समीक्षा : गण्डकी अञ्चलका महाकविहरू

~प्रा.डा. नारायणप्रसाद खनाल~dr-narayan-prasad-khanal

नेपाली काव्य(महाकाव्य रचनाका दृष्टिले आदि महाकाव्य जन्माउन सक्षम भूमि गण्डकी अञ्चल हो । आदिकवि भानुभक्त आचार्यको कालजयी कृति रामायण महाकाव्य यसै धर्तीको उपज हो । यो अञ्चल साहित्य सिर्जनाका दृष्टिले मात्र होइन, महाकाव्य जन्माउनका लागि पनि उर्वर भूमि बन्न सफल रहेको छ । यहाँका कविहरूमध्ये एउटौले ६–७ वटा सम्म महाकाव्य लेखेर यस युगका पाठकलाई चकित बनाएका छन् । यस क्षेत्रका यस्ता केही महाकवि, महाकाव्य र महाकाव्य समकक्षी रचना प्रकाशित भएका वा अप्रकाशित अवस्थामा रहेका व्यक्तिहरूको सङ्क्षिप्त कालक्रमिक दिर्ग्दर्शन गराउनु यस लेखको उद्देश्य रहेको छ ।

उदयानन्द अर्ज्याल (१८१३-१८९३)
गोर्खाली अर्याल शक्तिवल्लभका भतिजा तथा विश्वेश्वरका पुत्ररत्नका रूपमा सप्तरी जिल्लाको बैरवामा जन्मेका पं. उदयानन्द अर्ज्यालले पुरानु बातको अर्जी, कुलवर्णन कविता, बेतालपचीसी (खण्डकाव्य १८७२ तिर) जस्ता कृति लेखेका छन् । यिनको उल्लेखनीय कृति चाहिँ पृथ्वीन्द्रोदय (र.का. १८७० तिर) नामक (अपूर्ण) महाकाव्य हो । यसै ग्रन्थलाई लिएर ज्ञानमणि नेपालले यिनलाई पहिलो महाकाव्यकार र यिनको रचनालाई पहिलो महाकाव्य भनेका छन् भने यिनैको सम्पादनमा तेह्र प्रकरणमा ८३८ पद्य भएको पृथ्वीन्द्रोदय (२०६८) महाकाव्य प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएको छ ।

भानुभक्त आचार्य (१८७१-१९२५)
गण्डकी अञ्चलको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा धनञ्जय र धर्मावतीका एकमात्र पुत्ररत्नका रूपमा जन्मेका भानुभक्तले संस्कृत व्याकरण, कोश(काव्य, पुराण आदि अध्ययन गरेर अनेक फुटकर कविता तथा सिङ्गा कृतिहरूमा भक्तमाला (र.का. १९१०), बधूशिक्षा (र.का. १९१९), रामगीता (र.का. १९२५), प्रश्नोत्तरी (र.का. १९१०) जस्ता कृति रचेका छन् भने यिनको विशालकाय ग्रन्थ रामायण महाकाव्य (र.का. १९९८) तिर नै हो । यो मोतीराम भट्टले र्सवप्रथम प्रकाशित गरेका हुन् । यसममा सात काण्ड, १३१९ पद्य रहेका छन् भने यो शास्त्रीय छन्दमा रचिएको छ । यही नै नेपालीको पहिलो महाकाव्य भएकाले भानुभक्त नै नेपालीका पहिला महाकवि हुन् । उनलाई नेपालीहरूले आदिकविको गौरवपूर्ण सम्मान प्रदान गरेका छन् । उनको द्विशतवाषिर्की (१९६०(२०७१) भव्यरूपमा मनाउने तयारी भइ रहेको छ ।

लेखनाथ पौड्याल (१९४१-२०२२)
कास्की जिल्लाको वर्तमान लेखनाथ नगरपालिका वडा नं. ६, अर्चले, शमीडाँडामा पिता दुर्गादत्त र माता बसुन्धरादेवीका जेष्ठ पुत्ररत्नका रूपमा जन्मेका लेखनाथले बनारसबाट साहित्य मध्यमा पास गरी भीम शम्शेरका दरबारमा पाण्डित्य, पौरोहित्य र शिक्षण सेवा गरेका थिए । उनले बीसवटाभन्दा बढी कविताकाव्य, नाटक र अनूदित ग्रन्थ रचेका छन् भने धेरैका मतमा महाकाव्य वा महाकाव्यधर्मी मानिएको तरुणतपसी (सन् १९५३) र अपूर्ण नै रहेको महाकाव्य ग·ागौरी
(२०६१) प्रकाशित भएका छन् । यो गंगागौरी जम्मा ५ सर्गका ३३१ पद्यमा मात्र विस्तृत रहेको छ । लेखनाथ मध्यकालीन शृङ्गार धारालाई अन्त गरेर परिष्कारवादी धाराका माध्यमबाट आधुनिक नेपाली कविताका प्रारम्भकर्ता हुन् । नेपाली साहित्यमा यिनी कविशिरोमणिका रूपमा सम्मानित छन् । मरणोपरान्त यिनलाई त्रिभुवन पुरस्कारद्वारा पनि सम्मानित गरिएको छ ।

कोमलनाथ अधिकारी (१९५०-२०२३)
गण्डकी अञ्चलको लमजुङ जिल्लामा देवीदासका पुत्ररत्नका रूपमा जन्मेका अधिकारीले साहित्य विषयमा आचार्य गरेका थिए । यिनले आफ्ना पिताको आज्ञाले गीताको पद्यानुवाद गरे, जो कोमल गीता (१९९०) नाउँले प्रसिद्ध छ । यिनी मौलिक स्रष्टाभन्दा पनि अनुवादक हुन् । कालिदासको रघुवंश महाकाव्य (अनु. २०१५), कुमारसम्भव महाकाव्य (अनु. २०२५) र मेघदूत (अनु. २०२२) तथा विश्वनाथको साहित्यदर्पण (अनु. २०३३) श्रीहर्षो नैषधीय चरित्र महाकाव्य (अनु. २०२०) को अनुवाद गरेका छन् भने नैषधीय चरित्रमा त उनलाई यसै वर्षो मदन पुरस्कार नै दिइयो । यिनी स्वयं महाकवि नभए पनि अनेक स्तरीय महाकाव्यका अनुवादक महाकवि चाहिँ हुन् नै ।

डिल्लीजङ्ग गुरुङ (१९६१-२०२१)
गण्डकी अञ्चलको लमजुङ जिल्लामा पर्ने घनपोखरा, लाँकुरी चौतारामा पिता नरज लामिछाने गुरुङ र माता सुधादेवीका पुत्ररत्नका रूपमा जन्मने डिल्लीज· गुरुङले विचारालोक, कपिलगीता (२०३४), प्रेमोपहार (२०४६), नौ कोपिला (२०६३), सुन्दरकाण्ड, लाँकुरी (२०६३), नीतिदर्पण (२०६३), कुमारी (उपन्यास(२०६३), वृन्दावन (२०६३), बीसगुरु (२०६३), उद्वव गीता (२०६३) आदि काव्यकृतिहरू लेखेका छन् भने यिनका ज्वाइँ एवं समाजसेवी गन्जसिंह गुरुङद्वारा यिनको एउटा महाकाव्य पनि प्रकाशित भएको छ, जसको नाम हो नेपाली तुलसी रामायण (२०५९) । तुलसीकृत रामायणलाई उपजीव्य मानेर रचिएको यस महाकाव्यका अतिरिक्त उनका रामगीता, चौरासी गुरु, चित्तबोध आदि अप्रकाशित कृतिहरू पनि रहेका छन् । यिनका बारेमा डिल्लीज· गुरुङ समुच्चयग्रन्थ (२०६३) छोरा मेजर गोपाल गुरुङले अप्रकाशित कृति समावेश गरी छपाएका छन् ।

बद्रीनाथ सुवेदी (१९६२-२०३१)
रुद्राष्टाध्यायसार (२०२२) नामक लघुकाव्य प्रकाशित गरिसकेका लमजुङको खुदीवेनी निवासी पिता कमलापति र माता धर्मावतीका पुत्ररत्न बद्रीनाथ सुवेदीले संस्कृत भाषामा रचित महेन्द्रोदयम् महाकाव्यम् (२०२२) प्रकाशन गरेको उल्लेख पाइन्छ । यिनले संस्कृतमा अन्य चारवटा अप्रकाशित कृति छोडेका छन् भने महाकाव्यमा कलम चलाउने गण्डकीका स्रष्टाका रूपमा रहेका यिनका अन्य कृति प्रकाशनतर्फलमजुङेहरू उत्सुक हुनु जरुरी छ ।

रामनाथ शर्मा खनाल (१९६६-२०५३)
कास्की जिल्लाको फल्याङकोट स्यास्त्री भन्ने ठाउँमा पिता हरिचरण र माता हरिबधूको पुत्ररत्नका रूपमा जन्मेका रामनाथ शर्मा खनालले व्याकरणमध्यमा पास गरी शिक्षण पेसा लिएका थिए । उनले गद्य र पद्य दुवै विधामा कलम चलाएका छन् । उनले प्रजातन्त्रोदय २००८(११ बीच रचेर २०४८ मा प्रकाशित गरेका थिए । यो गीति महाकाव्य २००७ सालको प्रजातन्त्र आगमनलाई लक्षित गरी झयाउरे लयमा प्रस्तुत गरिएको छ तर उनको पहिलो महाकाव्य भने पाण्डु २००६ मा रचिएको हो र प्रकाशनका दृष्टिले मात्र यो २०४९ मा छापिएकाले दोस्रो हुन पुगेको हो । नाम अनुसार यो पौराणिक विषयवस्तुमा आधारित महाकाव्य हो । त्रिवेणी साहित्य परिषद् नवलपरासीबाट प्रकाशित दुइ(दुइवटा महाकाव्यका रचयिता खनालले भुइँचालो (१९९२) काव्य प्रकाशित गरेका छन् भने अन्य केही काव्य अप्रकाशित नै छन् ।

बुद्धिसागर पराजुली (१९७०-२०४९)
कास्की जिल्लाको पोखरा उप(महानगरपालिकामा पर्ने मिरुवा भन्ने ठाउँमा पिता शिवप्रसाद र माता पार्वतीका सुपुत्रका रूपमा जन्मे–हुर्केर पूर्वमीमांसा र्(दर्शनशास्त्र) विषयमा आचार्य र पोष्टाचार्यसमेत गरेर दर्जनभन्दा बढी संस्कृत काव्य र काव्येतर ग्रन्थ(रचना र अनुवाद गर्ने पराजुलीको सावित्री नामक महाकाव्य पनि प्रकाशित छ भनी घटराज भट्टर्राईले उल्लेख गरेका छन् । यो नेपाली वा संस्कृत कुन भाषामा प्रकाशित छ, यस महाकाव्यको राम्ररी खोजी गर्नु आवश्यक छ । यिनी सरकारी सेवामा संलग्न थिए । यिनका धेरै महत्त्वपूर्ण पुस्तक(पुस्तिका नेपाली र संस्कृत भाषामा प्रकाशित छन् ।

मुक्तिनाथ शर्मा तिमिल्सिना (१९७१-२०४६)
कास्कीको पोखरास्थित बाटुलेचौरमा जन्मेका र संस्कृतको व्याकरण मध्यमा गरेका तिमिल्सिनाले केही उपन्यास र अन्य विविध विधाका साथै आत्मजीवनी समेत सातवटा पुस्तक प्रकाशित गरेका छन् । यीमध्ये यिनले कुनै मौलिक महाकाव्य नलेखे पनि महाकवि कालिदासको रघुवंश महाकाव्यको अनुवाद (२०००) र महाकवि भारविको किरातार्जुनीय महाकाव्यको अनुवाद (२००२) नेपाली साहित्य भण्डारमा उपहार प्रदान गरेका छन् । यिनलाई पोखरा युवा साहित्य परिषद्ले मरणोपरान्त लेखनाथका नाममा स्थापित शिरोमणि पुरस्कारद्वारा सम्मानित समेत गरेको छ ।

माधवप्रसाद घिमिरे (१९७६)
घिमिरे गण्डकी अञ्चलको लमजुङ जिल्ला (पुस्तुन)मा पिता गौरीशड्कर र माता द्रौपदीदेवी का पुत्ररत्नका रूपमा जन्मेका हुन् । प्रज्ञा प्रतिष्ठानको कुलपति समेत भइसकेका घिमिरेको गौरी (२०१४) शोककाव्य कविताको कसौटी हो भने यिनले गोविन्द महाकाव्य पनि लेखेका थिए तर त्यो हराइसकेकाले हाल अर्काे ऋतम्भरा महाकाव्य लेख्दै छन् । उनका गीतसङ्ग्रह, कवितासङ्ग्रह, खण्डकाव्य, गीतिनाटक, निबन्ध र कथासङ्ग्रह आदि अनेक कृति प्रकाशित छन् । यिनलाई नेपालको त्रिभुवन प्रज्ञा पुरस्कार (२०३२) प्राप्त गर्ने र राष्ट्रकवि बन्ने श्रेय प्राप्त भएको छ भने अनेक पुरस्कार पनि पाइसकेका छन् । बालगीत र बालसाहित्य रचना यिनको अर्को पाटो हो ।

पूर्णप्रसाद ब्राहृमण (१९७९-२०४६)
गण्डकी अञ्चलकै गोरखा काफलडाँडामा देवीदत्त र गायत्रीदेवीका पुत्ररत्नका रूपमा जन्मेका दुवाडी थरधारी ब्राÞमण नेपालीका कवि, कथाकार, उपन्यासकार हुन् भने यिनले काव्य(खण्डकाव्य पनि लेखेका छन् । यिनको महाकाव्य संस्कृत भाषामा निबद्ध छ, जसको शर्ीष्ाक हो( सत्यहरिश्चन्द्रम् (२००७) । यो तेह्र र्सगमा विभक्त र्सर्ूयवंशी राजा सत्यव्रत हरिश्चन्द्रको त्यागपूर्ण जीवनचरित्र वर्ण्र्ाागरिएको र कर्मयोगको महिमा प्रस्तुत भएको सुन्दर महाकाव्य हो । यिनका अरू संस्कृत काव्य पनि प्रकाशित छन् ।

विनोदप्रसाद धिताल (१९८०-२०६)
गण्डकी अञ्चलको गोरखा जिल्लाका स्रष्टा एवं प्रशासक धितालले एम.ए., बि.एल. गरेर विशिष्ट श्रेष्णीको सरकारी जागिर खाएका थिए । उज्यालो हुनुअघि (२०२८), विष्णुगुप्त चाणक्य (अनु. २०२२) जस्ता उपन्यासका साथै योजना गन्धा (२०५२) उपन्यासमा त यिनले मदन पुरस्कार नै पाएका हुन् तर यिनको एउटा राधा मिलन (काव्य(२०३४) पनि प्रकाशित भएको छ । यिनले प्रसिद्ध इटालियन महाकवि दाँते अलिग्हियरी (सन् १२६५(१३२१) को महाकाव्य डिभाइन कमेडी (सन् १३२०) को नेपाली अनुवाद (२०३०) प्रस्तुत गरेका छन् । यिनले कुनै महाकाव्य नलेखे पनि यस अनुवादले मात्र महाकविको सर्न्दर्भमा यिनलाई प्रस्तुत गर्न पाइएको हो ।

पुष्पराज देवकोटा (१९९१)
गण्डकी अञ्चलको गोर्खा जिल्लाअर्न्तर्गत मनकामनामा पिता कोशनाथ देवकोटा र माता दिलकुमारीका पुत्ररत्नका रूपमा जन्मेका पुष्पराज देवकोटा एक पौराणिक विद्वान् हुन् । उनका सूक्ष्म वेदान्तदर्शन (२०६३), कालु ज्योतिषी (जैसी) को भूतसाधना (२०६६) कृतिका अतिरिक्त चतर्ुदशलीलामा विभाजित तथा ११४६ पद्य भएको सङ्क्षिप्त पद्य रामायण (२०६६) प्रकाशित भएको छ, जसलाई कविवर गोविन्दराज विनोदीले भूमिकामा झन्डै महाकाव्य नै भन्न सुहाउने कृति हो भन्ने टिप्पणी गरेका छन् । यसमा चौधौँ र्सगसम्म रामायणी कथा आबद्ध छ भने यसको अन्तमा श्रीरामगीताको गद्यानुवाद छापिएको छ । यिनले अझै पनि सिर्जना धर्मिता कायम राखेको पाइन्छ ।

खगेन्द्रराज रेग्मी (१९९२- )
खगेन्द्रराज रेग्मी पिता कवि टीकाराम तथा माता … देवीका पुत्ररत्नका रूपमा कास्कीको पोखरास्थित बिन्दुबासिनीनिर जन्मेर नेपाली विषयमा एम.ए. पास गरी प्राध्यापन पेसा अँगालेर पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत रहेकै अवस्थामा दिवङ्गत भएका हुन् । कविता रचना गर्न सिपालु रेग्मीले विनोद महाकाव्य रचना गरेका छन् तर यो महाकाव्य आजसम्म प्रकाशित हुन सकेको देखिँदैन । र्

इश्वरी ओझा (१९९६)
कास्की जिल्लाको थुम्की गा.वि.स.(८, धारापानी गाउँमा पिता बुद्धिसागर र माता गौरीमायाको पुत्ररत्नका रूपमा जन्मेका ओझाले अभिभारा (२०६८) नामक महाकाव्य लेखेका छन् । परिवर्तन (नाटक(२०२३) बाट प्रकाशन आरम्भ गरेका ओझाले केही समय शिक्षण पेसा अपनाए तापनि चितवनको रत्ननगर नगरपालिकाको जयम·लामा बस्न थालेपछि कृषक पेसा नै अपनाएका छन् । साहित्यिक पत्रकारिताका साथ छन्दोबद्ध कविता लेखन यिनको क्षेत्र हो । यी पनि निरन्तर सृजशील प्रतिभा हुन् । छिट्टै यिनको अर्को महाकाव्य आउने सङ्केत पाइएको छ ।

मुकुन्दशरण उपाध्याय (१९९७।१।५)
पिता पण्डित दशरथ र माता केशरकुमारीका पुत्ररत्नका रूपमा कास्कीको हेमजामा जन्मेका र पौडेल थर भएका मुकुन्दशरण साहित्याचार्य, वेदान्ततीर्थ र एम.ए. (नेपाली) उत्तीर्ण गरी लामो त्रि.वि. सेवापश्चात् सहप्राध्यापक पदबाट सेवा निवृत्त व्यक्तित्व हुन् । उनले २०३५ को प्रज्ञा कविता महोत्सवमा प्रथम स्थान र २०२१ मा प्राकृत पोखरा खण्डकाव्यका लागि मदन पुरस्कार प्राप्त गरेका छन् । यिनका छन्दोबद्ध कविताको सौन्दर्य पान गरिनसक्नु छ । उनी नेपाली महाकाव्य रचना गर्दै गरेका व्यक्तित्व भएकाले उनलाई कास्कीका महाकविको श्रेणीमा राखिएको छ । ढिलोचाँडो यिनको नेपाली महाकाव्य पाठकसमक्ष आउनु अनिवार्य छ । झन्डै एक दर्जन यिनका काव्यकृति छरिएका छन्, सृजनामा निरन्तरता छ भने यिनी पछिल्लो समयमा नेपाली व्याकरण लेखनमा तल्लीन छन् ।

प्रा.डा. वासुदेव त्रिपाठी (१९९९)
गण्डकी अञ्चल, तनहुँको भन्सार (भानु गा.वि.स.) मा पिता प्रेमदत्त र माता गोमादेवीका पुत्ररत्नका रूपमा जन्मेका त्रिपाठीले व्याकरणाचार्य र नेपाली एम.ए./पिएच.डी. गरेका छन् भने २०३४ को मदन पुरस्कार पनि पाएका छन् । एकदर्जन जति समालोचना ग्रन्थ लेखेकाले यिनी मूलतः समालोचक हुन् भने कवि महाकवि पनि हुन् । अर्धनारीश्वर (खण्डकाव्य(२०३९), तीन थुँगा (खण्डकाव्यसङ्ग्रह(२०४५), नवपल्लव (गीतसङ्ग्रह(२०४६), देशको महिमा (काव्य(२०४६) सालमा र दुइ वटा कवितासङ्ग्रह सृजनकुञ्ज (२०६७) र जीवननिकुञ्ज (२०६७) प्रकाशित भएका छन् । यी अनेक खण्डकाव्य र कवितासङ्ग्रहका साथै यिनको एक महाकाव्य पनि प्रकाशित भएको छ, जसको नाम लोकलज्जा (२०६८) हो । अर्काे एक महाकाव्य प्रकृतिको तनहुँ (२०६९) प्रकाशनाधीन रहेको ज्ञात हुन्छ । नेपाली भाषा, साहित्य र सिर्जनाका साधक त्रिपाठी निरन्तर क्रियाशील विशिष्ट व्यक्तित्व हुन् ।

पोषराज पौडेल (२००१।५।८)
कास्की जिल्लाको घार्मी भन्ने ठाउँमा पिता डिल्लीराम र माता धनसरादेवीका पुत्ररत्नका रूपमा जन्मेका पोषराज पौडेलले लामो समयसम्म शिक्षण पेसा लिएपछि चितवनको माडी क्षेत्रमा बसाइँ सरेर त्यहाँबाट हाल भरतपुर(१० बसेनीमा बसाइँ सरी सेवानिवृत्त जीवन बिताइरहेका छन् । यिनले माडीयात्रा (२०३९), मेक्सिम गोर्की (२०४३), आमा स्मृतिका छालमा (२०४६ र २०६५), पागल प्रलाप (२०५५), आदर्श कोकिल (२०६५), अग्निगर्भका आवाजहरू (२०६९) नामक काव्य, कवितासङ्ग्रह, खण्डकाव्य, शोककाव्य आदि लेखेका छन् भने यिनका महाकाव्यको नाम हो शहीद गाथा (२०५७) । संस्कृत छन्दमा शालीन कविता रच्ने पौडेल यतिबेला साहित्यिक सङ्घ(संस्थासँग पनि संलग्न छन् भने उनको रचनाधर्मिता अविरल सक्रिय छ । उनको गद्यलेखन पनि सुन्दर छ । हाल चितवनमा बसोबास गर्ने पौडेल पत्रकारिता क्षेत्रमा पनि संलग्न छन् । अन्य कविताकृति शीघ्र निस्कने आशा गर्न सकिन्छ ।

मोदनाथ शास्त्री (२००२)
पिता तुलसीशरण ढकाल र माता दमयन्तीदेवीका पुत्ररत्नका रूपमा गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको किचनाश(४, सिम्लेमा जन्मेका मोदनाथ शास्त्रीले नाटक, काव्यकविता, निबन्ध, उपन्यास जस्ता विधामा कलम चलाए पनि महाकाव्य लेखन यिनको खास लेखन क्षेत्र हो । यिनले प्रकाशित गरेका भानु (महाकाव्य(२०२४), गणेशमान (महाकाव्य(२०५९), ज्वलन्त नक्षत्र (महाकाव्य(२०६०), प्रजातान्त्रिक ऊर्ण्ाायु (अ.प्र.महाकाव्य(२०५४), तिलाञ्जली (महाकाव्य(२०६८), बुद्ध (महाकाव्य(२०६९), गुरुदक्षिणा (महाकाव्य(२०६२), ब्रÞमाण्डपुराण (महाकाव्य(२०६२) रहेका छन् । स्नातक (शास्त्री) सम्मको अध्ययन गरेका शास्त्री शिक्षण सेवाबाट अवकास प्राप्त जीवन भैरहवामा बिताइरहेका व्यक्तित्व हुन् भने अहिलेसम्म पनि उनी लेखन कलामा व्यस्त छन् । यिनका कविता, गीत, खण्डकाव्य, उपन्यास, नाटक, अनूदित ग्रन्थ आदि विधाका दर्जनौं कृति प्रकाशित र अप्रकाशित अवस्थामा छन् ।

जनार्दनशरण त्रिपाठी (२००४)
कास्की जिल्लाको हेमजा(७ मा पिता गजाधर र माता टीकाकुमारीका गर्भबाट जन्मेका जनार्दनशरण त्रिपाठीले रचना रचेको महाकाव्यको नाम हो( नेपालश्री (२०६४) । यिनी निवृत्त शिक्षक भए पनि प्राध्यापन गर्दै छन् । यस महाकाव्यमा शास्त्रीय छन्द र लोक छन्द गरी १०७०० पद्य रहेका छन् । उनका अरू पनि महाकाव्य प्रकाशोन्मुख रहेको सूचना पाइन्छ । हाम्रो भन्नु (प्रबन्धसङ्ग्रह(२०४५), नेपाली वन्यसम्पदा (खण्डकाव्य(२०५९) जस्ता कृति पनि प्रकाशित भइसकेका छन् । निरन्तर सृजनारत यिनी अझै आसलाग्दा प्रतिभा हुन् ।

वसन्त बराकोटी (२००४)
गण्डकी अञ्चलको गोर्खा जिल्ला गाईखुर गा.वि.स.(१, पौवाटारमा पिता डम्बरबहादुर र माता खगकुमारीदेवीका पुत्ररत्नका रूपमा जन्मेका वसन्त बराकोटीले जनयुद्धको स्मृतिस्वरूप मुक्तिसङ्ग्राम (२०६८) नामक महाकाव्य लेखेका छन् । यिनको तल्लो कसेरी किसान सङ्र्घष्ाको इतिहास नामक ऐतिहासिक ग्रन्थ पनि प्रकाशोन्मुख रहेको जानकारी प्राप्त भएको छ । शिक्षण पेसा छोडेर जनयुद्धमा लागेका बराकोटी हाल सृजनातर्फनै उन्मुख भएको अवगत हुन्छ ।

रामनाथ अधिकारी ‘सँगी’ (२००६)
कास्की पोखराको गोर्जे भन्ने ठाउँमा पिता नारायणदत्त र माता … देवीका पुत्ररत्नका रूपमा जन्मेका अधिकारीका निम्न लिखित चारवटा महाकाव्य प्रकाशित भएका छन्( स्वस्थानी (२०६४), मनिराज (२०६५), माधव भट्टर्राई (महाकाव्य), बलराम (महाकाव्य), मनकामना (महाकाव्य) । यिनलाई पनि जीवित व्यक्तिका नाउँमा महाकाव्य लेख्ने लहड चढेको प्रतीत हुन्छ ।

होमनाथ पौडेल ँहिमांशु’ (२००६)
कास्कीको सल्यान, गैह्राथोक, माथिघर भन्ने ठाउँमा पिता देवीप्रसाद (ज्ञानी माहिला देवानन्द) र माता तारादेवी
(तारानन्द) का कोखबाट जन्मेका ँहिमांशु’ हाल भरतपुर, चितवनमा बसोबास गरिरहेका छन् । जन आन्दोलन (२०४६), तीजको कोसेली (२०४८, २०५१ र २०५२) जस्ता ससाना कृतिका साथै शास्त्रीय छन्दमा आबद्ध सत्ताइस र्सगात्मक विभूतिदर्पण नामक ऐतिहासिक महाकाव्य (२०६२) प्रकाशित भएको र अन्य कवितासङ्ग्रह(१ र खण्डकाव्य(१ प्रकाशोन्मुख रहेको जानकारी प्राप्त हुन्छ । यिनको पेसा समाज सेवा र लेखन नै हो । उनी अहिले चितवनमा रहेर सती सम्बन्धी महाकाव्य लेख्न खोजमूलक कार्यमा व्यस्त छन् ।

काशीनाथ न्यौपाने (२००८)
गण्डकी अञ्चलको तनहुँ, तल्लो स्याम्घा(६ निवासी पिता नारायणप्रसाद र माता सन्तमायादेवीका पुत्ररत्नका रूपमा जन्मेका काशीनाथ कानुनशास्त्री हुन् भने उनी शिक्षण पेसामा आबद्ध छन् र आफ्नै निजी विद्यालय सञ्चालन गर्दछन् । यिनले विसङ्गति (नाट्यकाव्य(२०४६) र आभास (दार्शनिक निबन्ध(२०५२), व्यास जन्मभूमि र तनहुँका ऐतिहासिक सम्पदा, नैया जातिको सामाजिक अध्ययन (प्रेसमा), पहिलो कृति चौथो प्रकाशन (कवितासङ्ग्रह(२०५५) जस्ता अनेक कृतिका साथै १८ र्सगमा रचित वीरजा (महाकाव्य(२०६२) समेत प्रकाशित गराएका छन् । यसमा राधाकृष्णको शुद्ध प्रेमको संयोगको नदीका रूपमा वीरजालाई लिइएको छ । यिनको महषिर् वेदव्यास (२०६८) अनुसन्धानमूलक ग्रन्थ प्रकाशित छ भने लेखनमा निरन्तरता रहिरहनु जरुरी छ ।

हरिहर सविता (२००९)
गण्डकी अञ्चलको लमजुङ, अलैँचेमा पिता हेमनाथ रेग्मी र माता सरस्वतीदेवीका पुत्ररत्नका रूपमा जन्मेका हरिहर रेग्मी ‘सविता’ स्नातक भई त्रि.वि. सेवामा लेखा अधिकृत पदमा कार्यरत छन् । उनी कवि हुन् भने कालरात्रि (कथासङ्ग्रह(२०४७) का माध्यमबाट कथाकार पनि हुन् । मणि (२०४८) र जानुका (२०४८) दुइ शोककाव्य, प्रचण्डलाई पत्र (काव्य(२०६४) का स्रष्टा सविताको पहिलो महाकाव्य हो( पुष्पपत्र (२०६५) । यो पत्रशैलीमा लेखिएको मार्क्सवादी चिन्तनमा आधारित महाकाव्य हो । उनको दोस्रो महाकाव्य पनि छिटै आउँदै छ भन्ने सुनिएको छ । हाल चितवनमा बस्दै आएका सविताको कलम निरन्तर चलिरहेको छ ।

गोविन्दराज विनोदी (२०१०)
कास्कीको रूपाकोटमा पिता कृष्णानन्द सरस्वती र माता गौरादेवीका पुत्ररत्न गोविन्दराज विनोदी अत्यन्त मीठा र सुन्दर कविताका रचनाकार हुन् । हाल नवलपरासीको गैंडाकोटमा बस्ने यिनका मेरो वर्तमानता (२०४७/२०६३), निर्मम निर्मम घडीहरू (२०४६), आँखाका नानी (२०५७), छन्दविनोद (२०५९), अविश्रान्त (२०५९), हिमर्स्पर्श (२०६६), अनुपमा धर्ती (२०६६) जस्ता काव्य(खण्डकाव्य र कवितासङ्ग्रह प्रकाशित छन् भने हाल केही खण्डकाव्य र महाकाव्यको रचनामा संलग्न छन् । यिनको महाकाव्य अब छिट्टै्र आइपुग्ने आशामा प्रतीक्षारत हुनु मनासिब होला । शिक्षण(प्राध्यापनमा र पत्रकारिता, कलाकारितामा रमाउने विनोदी अत्यन्त ऊर्जाशील र निरन्तर सृजनारत प्रतिभासम्पन्न व्यक्तित्व हुन् ।

देवेन्द्र लम्साल (२०११)
स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा पिता विश्वनाथ र माता नेत्रदेवीका पुत्ररत्नको रूपमा जन्मेका देवेन्द्र लम्साल पेसाले शिक्षक (प्राचार्य) हुन् । यिनले एउटा मसली महाकाव्य लेखेको उल्लेख विश्वप्रेम अधिकारीले गरेका छन् । यिनका ज्याग्दी र म (खण्डकाव्य(२०३६), ज्याग्दी किनारमा बल्छी खेलेर (कवितासङ्ग्रह(२०४२), स्मृतिपटलमा पिताजी विश्वनाथ (स्मृतिकाव्य(२०५३), बहुलाही राइँदाल्नी (सामाजिक काव्य(२०५४), अभिशप्त प्रेम (कथासङ्ग्रह(२०५५), शान्तिको खोजीमा (कविता गीतसङ्ग्रह(२०६१) प्रकाशित छन् । अप्रकाशित रूपमै भए पनि महाकाव्य लेख्ने हिम्मत गरेकाले यस लेखमा उल्लेख गर्न पाइएको हो । यिनी निरन्तर सृजनशील प्रतिभा हुन् ।

नारायणप्रसाद गौतम (२०१७)
कास्की जिल्लामा पर्ने भदौरे तामागी भन्ने गा.वि.स.(५, ठुलाखेतमा पिता जयभद्र र माता पद्मावतीदेवी पुत्ररत्नका रूपमा जन्मेका गौतमले कुमार गौरव (२०६२), रमेशचन्द्र (२०६५) र गौरीवल्लभ (२०६६) यी तीन महाकाव्य लेखेका छन् । नेपाली एम.ए. गरी प्राध्यापन पेसामा संलग्न गौतम शुद्ध लोकछन्द र शास्त्रीय छन्दका रचयिता हुन् भने यिनका अन्य कवितासङ्ग्रह, निबन्धसङ्ग्रह, संस्कृति, पाठ्यपुस्तक, समालोचना, जीवनी आदि अनेक कृतिहरू प्रकाशित छन् । यी पनि माधव वियोगी झैँ जीवित व्यक्तिका नाउँमा महाकाव्य लेख्न कम्मर कसेका प्रतिभा हुन्, यिनको लेखनमा निरन्तरता छ ।

माधव वियोगी (२०१८)
कास्कीको अर्घा, झाँझमारे (कालिकास्थान), घिमिरेथर भन्ने ठाउँमा पिता अग्निधर घिमिरे र माता विष्णुमायादेवीका पुत्ररत्नका रूपमा जन्मेका वियोगी कानुन स्नातक र शिक्षाशास्त्री तथा नेपाली एम.ए. हुन् । यिनी प्राध्यापन पेसामा आबद्ध छन् । यिनका प्रकाशित दुइ कवितासङ्ग्रह, चार खण्डकाव्य, एक(एकवटा बालपाठ्यसामग्री, गजलसङ्ग्रह, गीतिसङ्ग्रह र निबन्धसङ्ग्रह रहेका छन् भने छन्दशिरोमणि (२०६०), धर्मराज (२०६१), जगदम्बा (२०६२), जुरेली (२०६३), पुष्पलता (२०६४) र नाट्यसम्राट (२०६८) गरी छवटा महाकाव्य प्रकाशित भएका छन् । शास्त्रीय छन्द र लोकछन्दमा कविता लेख्ने वियोगी ँछन्द बचाउFm अभियान(२०५३’ घोषणा गर्ने छन्दवादी कविसमेत हुन् । यिनका नाममा गठित माधव वियोगी वाङ्मय प्रतिष्ठान, नेपालले छन्दनायक माधव वियोगी अभिनन्दन ग्रन्थ (२०६७) प्रकाशित गरी यिनको भव्यरूपमा र्सार्वजनिक अभिनन्दन गरेको छ । यिनको कलम निरन्तर चलिरहेको छ ।

नारायणप्रसाद पोख्रेल (२०२०)
गण्डकी अञ्चल, गोर्खा जिल्लाको मनकामना(६, बनौतीमा पिता पद्मविलास र माता हेमकुमारीदेवीका पुत्ररत्नका रूपमा जन्मेका पोख्रेल शिक्षण पेसा आबद्ध छन् । यिनी सुन्दर शास्त्रीय छन्दमा कविताकाव्य रचना गर्ने कवि हृदयशाली व्यक्ति हुन् । यिनले तीजको गीत (२०५९), तालिमको सिलसिलामा (कविता(२०६०), टोपी (कवितासङ्ग्रह(२०६२), मर्स्याङ्दी (खण्डकाव्य(२०६३), प्रतिबिम्ब (काव्य(२०६५) प्रकाशित गरेका छन् भने यिनको १७ र्सग भएको अमरगाथा (२०६७) नामक महाकाव्य समेत प्रकाशित भएको छ । यिनका कलमबाट क्रान्तिकारी धाराका कविताका र्छरा छुट्छन् । यिनको लेखनी निरन्तर चलिरहेको छ ।

पवित्रा घिमिरे/छन्दिका (२०४२)
कास्कीको लेखनाथ नगरपालिका, झाँझरमारेमा पिता माधवप्रसाद घिमिरे ‘वियोगी’ र माता सरिताकी पुत्रीरत्न तथा शड्ढरमणि त्रिपाठी अर्थात् नयाँ नेपाल महाकाव्यकारकी पत्नीरत्नका रूपमा रहेकी छन्दिकाको वास्तविक नाम पवित्रा घिमिरे हो । यिननले आदर्श पुष्पा (२०६३) नामक महाकाव्य प्रकाशित गरेर महाकविकी पुत्री, महाकविकी पत्नी र स्वयं महाकवयित्री समेत बन्ने विश्वकै पहिलो अवसर पाउने नारीरत्नका रूपमा ख्याति पाएकी छिन् । यिनको एउटा जता हेर्‍यो उतै आगो (कवितासङ्ग्रह(२०६३) पनि प्रकाशित छ । यिनका सृजनामा निरन्तरता रहेको छ ।

शङ्करमणि त्रिपाठी/छन्दमणि (२०४४)
कास्कीको हेमजा(६ मा पिता कमलमणि त्रिपाठी र माता भीमलक्ष्मीदेवीका पुत्ररत्नका रूपमा जन्मेका शड्ढरमणिले आफ्नो साहित्यिक नाम छन्दमणि राखेका छन् । उनी स्नातक हुन् भने पेसाले शिक्षक हुन् । यिनले देशको अनुसूची (कवितासङ्ग्रह(२०६३), छन्दबहरका शब्दलहर (गजलसङ्ग्रह(२०६५), तर·का अभिव्यक्ति (कवितासङ्ग्रह(२०६५) कृति लेखेका छन्। हालै यिनले नयाँ नेपाल (२०६६) महाकाव्य प्रकाशित गरेर उमेर अवस्थाले समेत यस अञ्चलकै मात्र होइन, अहिलेसम्मका सबभन्दा पछिल्ला महाकवि बनेका छन् । यिनी महाकवि माधव वियोगीका ज्वाइँ हुन् भने महाकवयित्री छन्दिका (पवित्रा घिरिमेका) पति हुन् । यिनका कलममा निरन्तरता छ ।

भीमकुमार श्रेष्ठ ( )
गण्डकी अञ्चलको तनहुँ जिल्लाका जन्मेका भीमकुमारले रचना गरेको महाकाव्य बन्दीपुर (२०६९) हालै विमोचन भएको ज्ञात भएको छ । अन्य रचना के–कति छन् त्यो अध्ययन हुन बाँकी नै छ ।

उल्लिखित महाकाव्यकारहरूमध्ये २० जनाका नेपाली महाकाव्य प्रकाशित गरेका छन् भने दुइ जनाले संस्कृत महाकाव्य प्रस्तुत गरेका छन् । चार जनाका महाकाव्य अप्रकाशित छन् भने तीन जनाका महाकाव्य सृजना भइसकेको अवस्थामा छैनन् । तीन जनाले विभिन्न भाषाका महाकाव्यको अनुवाद प्रस्तुत गरेका छन् भने एक जनाको महाकाव्य कुन भाषामा रहेको छ, त्यो स्पष्ट खुलेको छैन । गण्डकी अञ्चलका प्रकाशित महाकाव्य भने ४१ वटा रहेका छन् । यस अञ्चलका पाँच जिल्लामध्ये कास्कीका एक्काइस, गोर्खाका चार, तनहुँका सात, लमजुङका तीन र स्याङ्जाका दुइ जना महाकवि रहेका छन् । थाहा नभएका र भेटाउन नसकिएका महाकवि र अधुरा वा पूरा भएका महाकाव्यबारे खोजी जारी नै रहने छ । यसरी गण्डकी अञ्चलका मेधावी स्रष्टाहरू विभिन्न कारणले विभिन्न जिल्लाहरूमा बसे तापनि उनीहरूको आ–आफ्ना जन्मस्थानसँग अटुट सम्बन्ध भइ नै रहेको हुन्छ ।

भूपि शेरचनले भनेकै छन् :
‘म जति टाढा भए पनि
त्यो मेरो देश
सधैँ मेरो मनले
सपनामा पाइला टेकेको हुन्छ’
( मेरो देश, घुम्ने मेचमाथि अन्धो मान्छेबाट)

अन्तमा कास्कीका माधव वियोगीको महाकाव्य लेखन अभियानमा साथ दिने नारायणप्रसाद गौतम र रामनाथ अधिकारी ँसँगी’ छन्दिका र छन्दमणि आदिको महाकाव्य लेखनकला दिनानुदिन बढोत्तरीतर्फलागेको छ भने अन्यत्र देखिएका महाकाव्यहरूलाई आकार, आयतन, वजन र सङ्ख्या एवं गुणस्तरमा पनि उछिन्न सक्ने होऊन् भन्ने अभिलाषा नगरिरहन सकिँदैन । यसैगरी तनहुँ, गोर्खा, लमजुङ र स्याङ्जाका कवि(महाकविहरूले प्रयत्न गर्ने हो भने कास्कीको हाराहारीमा पुग्न समय लाग्ने छैन । मानिसहरू भन्छन्, यो महाकाव्यको युग होइन, तर जुन बेतोडका साथ महाकाव्य लेखिँदैछन्, त्यस आधारमा बिलकुल सिद्ध हुन थालेको छ, यो महाकाव्यको युग हो । यो बुढो पुरानो पुस्ताको कौतुक मात्र होइन, यो वर्तमान नवीन पुस्ताको चाहना र आवश्यकता अनि महत्त्वाकाङ्क्षा पनि हो ।

प्रा.डा. नारायणप्रसाद खनाल, भ.न.पा.(५, लङ्कु, चितवन
९८४५१५४३५७
लेखक बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर मा नेपाली विभागका प्रमुख हुनुहुन्छ ।

हाम्रो सिर्जना १३,औँ अङ्कबाट साभार

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.