~जीरन जार राई “संकल्प थुलुङ”~
बैंश छदा सब्को लागी आँखा भइयो
रंग गयो सबैबाट पाखा भइयो ।
सबै राम्रा देख्छन् सब्को बैंश छदा
त्यहि रंग भए सम्म काखा भइयो ।
बल बुद्धि रुप गए बुढेस कालमा
मुटु छाम्दै बसि खाने माखा भइयो ।
जति भए दु:ख आफ्ना सुन्नन् कसैले
सब्को लागे दु:ख दिने साखा भइयो ।
जान्न सास छैन आश बाँचि रहन
भार माथि भार दिने दाखा भइयो ।
(स्रोत : Damkdotcom)