~रुमानी राई~
अब देशकाे लािग केही गर्नु पर्छ
मर्न परे देशकै लागि मर्नु पर्छ ।
त्याे हिमाल याे पहाड अनि तराई
अाफ्नै दाजुभाईमा नबनाैं पराई
रगतकाे हाली अब खेल्दै नखेलाैं
चीर भाइचाराकाे बिऊ छर्नु पर्छ ।।
धेरै भयाे हामीले अामा रुवाएकाे
नबिर्साैं दशधारा दूध खुवाएको
पाप काट्न, दूधकाे भारा तिर्नलाइ
अामाकाे मुहारमा खुसी भर्नु पर्छ ।।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)