कथा : भुईचाँलो: परीचित मृत्यु

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

एउटा जिबनले मृत्यु ढकढकाई रहेछ….

ढकढक मृत्युको ढोकामा ….ढकढक स्वर्गको  ढोकामा । म एउटा सम्पादीत अशं आफ्नै पारामा गाँउदै छु । साँझ क्रमश एउटा भयानक रात तिर धकेलिदै छ । अनुदित हुँदै । एकछिन अघी सम्म बाहीर सडकमा चटकेहरु निर्लज्ज भएर एउटै प्रकृतीको  चटक देखाईरहेका थिए । म मेरो नाङ्गो आँखाले त्यो सब पर्दा भित्र बाट चियाँउदै छु । अहीले टेबलमा ह्विस्की को बोतलहरु ठडिएको देख्दैछु । चुरोट को बट्टाहरु यत्रतत्र छरिएको पाँउछु । म त्यसलाई संगेल्ने बिचार बनाउँदनि । जिबन यसै पनी छरीएको छ । लापरबाही पाराले । तिमीले रचनात्मक जिबन जिएको छौ भनी कसैले सोध्न आएनन् त्यसैले म यसै गरी जिउन चाहान्छु । हो । एकदम Frantic पाराले ।

म मुडी छु तर समयलाई र्थकाउन सक्दीन त्यसैले अस्तब्यस्त समयसंग engross भई दिन्छु । मेरो केही मित्रहरु छन् जसले ब्यबहारीक जिबन जिउन मलाई सल्लाह दिन्छन् । समय संग translate हुन भन्छन् । म आफ्नै enlightenment एउटा बन्द कोठा भित्र बनाउँदै छु । चुरोट जलाउँछु । ढकढक मृत्युको ढोकामा ….ढकढक स्वर्गको ढोकामा ….टेबलमा ह्स्किीको बोतलहरु हल्लीदै छन् । हातबाट चुरोटको धुलो आफै झर्दैछन् । कोठाको दिवारमा लट्कीएको scholars को फोटोहरु थर्कमान हुँदैछन् ।

यो के हो अर्थक्विक/earthquake ? भयङ्कर कोलाहाल बाहीर निस्कदै छ । सडको बत्तीहरु झीप्प झिप्प गर्दैछन् । म उठेर पर्दा खोल्न तम्सीन्छु तर सायास पुरा हुँदैन/म हुन दिन्न । फेरी पर्दा भित्रै बाट चियाँउछु । अतृत्त भोगाईका जिबनहरु बाहिर नाच्दैछन/भाग्दै छन् । के बाट भाग्न खोज्दैछन् ? के को लागी भाग्दैछन् । म त तिनीहरुलाई नाची रहेको देख्छु । मृत्युको लागी अन्तीम नाच नाचीरहेछन् । बर्तमान डगमगाएको थियो । मृत्यु मेरो नजिक बाट जाँदैथियो तर म सुन्य कोठा बाट बिश्व चियाउँदै थिँए ।

“आउ म संगै ह्विस्की पिउ” । एउटा फुसफुस स्वर आँउछ । म र्फकेर हेर्छु/मेरो टेबल छेउमा/ह्विस्की बोतलहरु संगै बाट एउटा मानिस मलाई हेरीरहेछ । मेरो जतिकै लामो दाह्री भएको । चिउँडो खस्कीएको एउटा बृद्ध मानिस । म नजिकै गएर उभिन्छु । “बस” बुढोले मलाई भन्यो । म नजिकै गएर बसे । उसले एउटा गिलासमा ह्विस्की लाई पुरै खनायो र म तिर सारीदियो । “धन्यबाद” मैले भने “मेरो कोठामा तिमि  के गर्दै छौ? कसले अनुमती दियो” ?

बुढोले म तिर औला देखायो । उसको हातमा एउटा किताब थीयो । कालो अनी पँहेलो अक्षरको ग्रेडियन्टमा

“गिता” लखीएको थियो ।

“ठिक छ, स्वागत छ तिमीलाई मेरो सुन्यतामा” । मैले ह्विस्कीको गिलास उठाएँ । उसले धेरै बहस गर्न चाहेन । हामीले रात भरी पियौँ ।

चुरोटको धुँवाले कोठा रङबङ्गीएको छ । उसले गिताको श्लोकहरु सुनाउँथ्यो । म त्यसलाई भयङकर संग बुझ्दै थिए । उसले जिबन सिकाउँथ्यो । म सिक्दै थिए । उसको कुरामा मात बस्दै थियो ह्विस्कीको स्वाद संगै । कोठामा पङखा घुमीरहेको थियो । चुरोटको धुलो फुसफुस  गरेर कोठाभरी छरीदै थियो । मैले पङखा बन्द गर्न चाहीन ।

“जिबन पनी त छरीएको छ पतकर जस्तै” । उसले भन्यो र पंखा बन्द गर्न रोक्यो मलाई ।
उ धार्मीक थियो । म अर्धामीक तत्व जस्तो उसको कुराहरुलाई आध्यात्मीक पाराले लिदै थिए ।

नियंत कुरु कर्म त्वं कर्म ज्यायो हकर्मण ।।
शरीरयात्रापी च ते न प्रसिद्धयेदकर्मण ।।

मैले उसलाई सुनीरहेको थिए । उ धेरै बोल्दैन थियो तर बेला बेला संकृत(दर्शन र ज्ञान) को शलोक ले म उङनै लाग्दा ब्युँझाई रहन्थ्यो । म सुन्थे उसलाई । तिमी आफ्नो कर्मलाई पुरा गर । भाग्यको नियती लाई पुरा गर । तिमीले महान जन्म पुरा गरीसकेका छौ । मृत्युको भएले त्यसलाई उद्धार गर्ने छ ।

“म बुझदिन” । मैले भने ।

“त्यसैले त तिमी मलाई सुन्दै छौ” । उसले भन्यो ।

“जिबन अनी मृत्यु संग तिमी दोहरी गर्दै छौ । तिम्रो जिबन तिम्रो कर्म हो । तिमीले के गर्यौ त्यो ठुलो कुरा हो ।

सायद तिमी अल्पायु मृत्यु बरण किन नगर” । मैले उसको कुरालाई रोकेर भनेको थिए ।

“कर्म” ?

“हो कर्म, तिमीले कस्तो कर्म गर्यौ त्यसके मुल्याङकन हुनेछ” । मानीसले बोल्यो ।

स्त्रिीको जाँघ, तिघ्रा, छाती संग खेलेको छु । एउटा सुन्य कोठा भित्र मैले थुप्रै काम गरेको छु । कर्म गरेको छु । उ हाँस्यो । हामीले ह्विस्कीको गिलास फेरी ठोकायौँ । एउटा सिसा संग जुधेर निस्कीएको आवाजले कोठाको मैलीकतामा परीर्बतन गरायो । प्रायस एक्लै रम्ने कोठा आज एउटा चलाएमान बिकृती जन्माउँदै थियो ।

मैले भने “म एल्लो जिउँदै छु । क्याफेमा जान्छु कफी पिउँछु । होटल र बारहरुमा प्रत्येक साता पुग्छु । ह्विस्की पिउँछु/तरुनीहरुको नाच हेर्छु । बेश्याहरुको चाक संग रगडिएर एउटा सस्तो प्रेम जस्तो भोगाई भोग्छु । म खुसी छु । एउटा कथाकार/लेखकले एती गरी आफ्नो कथाको प्लट खोज्नु गलत हुन्न होला” । मैले बाँकी रहेको ह्विस्कीलाई तुनुक्क पारीदिए । मैले फेरी त्यो मानिसलाई हेर्दै भने । मेरो दैनीकी तिम्रो भन्दा फरक होला । तर “धन्यबाद” तिमीले मलाई जिबनको ज्ञान दिदैछौ । दर्शन बुझाउँदै छौ । तिमीलाई फेरी पनी धन्यबाद तिमीले ‘गिताको’ रहस्यसंग मेरो जिबनलाई एकाकार गराउँदै छौ । आशा गर्छु यो अन्तीम नहोस् । कहीले काँही मन्दीर जान्छु । तर धर्मको निमीत्त होईन । मैले कुनै पनी ईश्वरलाई खुसी पार्न सक्दीन । एउटा आफै दुखीले भिन्न ईश्वर कसरी खुसी पार्न सक्छ । तिमी नै भन एउटा दुखीले अर्को दुखीलाई कसरी रिझाउँन सक्छ । उ हास्यो ।

“ईश्वर दुखी छ” ? उसले मतिर हेर्यो र फेरी हाँस्यो । जोड जोड ले हाँस्यो । ‘ईश्वर दुखी छ रे’ । उसले एउटा श्लोक भन्यो र मलाई अर्थ लगायो । अत्यन्त दुराचारीले पनी ईश्वरको भजन गर्न सक्छ । र्धमात्मा बन्न सक्छ र सधै रहीरहने शाश्वत शान्तीलाई प्रात्त गर्न सक्छ । अत तिमी पनी ईश्वर पुज । ईश्वर दुखी छैन । तिमी दुखी छौ । हामी दुखी छौ ।

“म मान्दीन हामी जम्मामा एउटा माशं पिण्ड हौ जो सदा दुखी रहन सक्छ/तिम्रो ईश्वरले तिमीलाई सुख दिन सक्ला मलाई होईन” । म झ्याल तिर गएर उभिए । मानीसहरु कोलाहाल गर्दै भाग्दैछन् । एउटा दैबी शक्त्तीले मानीसहरु लाई उठाँउदै/पछार्दै ठुलो यज्ञमा होम्दै छ  जस्तो लाग्यो । म र्फकीएर यथा स्थानमा आई बसे त्यही बुढो संगै । उ आँखा चिम्लीरहेको थियो । ओठहरु मात्र चलीरहेका थिए । लाग्छ यो भयानक मृत्यु बोलाउने यही हो या परमात्मा संग साक्षात्कार गराउंदै छ हामीलाई/मलाई/पाठकलाई ।

उसले तिस मिनेट पछी आँखा खोल्यो । मैले उसलाई सोधे ।

“के गरेको”?

“एउटा शिथील प्रयत्न/एउटा उपकार” — उसले ह्विस्कीको गिलास उठायो ।

“कस्तो एत्न”?

“मृत्युको”

“कसको”? मैले अली असहज भई सोधे ।

“तिम्रो” । उसले सहज उत्तर दियो ।

उसले रहस्य हाँसो हास्यो । तिमीलाई थाहा छ बाहीर के हुदैछ ? यो पर्दा भन्दा बाहीर? उसले सिग्रेटको धुँवा मतीर फुक्दै भन्यो । मलाई कहीले पनी मन परेन सिग्रेटको धुँवा कसैले मतीर फुकेको । मैले हात लम्काँए ।

उसलाई रोक्न भनेँ ।

“थाहा छ, बाहीर एउटा कालले मानीसलाई दप्काउँदै छ । हामी एसलाई अर्थ क्विक भन्छै” – मैले उसलाई भने ।
हो तिमीलाई थाहा भएछ । हामी र्सबथा एल्लो मृत्यु भोगीरहेका छौ/जम्मामा एउटा अचुक मृत्यु/एउटा सस्तो मृत्यु । पाठक सुन्नुभयो उसले के भन्यो । एउटा सस्तो/एल्लो मृत्यु । “हो”- मैले मुन्टो हल्लाए ।

हामीले रातभरीमा थुप्रै ह्विस्कीको बोतलहरु रित्ताई सेकेका थियौ । कोठामा अझै अस्थीरता थियो । माओको/मोनमलिसाको/गौतम बुद्धको/राजा बिरेन्द्रको तस्बीरहरु अब धेरै बेर भित्तामा रहेनन् । ति बिस्तारै जमीनलाई स्पर्श गर्दै थिए । म हेरीरहेको थिए । मलाई डर थियो तर त्यो बृद्ध निसंकोच मेरो अनुहार हेर्दै हुन्थ्यो । मेरो बर्तमान हल्लीदै छ । मानीसहरु बाहीर हल्ला खल्ला गर्दै भागीरहेका थिए । भबनहरु ढलेको सिङ्गगो आवाज मेरो कान सम्म आउँदै थियो ।

“हिड” त्यो मानीसले भन्यो ।

“कता” मैले भने

“तिमीलाई मृत्युले पर्खदै छ । तिमीले तिम्रो भाग भोगीसकेका छौ “।

म त्यो मानिसको पछी पछी लागे । र्फकीएर मेरो सुन्यतालाई हेरे । टेबलमा ह्विस्कीका बोतलहरु अझै उभीएका थिए । चुरोटको धुलो ले कोठा मसान घाट जस्तो देखीएको थियो । शिरानी माथी एउटा किताब खुल्लै थियो to kill a mocking bird , हिजो आदी मात्र पढ्न भ्याएको थिए ।

म उसको पछी पछी लागे । हामी अँध्यारो कोरीडोर हुदै गयौ । त्यस बृद्धले मलाई कता लग्यो मैले याद पाईन ।
बिहान भई सकेछ । पर्दा खोलीएको रहेछ । कस्ले खोल्यो/कती खेर खुलाईयो मैले बुझ्ने चेष्टा राखीन । घरहरु ढलीरहेको । छानाहरु खसिसकेका । मानिसहरुको कोलाहालले यो यान्त्रीक सहर पुरै गुञ्जाएमान थियो । स्त्रिहरु आफ्नो नाङ्गगो छातीमा दुधे बालक च्याप्दै खम्बाहरुले थिचीएका आफ्ना पतीका लाश तान्दै थिए । एउटा ठुलो क्यानभासमा लापारबाही पाराले पोतीएको रङगीन चित्र जस्तो मैले बुझ्न नसक्ने खालको जिबन रोईरहेको थियो । चित्कार अनी लाशहरुको भयानक स्केच मेरो आँखा अगाडी झुन्डीरकेको थियो । यो कस्तो दृश्य देख्न पुगे । भग्नाबशेष बाट किचीएको लासहरु प्रहरीहरु निकाल्दै छन् । कात्रोमा गुँडुलकाएको लाशहरु वरीपरी मलामीको चित्कार सुन्दै म यता उती नियाल्दै थिँए ।

एउटा एक्लो लाश थियो । त्यहाँ वरीपरी कोही थिएनन् । एउटा बुद्ध त्यसको वरीपरी घुम्दै थियो । मैले त्यसलाई कतै देखेको थिए । लामो दाह्री भएको/चिउँडो अलीकती खस्कीएको । त्यो त्यही थियो । गएराती हामीले संगै ह्विस्की पिएका थियौं । त्यो मेरो लाशको परीपरी घुम्दै थियो । मलाई मृत्यु देखाउँद । सस्तो/एक्लो/अचुक मृत्यु देखाउँद । जम्मामा एउटा सार्थक मृत्यु चिनाउँदै ।

एउटा जिबनले मृत्यु ढबढकाई सकेछ …………

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.