~राजव~
कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको दुई वर्ष तीन महिनापछि चिनेको थिएँ। त्यसपछि मात्र ऊ कुनै बेला काशीनाथ जोशी थियो भन्ने कुरा थाहा पाएको हुँ।
वास्तवमा मैले कार्लो रोसीलाई मध्यरातसम्म चलेको एउटा रात्रिकालीन पार्टीमा चिनेको हुँ। मैले त्यहाँ भेट्दा ऊ पनि मैँ वाइनको नसामा ुण्डिन थालिसकेको थियो। र, मसँगैको अर्को पियक्कडले उसलाई देखाउँदै मलाई भनेको थियोः
“तपाईं उहाँलाई चिन्नुहुन्न कि क्या हो… .?”
“अहँ…”, मैले भनेको थिएँ र पियक्कडले “यो त भएन नि…” भन्दै भनेको थियोः
“तपाईंले चिन्नु नै पर्ने हो उहाँलाई… उहाँ कार्लो रोसी… .!”
कालो’कालो, पुड्को’पुड्को, काठमाडौँको काँठतिर बस्ने, दूधमा पानी हालेर बेच्न शहर पस्ने भैँसी व्यवसायी परिवारको नेपाली र यहाँ अमेरिकामा कुनै इण्डियन रेष्टुरेन्टको कामदारजस्तो उसलाई कार्लो रोसी भनेर त्यो पियक्कडले चिनाउँदा मलाई विश्वास लागेको थिएन। त्यसैले कहीँ मेरो कानले काले सोतीको साटो कार्लो रोसी त सुनेको हैन भन्ने लागेर फेरि त्यो पियक्कडसँग सोध्न के खोज्दैथिएँ, कार्लो रोसीले नै मसँग हात मिलाउन दाहिने हात तेर्स्याउँदै आˆनो परिचय दिएको थियोः
“म कार्लो रोसी… .!”
त्यसकारण मैले पनि कार्लो रोसीसँग हात मिलाउँदै भनेको थिएँः
“म इन्द्रजङ्ग… .!”
तर उसले बुेनछ। यो स्वाभाविक पनि थियो। किनभने वाइनको रापले उसको बुझ्ने क्षमता ह्रास हुँदैथियो। त्यसकारण कानभित्र औँलो कोचेर रगड्दै र लठ्ठिएको जीउ हल्लाउँदै उसले फेरि सोधेको थियो। र, मैले फेरि भनेको थिएँः
“म इन्द्रजङ्ग…!”
अमेरिका पसेपछि बर्थ’डे पार्टी मनाउन जान्ने भएको एक नेपाली दम्पतीले आयोजना गरेको पार्टी थियो त्यो। पार्टीमा मदिराको उग्र तरङ्ग धेरैबेरसम्म चलेको थियो। त्यसकारण पार्टीका दृश्यहरू पनि मजेदार थिए। किनभने त्यहाँ परस्पर असम्बन्धित स्त्री’पुरुषहरू पनि पार्टी र नसाको मौका छोपेर कामुक मादकतामा अँगालिएका थिए। आ’आˆनो ब्यायफ्रेण्डसँग आएका विद्यार्थी केटीहरू पनि ओठमा ओठ रगडेर चुम्बनको स्वतन्त्रता लुटिरहेका थिए। यही मौकामा मैले कार्लो रोसीलाई पनि सोधेको थिएँः
“तपाईंको कुनै छैन…?”
“छैन… एक्लो छु…” भावुक हुँदै कार्लो रोसीले भनेको थियो। त्यसपछि आँसुले उसका आँखा डबडबाएका र गालातिर निकास खोजेका थिए। त्यतिबेला मलाई कार्लो रोसीको मर्ममा पो कोट्याएछु भन्ने लाग्यो र केहीबेर पछुतोले अन्यमनस्क भइरहेँ। विचरा कार्लो रोसी! वास्तवमा त्यस मामलामा ऊ विचरा नै रहेछ। यो कुरो मलाई पछि इतिवृत्तान्तसहित त्यही पियक्कडले सुनायो।
···
अमेरिका आएपछि कार्लो रोसी भएको काशीनाथ जोशी साँच्चिकै काठमाडौँको उत्तरी काँठको रहेछ। यस मामलामा मैले त्यस पार्टीमा गरेको अन्दाज लगभग ठीकै रहेछ। तर, उसको घरेलु व्यवसाय दूध बेच्ने हैन जजमानी गर्ने रहेछ। यसतर्फ चाहिँ मैले गरेको अन्दाज बेठीक निस्क्यो। जेहोस् काशीनाथ जोशी जजमानीको सिधाले पालिएर र एमएसम्मको शिक्षाले दीक्षित भएर हुर्किएको जीवन रहेछ।
आˆनो छोरोलाई पुरेत्याइँको भरले एमएसम्म गराउन सकेकोमा लोकप्रसाद जोशीले पनि समाजमा आˆनो शानमान बढेको महसूस गर्न थालेका थिए। अ छोरो काशीनाथ जोशी अमेरिका उडेपछि त लोकप्रसाद पुरेतको सामाजिक व्यवहार पनि अलि फुलेल हुनथालेछ। जेहोस् काशीनाथ जोशीलाई अमेरिका छिर्न सक्नेसम्मको ल्याकतको बनाउने श्रेय उसका बाबु पुरेत लोकप्रसाद जोशीलाई दिनैपर्छ।
काशीनाथ जोशी पनि मैँ आम नेपालीले प्रयोग गर्ने हत्कण्डा प्रयोग गरेर नै अमेरिका छिरेको र छिरेपछि अन्य तमाम नेपालीैँ नेपाल फर्किने नाम नलिएर घरको ढलान जमेैँ अमेरिकामै जमेर बसेको रहेछ। यसको फल उसको हातमा ग्रीनकार्ड हुँदै अमेरिकी नागरिकता नै परेछ। यसको श्रेय पनि पुरेत कुलप्रसाद जोशीलाई नै दिनुपर्छ। किनभने कुलप्रसादले उसलाई त्यत्तिको नबनाइदिएका भए ऊ कार्लो रोसी हुने थिएन।
अमेरिका आएपछि कार्लो रोसी पनि मँै इण्डियन रेस्टुरेन्टमा हरेक दिन बिहान १० बजेदेखि राति १२ बजेसम्म खूब दलिन थालेछ। शुरुमा अमेरिकी लवज सुन्न अभ्यस्त नहुन्जेल उसले डिसवासरको काम गरेछ। त्यसपछि तन्दुरी रोटी बनाउने काममा खटिएछ। त्यसको डेढ वर्ष जतिमा अमेरिकी लवजको अङ्ग्रेजी सुन्न, बुझ्न र कनिकुथी बोल्न अभ्यस्त भएपछि वेटर र सर्भरको काम गर्न थालेछ। र, त्यही रेस्टुरेन्टको वर्षौँको दासतापूर्ण दलाइपछि ग्रीनकार्ड पाएछ। त्यसकारण कार्लो रोसी र ममा यस्ता केही समानता छन्। र, केही असमानता पनि छन्। त्यसमध्ये एक हो’ म ऊ ैँ अमेरिकी नागरिक नहुनु।
त्यसो त म पनि यसबारे सोच्दैछु। र, कुनै दिन ोक चल्नासाथ अमेरिकी नागरिकताको लागि आवेदन फारम भर्नेछु। र, हुनेछु’ इरमिंग जोन। किनभने, मलाई पनि आˆनो नाम इन्द्रजङ्ग भएको कहाँ मन परेको छ र! उसै पनि अमेरिकीहरू इन्द्रजङ्ग भन्न नजानेर छोटोमा ‘इजे’ भन्ने गर्छन्। म इरमिंग जोन भएँ भने तिनलाई पनि ‘हाई इरमिंग’, ‘हाइ जोन’ भनेर मलाई बोलाउन सजिलो हुन्छ। यदि साँच्चिकै इन्द्रजङ्गलाई फालेर म अमेरिकी नागरिक इरमिंग जोन भएँ भने म आजका प्रसिद्ध अमेरिकी उपन्यासकार जोन इरमिंगको उल्टो इरमिंग जोन हुनेछु। जेहोस् यो कुरो म अमेरिकी नागरिक भएँ भने मात्र हो। अन्यथा म उही इन्द्रजङ्ग नै हुनेछु। तर सल्लाहकारहरू मलाई अमेरिकी नागरिक भएर इरमिंग जोन हुन घच्घच्याइरहेछन्। त्यसकारण मेरो पनि नेपाली नागरिकता कुनै न कुनै दिन ढल्ने सम्भावना प्रबल छ।
वास्तवमा काशीनाथ जोशीलाई अमेरिकी नागरिकता लिँदा आˆनो पूर्व नामको साटो नयाँ’नयाँ नाम रोज्न पाइने नियम थाहा रहेनछ। आफूलाई इच्छा लागेको नयाँ नाम राखेर नागरिकता लिन पाइने जानकारी उसलाई चक्रध्वजले दिएको रहेछ। चक्रध्वजले पनि आˆनु यो नाम नेपालतिरै फिर्ता गरेर चार्ली रोजको नयाँ नामले नागरिकता लिएको थियो। चक्रध्वज र चार्ली रोजबीच एक किसिमको लय मिल्ने भएर उसले आˆनु अमेरिकी नाम चार्ली रोज राखेको रहेछ।
हो, उही चार्ली रोजबाट नाम फेर्न पाइने जानकारी पाएपछि कार्लो रोसी पनि आˆनु नेपाली नाम काशीनाथ जोशीलाई एटलान्टिकमा सेलाउन आतुर हुन थालेछ। र, आˆनु नयाँ नामको लागि अध्ययन तथा सरसल्लाहमा निकै दिन जुटेछ। त्यस क्रममा भेटेपिच्छेका मान्छेसँग ऊ “… नागरिकता लिँदैछु कुन नाम राख्दा ठीक होला भन्नुस् न…” भनेर सोध्ने गर्न थालेको रहेछ।
तर त्यसरी आएको कुनै पनि नाम उसलाई मनपर्न सकेको थिएन। मानिसहरू उसलाई नाम सुाउँदा’सुाउँदा थाकिसकेका थिए। तर, ऊ थाकेको थिएन। न्’न् उत्साहका साथ परामर्शमा लागिरहेको थियो। त्यसकारण अरू आवश्यक सम्पूर्ण सूचना भरिसकिएको नागरिकताको उसको आवेदन फारममा सिर्फ नयाँ नाम भर्न मात्र बाँकी थियो। चित्तबुझ्दो नाम जुर्ने बित्तिकै त्यो नाम लेखेर ऊ आवेदन फारम सम्बन्धित कार्यालयमा पठाउने सूरमा थियो।
सुाव दिनेहरूले उसलाई टेड, टम, फिलिप, विलियम, नरमन, ड्यानियल, बब, ओजे, स्टिभ, डेभिड, डिक, जोन, एलेन, ड्यानिस, एन्जल, लरेन्स, वाल्टर, रोबर्ट, टोनी, जुलेट, टिमा, टिको आदि सयाँै नाम सुनाएका थिए। तर, उसले कुनै पनि नाम चित्त बुाउन सकेको थिएन। बरु एक साँ थलप्रसाद उपाध्यायले सुाएको उसको यो कार्लो रोसी भने उसलाई विल्कुल मन पर्यो। थलप्रसादलाई खान बोलाएर ठीक गरेँ भन्ने पनि लाग्यो। त्यसकारण आˆनु अपार्टमेन्टको त्यो भेटमा उसले थलप्रसाद उपाध्यायलाई पटकपटक हर्षपूर्ण धन्यवाद दिइरहेको थियो। र, थलप्रसादले पुग्यो पुग्यो भन्दा पनि कार्लो रोसी उसको ग्लासमा वाइन हुँडलिरहेको थियो।
थलप्रसाद उपाध्याय प्रिन्स्टन विश्वविद्यालयमा थियोलोजीका प्रोफेसर हुन्। त्यसकारण कार्लो रोसीको विचारमा उनी विद्वान् हुन्। विद्वान्ले दिएको नाम राम्रो हुन्छ। विद्वान् प्रोफेसर थलप्रसाद उपाध्यायबाट उपयुक्त र चित्तबुझ्दो नाम पाउने आशमै उसले त्यो खानपिन कार्यक्रम राखेको थियो। शुरुमा त वाइनको चुस्की लिँदै निकै परिपक्व विद्वान् हुन खोज्दै थलप्रसादले उसलाई भनेका थिएः
“के चेन्ज गर्छौ नाम… राम्रै छ तिम्रो यो काशीनाथ नाम…”
“हैन… हैन…, चेन्ज गर्ने नै विचार छ दाइ…”
“…विचार भए पनि यो विचार छोड, तिम्रो यै काशीनाथ नाम राम्रो छ यै नामले नागरिकता लेऊ राम्रो हुन्छ…”
“हैन दाइ… नागरिकता नै त्याग्ने, देशै त्याग्ने भएपछि नाम पनि किन नत्याग्ने… .?”
“हेर नागरिकता त्यागे पनि नाम त्याग्नु हुन्न…”
“हुन्छ दाइ… मलाई यो नाम मन पनि परेको छैन… र मलाई अमेरिकी नाममै नागरिकता लिन मन लागेको छ… त्यसकारण दाइसँग…”
“हेर नाममा मानिसको इतिहास हुन्छ, संस्कृति लुकेको हुन्छ, वंशको यात्रा हुन्छ, धर्म, भूमि र हावापानीको प्रतिनिधित्व हुन्छ…”
“…तर त्यो जे जे होस् नाम त म नयाँ नै राख्छु, तपाईं सुाउनुस् वा नसुाउनुस्…”
“हेर म पनि अमेरिकी भइसकेँ तर मैले आˆनु नाम थलप्रसाद उपाध्याय त्यागिनँ, बरु यसमा आˆनु थर पनि जोडेर थलप्रसाद उपाध्याय डोटेलको नामले नागरिकता लिएँ…”
“आ’आˆनु इच्छा हुन्छ दाइ, मेरो इच्छा नाम परिवर्तन गर्ने नै छ… तपाईंले जे भने पनि म नाम त चेन्ज गर्छु… गर्छु…”
वाइन पिउँदै यसरी सम्ाउँदा सम्ाउँदा थाकेर थलप्रसाद उपाध्याय आफू अगाडिको पाँच ग्यालने वाइनको बोतलतिर घोरिन थालेका थिए। त्यसरी घोरिँदै थलप्रसादले ोक्किँदै काशीनाथसँग सोधेका थिएः
“हामीले यै वाइन पिइरहेको होइन?”
“हो दाइ… मलाई यो वाइन राम्रो लाग्छ…”
“मलाई पनि राम्रो लाग्यो यो कार्लो रोसी वाइन, हैन… .?”
“हो दाइ…”
“तिमीलाई मन पर्छ हैन यो वाइन…?”
“धेरै मनपर्छ… यो सस्तो पनि छ… राम्रो, मीठो पनि छ…”
“त्यसो भए तिमी आˆनो नाम पनि कार्लो रोसी नै राख…” यसरी ोंकले व्यङ्ग्य गर्दै थलप्रसादले भनेका के थिए; काशीनाथ जोशी याने हुनेवाला कार्लो रोसी गद्गद् भएको थियोः
“वास्तवमा हो त दाइ, मैले यतातिर ध्यानै नदिएको… यो कार्लो रोसीको बोतल प्रायः सधैँ मेरो आँखा अगाडि नै हुन्थ्यो… यो वाइन पिउन थालेको वर्षौँ भइसक्यो तर…”
“त्यसो भए यो कार्लो रोसी नाम तिमीलाई मन पर्यो हैन त….?”
“एकदम मन पर्यो… धेरै धेरै धन्यवाद…”
“वास्तवमा यो कार्लो रोसी तिमी, तिम्रो रंग, रुप र स्वभाव सबै सुहाउँदो नाम पनि छ… तिमी कालो पनि छौ, रौसिया पनि छौ, त्यसकारण कार्लो रोसी तिम्रो नाम ठीक छ… किनभने तिम्रो कालो वर्णको प्रतिनिधित्व कार्लोले र तिम्रो रौसिया स्वभावको प्रतिनिधित्व रोसीले गर्छ, त्यसमाथि कार्लो रोसी र तिम्रो हालसम्मको नाम काशीनाथ जोशीबीच रिदम पनि मिल्छ… किनभने काशीनाथ जोशी र कार्लो रोसी, कार्लो रोसी र काशीनाथ जोशीको ध्वनि उस्तै’उस्तै लाग्छ…”
थलप्रसादको यो व्याख्याबाट न् मख्ख पर्दै कार्लो रोसीले भनेको थियोः
“एकदम ठीक दाइ अब म यै नाम राखेर नागरिकताको आवेदन फारम पठाइहाल्छु…”
यसरी काशीनाथ जोशी अमेरिकी नागरिक कार्लो रोसी भएको थियो। त्यसपछि त कसैले उसलाई ‘ए, काशी’ भनेर बोलायो भने त्यस्तोसँग ऊ बोल्न पनि तयार हुँदैनथ्यो। यसरी उसले काशीनाथ जोशीलाई काठमाडौँकै धोवीखोलामा नुहाउन पठाइदियोर आफू चाहिँ कार्लो रोसी भएर अमेरिकी सावरमा नुहाउन थाल्यो।
एवम् रितले काशीनाथ जोशी कार्लो रोसी भएर अमेरिकी भएपछि उसलाई आˆनु अमेरिकी जीवन पूर्ण पार्ने विचार पलाएछ। त्यो विचार पलाउँदा ऊ अमेरिका आएको १३ वर्ष र अमेरिकी नागरिक भएको एक वर्ष भइसकेको थियो। त्यसबीच इण्डियन रेस्टुरेन्टमा डिसवासरदेखि काम गरेको अनुभव र कमाइ लगाएर उसले इण्डियन र नेपाली परिकारको दुईवटा रेस्टुरेन्ट खोलिसकेको थियो। त्यसकारण उसलाई अस्तित्वको चिन्ता थिएन। तथापि, आˆनु अमेरिकी जीवनले पूर्णता पाएको अनुभव भने हुनसकेको थिएन। त्यसकारण एउटी कन्या पाए जीवनसङ्गिनी बनाउने थिएँ र ती कन्याबाट एकाध अमेरिकी सन्तान तुल्याएर आˆनु जीवन पूर्ण र सार्थक गर्ने थिएँ भन्ने उसको विचार रहेछ।
उसको यो विचार अमेरिकाको सम्पूर्ण राज्यमा छरिएका नेपाली कानहरूमा पुगेछ। तिनै कानमध्येको एक कानजीवी नेपालीले अमेरिकामा बाँकी सम्पूर्ण जीवन समर्पण गर्ने आशले एकाध वर्ष पूर्व अमेरिका भित्रिएकी एक ‘कन्या’ सँग बिहे गर्ने सल्लाह दिएछ। त्यो सल्लाह उसलाई उचित लागेछ। अतः तिनै रूप, रंग, जात, धर्म, देश मिल्ने कन्यासँग उसले बिहे गर्यो।
बिहे गरेको केही दिनपछि उसलाई कन्याको त नेपालमा पनि पतिदेव भएको सुराक मिल्यो। अब भो? त्यसकारण ऊ ‘गरिस् के त कार्लो रोसी बिहे’ भन्दै आफैंलाई मार धिक्कार्दै छटपटिन थालेको थियो। तर ती शिक्षित कन्याले उसलाई त्यो पतिसँग मेरो छोडपत्र भइसकेको छ भनेर सफलतापूर्वक सम्ाएकी थिइन्। र, ऊ सम्िएको पनि थियो। त्यसकारण सात समुद्रपारि विवाहिता ती कन्याको बाँकी जीवन त मेरै हो नि भन्ने सोचेर वैवाहिक जीवन बिताउँदा’बिताउँदै एक साँ उसको यो सोच पनि एट्लान्टिकमा डुब्यो।
त्यो साँ कार्लो रोसी एउटा पार्टीमा सपत्नी पुगेको रहेछ। त्यो पार्टी कुनै नयाँ नेपाली जोडीको विवाह पार्टी थियो। तीन’चार सय नेपाली र विदेशी पाहुना भेला भएका मादकपेययुक्त त्यो पार्टी बिहान तीन बजेसम्म चलेको थियो। तर, पार्टीबाट कार्लो रोसी बाह्र नबज्दै एक्लै आˆनो अपार्टमेन्ट फर्किएछ।
त्यो पार्टीमा ऊ वाइन आए वाइन, बियर आए बियर, ह्विस्की आए ह्विस्की गरी जे अगाडि आयो त्यही थप्दै पिइरहेको थियो। यही मौकामा उसकी पत्नी चिनेजानेकालाई भेट गर्दै यताउता विचरण गर्न लागेकी थिई। उसका नसालु आँखा पत्नी कता गई भन्ने खोज्दै पर’परसम्मको जमघटतिर पल्याकपुलुक गरिरहेका थिए। त्यसरी पत्नीको खोज गर्दागर्दै एउटा जमघटको छेउमा उसले एउटा पुरुष आˆनी पत्नीको कम्मर अँठ्याएर गˆिफँदै गरेको देख्यो। गफमा मग्न भएर संलग्न भएकी उसकी पत्नीलाई पनि कार्लो रोसीले आफूलाई क्रूद्ध भएर हेरिरहेको छ भन्ने पत्तै भएन। नत्र ऊ पनि त्यस पुरुषको हात आˆनु कम्मरको मासुबाट तुरुन्त ारेर उसको शरीरबाट एक फुट पर हट्ने थिई। तर पतिको हेराइबाट बेखबर ऊ त्यो पुरुष र आˆनो शरीरबीच एकइन्चको पनि दूरी नराखी गफ हाँक्दै थिई।
वास्तवमा ऊ कार्लो रोसीले पिउन्जेल चिनेजानेकासँग भलाकुसारी गर्न उसलाई एक्लै छोडेर यताउता लागेकी थिई। र, त्यो पुरुष भेटेकी थिई। उसको हात पत्नीको कम्मरमा कस्सिएको दृश्य देखेपछि कार्लो रोसीले त्यतिन्जेल पिइसकेको ह्विस्की, बियर, वाइनको बहुनसा एकाएक उडेको थियो। र, उसको शरीरमा रक्तप्रवाहको गति अति चर्किएको, त्यसमा क्रोध र घृणा उम्लन थालेको थियो। त्यसक्षण कार्लो रोसीसँग खल्तीमा पेस्तोल थिएन। नत्र छिमेकी जेफ्री हबले ैँ उसले पनि आˆनी पत्नीलाई पटापट १२’१३ गोली दागेर ढालिदिने थियो। तर, पेस्तोलको अभावमा यो हिंसा हुन पाएन। ऊ घृणा र क्रोधले दन्किएर पार्टी हलबाट एक्लै पार्किङ लटमा निस्किएको र उग्र गतिमा कार हाँक्दै आˆनु अपार्टमेन्टमा फर्कियो।
हुन त त्यो रात कसैले उसकी पत्नीलाई पनि अपार्टमेन्ट पुर्याइदिएको थियो, तर ऊ भित्र छिर्न पाइन।
वास्तवमा त्यो पार्टीपछि कार्लो रोसीले उसको कुनै खबर लिएन। यसले गर्दा सम्ाउनेहरूको ताँतीले ऊसँग महिनौँ भेट गरिरह्यो। तिनले उसलाई उसकी पत्नी रितु शर्मा रोसीको कम्मरमा त्यो रातबेरिएको हात उसको आˆनै कान्छो मामाको छोराको थियो भनेर भरमग्दुर सम्ाउन खोजेका थिए। कतिपय सम्ौतावादीले त यस्तो सानोतिनो घटनालाई लिएर जीवन विछोडमय बनाउन हुँदैन भन्ने सल्लाह समेत दिएका थिए। तर, ती सबको प्रयासमाथि उसले थुकिदियो। त्यसकारण तीमध्ये कत्तिले अत्यन्त रिसाएर उसलाई भने पनिः
“कार्लो रोसी तिमी अमेरिकामा छौ, वृन्दावनमा हैन…”
तर ऊ पहाडजस्तै भइरह्यो, एकरत्ति हल्लिएन।
आखिर कसैको केही नलागेपछि एक दिन थलप्रसाद उपाध्याय डोटेलले उसलाई पार्दै भनेः
“… तिमी अब काशीनाथ जोशी होइनौ, कार्लो रोसी हौ… त्यसकारण विचार पनि काशीनाथ जोशीको हैन, कार्लो रोसीकै राख… काशीनाथ जोशीकै विचार बोक्ने भए कार्लो रोसी किन भएको… .? काशीनाथ जोशी नै भइरहेको भए हुँदैनथ्यो… .?
तर थलप्रसादको यो कुरो कार्लो रोसीले फालेको काशीनाथ जोशीलाई भने औधी चित्त बुेको रहेछ। त्यसकारण बेलाबेला भित्रभित्रै चिढाउँदै काशीनाथ जोशी कार्लो रोसीलाई भनिरहन्छः
“हो नि… हो नि… हो नि…”
र कार्लो रोसी चिच्याउँछः
“यु डर्टी, ब्याकवार्ड काशीनाथ जोशी…”
(हालः अमेरिका)
(स्रोत : हिमाल खबरपत्रिका पूर्णाङ्क २०५)