पानीले मुख चोक्खाएर
बिटुलो रात पखाल्दै छु,
एक लोटा,
सपना बोकी
खडेरी शहरमा पोखाउदैछु,
भोको पेट,
नाङ्गो जिउ,
अभयको अभियोगले
अघाएका सन्तानहरु
अगल-बगल
आकांक्षा बोक्छन्
छिद्रा परेको छाना माथि,
अकार्थ,
जुन टलपलाउँछन् ।
सान्नानी त बेखबर छे !
अकेलो अर्को दिन टहल्नु छ
आज शहर ओछ्याई सुत्छु
आल्हादले औशी कट्दैन
भलिभाँती रहर बोकी
आलिनो रात निँदाउँछु
भोको मानसपटलमा
आफ्नै अटोग्राफ पोतिएको छ
गरिब म हो कि तिमि ?
सोच्छौ,
अँञ्जुली भरेर किन दिदैनौं
अर्को कारिगर,
बिहान नहुदै उठ्छ
भन्छ- बाबा ! भोक लग्यो
कर्तब्यको हात संगै
अघि लाग्छ भोकको अटोग्राफ!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)