~चुडामणि रेग्मी~
म सुनौला सुन्तला र धान फल्ने तर रुन्चे वेहुली वोक्ने डाली जस्तो यस गाउँमा के सुनिरहेँछु ? विचित्रवाणी गाउँमा नभअेका कुरा । म के देखिरहेछु ? उसको ढङ्ग नभअेको वाङ्मुखे लोग्नेले वनाएको वाङ्गो घरको छाना उदाङ्ग भअेको छ र अकाससित मितेरी लाइरहेको छ । म देख्छु– टाट्नो शून्य छ र दाउराका हार छैनन् । कस्तो शून्य ! पहेँलो चोलो लगाउने विचित्रवाणीको त्यो घर फुस्रो, निन्याउरो, फुङ्ग ! के म सम्झिन्न ? यहाँ लुकी–लुकी आउने ठिटाको धुइरो लाग्दथ्यो, यहाँ गफमण्डली मजाले जम्दथ्यो । ओहो ! यो कसैले अेक दशक खेलेको थलो पो हो ! उजाड थलो ।
अहिले मेरा आँखा रसाअे–रसाअेनन् म भन्न सक्तिनँ । यस्ता विरक्तलाग्दा दुई–चार अरू पनि त कुरा छन् नि ! ढुङ्गाना साहूको मृत्यु भयो, अनिकालले चिम्से कमिनीको दुरावस्था भअेको छ र भारतीय रुपियाँको अवमूल्यनले गाउँलेको घर–घरको मेसो र चालामा फेरफार छ । मलाई लाग्छ– पक्का पनि यो विचित्रवाणीको अभाव आर्थिक कारणले नै होला । यसैले अेकदम भर्खरको (आफ्नो निम्ति) तन्देरी मेरा आँखामा राती निन्द्र आउँदैन । मलाई उसका अभावले आफ्नो ठाउँको मुख्य माल हराअे झैं भअेको छ, फोकैफोकाले मानौं आकास भरिअेको छ– तिरिमिरि !
गाउँमा उसका कुरा हुन्छन्, ‘मान्छे विचित्र–विचित्र नै थिई जस्तो नाम उस्तै काम ! (अेउटा गरिवका घरमा आई, अँध्यारो पारेर गई !)’
खास गरी ग्रामीण धनी–महाजनका स्वास्नी, मुखिनी र पण्डितिनी वज्यैका कुराहरूले मलाई वेचैनी र उत्तेजित गराअेको छ । के कुनै नारीलाई राम्री भअेर वाहुनको कोखमा जन्मिने हक छैन ? के प्रत्येक रमाइलो पदार्थ ‘दृश्य’ होइन र दृश्यले आफ्नो प्रदर्शन नगरेर हुन्छ र ?
मलाई विचित्रवाणीको अनुहार झल्झल्ती संझना छ । ससुराका पालादेखि कमाइ आअेको खेत उसले पनि कमाअेको थियो । ऊ अेक दिउँसो आँगनको तगारावाट अप्सरा जस्तै छिरी र दलानमा वसी । मैले उदेकिँदै सोधेँ, ‘चिनिनँ मैले त ? को ?’
“तपाईले चिन्नुभअेन होला, म गैराघरकी हुँ– कालुपाध्येकी नातिनी वुहारी !”
म अकासवाट पाताल झरेँ । मलाई पत्यार लागेन– नेपालमा यस्तो सुन्दरता हुन्छ भनेर र मलाई महान् उदेक लाग्यो– यो गाउँमा यस्ती परी भअेको देखेर ! तत्कालै मेरो मनमा पाप उव्जियो– के वाङमुखेकी स्वास्नी हो यो ? छि ! अन्याय र अधर्म भनेको यही हो !”
मैले उसलाई वडो आदरसाथ भनेँ– “भाउजू, यस गाउँको जन्म मात्र मेरो भने हुन्छ, हुर्केँ अरूतिरै । तपाईँलाई चिनिनँ । खेत रोपेको छ होइन त मेरो ?”
“हो, त्यसैले त कुत घटाइ मागुँ भनेर पो आअेकी म त !” उसले यति भन्दा हुने घाटाले मेरो चेहरामा अँध्यारो फाल्यो । म अँध्यारिअेँ र त्यो उसको चेहरामा पनि मैले छरि दिअेँ ।
ऊ गअेपछि मलाई राति खटपटी भयो । “मेरो जेथा मेरो शत्रु हो । जे–जति छ, म यसको फन्दामा अेकदमै उँभो उठ्तिनँ ।” भावुकताले जितवाजी गरेको थिअेन । आखिर मङ्सिरमा उसको कुत घटाअेर वुझाउने नै निधो निकाली । खेतमा झगडा भयो । उसले थै–थै पारेको नचाअेको र सुर्याअेको वाङ्मुखे उफ्रियो र मलाई भन्न लाग्यो– “वनारस गअेर पढेका जान्ने–वुझ्ने अरे । फेरि पत्रिकामा भने ‘सामन्तीले ठगे’ भन्ने ! कता छ किताप पल्टाऊ !”
म चाहिँ ‘अरे’ कुरा वुझ पचाइ गरेको कागज मोहीपत्रको मात्र कुरो गर्न थालेँ । विचित्रवाणीले मुद्दा यसरी छिनी, तपाईँ खेतमालिक हामी खेती रखवाला– वरावर हक छ, वरावर वाँडौं !” उसले मेरी श्रीमती र छोराछोरीको चर्चा गर्दै उसको अेउटा छोरो देखाई र भनी– “हेर्नोस् त यो कस्तो छ ?”
मान्छे विचित्र नै थिई ऊ । यो साह्रै पछाडि परेको गाउँभित्र पनि कुरा जान्ने उज्यालो थिई ऊ । मलाई हारले र घाटाले रिस त उठ्यो, तर उसका तर्क र प्रमाणले तत्कालीन आफैंले चलाअेको हावाले समेत मन मान्यो र अर्को वर्षदेखिलाई पनि अधियाँको तय भयो । मैले आफ्ना अरू खेतमा पनि यही प्रथा चलाउन वाध्य हुनुपर्यो र किसानको अँधिया मागको समर्थक र प्रचारक पनि भअेँ ।
यो त उसको र मेरो अेक किसिमको सामाजिक नाता थियो । ममा उसलाई जान्ने कुत्कुती वढी नै रह्यो र उस विषयको सम्पूर्ण जानकारी श्रीमतीवाट भयो । उसको माइत भोजपुर दलगाउँ र उसको मामल सिस्नेरी । उसका मामा जागिरे भअेकोले ऊ धेरै दिन भोजपुरमा वसी । उसको उमेर साह्रै धेर नभअे पनि दुर्भाग्यले गर्दा उसले पेट वोकी । हल्ला त धेरै ! भन्न नहुने, जे भअे पनि मामाका साथी दुर्गाप्रसाद वाजे भअेकाले म मद्दत गर्छु भनी आफ्नो वाङ्मुखेको लागि भाग्य !– श्रीकृष्ण जस्तो छोरो पायो । वाङ्मुखेका भोजपुरमा नै वुढामामली भअेकाले चैनपुरे उसका निम्ति यो कुरा सरक्क संभव भयो ।
मैले संझेँ– वाङ्मुखे एकपल्ट दुर्भाग्यवश खोलापारि वनमा घाँस काट्न जाँदा भिरवाट खँदारिएको थियो र मुखवाङ्गो भअेको थियो । ऊ काम त गर्ने, तर साधारण वुद्धि र ढङ्गको गरिव मान्छे थियो । –आश्चर्य ! व्यवहार कसरी चल्ला !”)
श्रीमतीले वताइन्– यो एकदमै अनौठो कुरो छ यहाँ ! रूप उसको विचित्र छ र वोली यति मिठो छ– गाउँमा ऊ जस्तो कोही छैन ।
विचित्रवाणी ! विचित्रवाणी ! विचित्रवाणी ! मेरो दिमागमा टाइप भयो, शिलालेख भयो । मेरो अन्तस्तलमा एक विउ रोपियो, घाम लाग्यो, हावा लाग्यो, पानी पर्यो, उज्यालो र अँध्यारो सव मिसियो र आँकुरा पलायोः विचित्रवाणी गाउँमा अप्सराको औतार ! विचित्रवाणी एक परी ! विचित्रवाणी मिठा वोलीहरूकी खानी !
खुल्दुलीले मलाई अगाडि वढायो । गाउँ डुल्न जाँदा म उसका घरतिर जान थालेँ (पैतालाहरू यसरी कतै लाग्दारहेछन् !) ऊ आउने मान्छेलाई पिँढीमा वस्न पिरा दिन्थी । ऊ कहिले रुमालमा वुट्टा हान्थी र ओठ वङ्ग्याउँदै नाकमा स्याँकको आवाज दिँदै कुरा सुन्ने गर्थी र आवश्यक कुरा गर्थी । उसका छाती चेस्टरका अभावमा उति नकसिए तापनि पहेँला चोलामा आकर्षक देखिन्थे । आँखामा सायद थोरै गाजल पनि हुन्थ्यो र तीर छुट्न तयार धनुष्वाण लाग्थे । (ति ! काव्यकी नायिका !) आवश्यक शारीरिक अग्लाइ कपाल थोरै लामो र गोपुच्छाकार लाग्थ्यो । प्राय रातो सारी लगाएको हुन्थ्यो (विचित्र छवि !) सिम्रिक गोलाकार लगाएको हुन्थ्यो र गोधूलिको आकाशको भान पर्थ्यो । सवैभन्दा वढी सव तारिफ गर्थे उसका मोटा जिउको र मोटो नाकमा चट्ट परेको टम्म मिल्न खोजेको वुलाकी सुहाअेको कुरा । ऊ तन्देरी केटाहरूसित धनीहरूको निन्दामा भन्थी– “मलाई धनीहरूको कुरा सुन्न मन लाग्दैन । वडा ठग, धूर्त, चपरचन्ड र वेइमानी हुन्छन् । यसैले मैले वावुलाई भनेँ– “गरिवकै घरमा गुजारा गर्छु ।” (उसका सम्मुख कसैले पनि वाङ्मुखेका निन्दा वा स्तुतिमा कुरा गर्दैनथियो !) रूपवतीको गाउँमा चर्चा हुन्छ र आइमाइरू निन्दा गर्छन् । त्यस्ताको जवाफमा तगडासँग ऊ भन्थी– “अहो ! यहाँका कुवाका व्याङ आइमाई जस्तो संसारमा कोही छैनन् होला ! कसैको इज्जतको ख्याल नराखी जे पायो उही भन्दछन् । म यस गाउँका घर–घरका भेद वताउन सक्छु । को साँच्चो पतिव्रता छ, को कति धर्मकर्म गर्दछ, को कति जाँगरिलो छ !– रातभरि धामी नचाउने धामीका स्वास्नीहरू !
ऊ तन्देरीहरूको साह्रै राम्ररी कदर गर्थी । म उमाथि लट्टू भइसकेको थिअेँ, तर अेउटा यस्तो ढोका विचमा थियो– अेक दिन उघ्रियो । म मङ्सिरको वेला, एक दिनको टाढाका खेतवाट ज्यालामा धान वोकी ल्याउने खेताला खोज्न गाउँमा राती घुम्दै जाँदा विचित्रवाणीका घरतिर पनि पुगेँ । मेरो सानाको वलियो शत्रु भीमप्रसाद भित्र वसिरहेको रहेछ । ऊ मुखियाको छोरो, जमिन्दारको छोरो । अेक दिन उसले वनमा गाई हेर्न जाँदा पाखामा मलाई वेस्मारी कुटेको थियो । कारण थियो उसकी घरकी तरुनी नोकर्नी (जो ऊभन्दा वढी उमेरकी थिई) लाई वलजवर्जस्ती प्रेममा फँसाउने उसको सुरमा म त्यहाँ पुगेँ । मलाई तत्काल सम्झना भयो– म उससित साटो फेर्न चाहन्थेँ र पढेँ पनि ।
मलाई मानवको वेहोस्ताअन्सार तिनीहरूको चरित्र हेर्न मन भयो । विचित्रवाणीप्रति हुनसम्म रिस उठिरहेको थियो । मलाई वाङ्मुखेको औधी मायाँ लाग्यो । रूपका लोभमा यो अँध्यारा जीवनमा गुज्रिरहेछ– वत्तीमा होम्मिअेको छ पुतली झैं । भार्या रूपवती शत्रु, यसलाई पटक्कै सुझ्दैन ! (कस्तो हुन्छ त जीवन विना सुरक्षा र पत्यारको !) उसदिन कसरी स्वास्नीको माइक भअेर मसित उर्लेको थियो । वाङ्मुखे कुनै गाउँमा घुम्न गअेको हुनाले उसलाई थाहा छैन उसको पिठ्यूँपट्टि उसलाई कतिओटा तरि फ्याँकिदैछ – चेतनाविहीन ! म ? ढुक्क लुकेर वसेँ । मासु पकाएको वास्ना आयो र रोटी पनि पाक्यो (लाग्यो रोटी सुनौला हुनुपर्छ !) मेरो पुम्स्त्व उत्तेजित भयो, डुगडुग काम पनि छुट्यो र मैले आफूलाई आफैँमा आहूति दिअेँ अनि आधारात घर फर्किअेँ ।
जे होस्, हृदय सज्जन जस्तो चिज हो, जसले त्यस दिनको कुरा विर्सियो । आखिर गाउँमा वसुन्जेल, वेकारमा दिन विताउन्जेल भनेर विचित्रवाणीका पिँढीलाई मैले सजाअेँ ।
गाउँका केटाको आशय थियो– विचित्रवाणी अेउटा ठुलो प्राप्ति हो, जसलाई प्रत्येक तन्देरी सदुपयोग गर्न चाहन्छ ।
निस्स्यै नै उसवारेका संझना धेरै छन् । ऊ दाउराका हार लगाइरहेकी हुन्थी । (पटक्कै काम नगर्ने ऊ कहाँ थी र ?) उसको दाउरा विछ्याउने काममा अेउटा राम्रो कला थियो, फेरि उसको लोग्नेको घर थियो नि ! ऊ राम्री थिई र उसको लोग्ने वाङ्मुखे थियो ।
कहिलेकाहीँ ऊ काखीमा वाख्रालाई तितेपातीको घाँस च्यापेर आअेकी हुन्थी । ऊ दोस्थी आफ्नो कर्मलाई र वाङ्मुखेका अकर्मण्यतालाई धिक्कार्थी । ऊ माइतका कहिले गुणगान र कहिले साधारण निन्दामा पनि मसित हुने समय कटाउँथी । उसमा र ममा अेउटा महान् साँध थियो । मैले त्यही वुझेँ, जो म थिअेँ । म उसको तरुनीपनको साथै नारीपनको नमुना भेट्टाउन झैंमा मुग्ध थिअेँ । म भावावेशमा भअे पनि दविन्थेँ । उससितका वासनात्मक उत्सुकता त्यसै दव्थे । म त्यति समय उससित गुजार्न असमर्थ हुन्थेँ, जति मलाई फुर्सत हुन्थ्यो । दुस्चरित्रको अेउटा ‘भयाक्रमण’ ममा व्याप्त थियो र ‘कर्तव्यनिष्ठता’को पगरी सायद स्वयंले गुतेको थिअेँ । म पनि उसवाट पाउँथेँ– नारीवाट पुरुषमा खोज्ने गुण जाँच्ने उसको शक्ति । अेउटा रेखाङ्कन भयो । कुरो कति गजवको थियो– ऊ आफ्ना वालक कालका कुरा सुनाउँथी, गाउँका तिता अनुभव भन्थी । प्रायः म देशको वर्णन र युगीन प्रवृत्ति उसलाई सुनाउँथेँ । मलाई नलागेको होइन– म यसलाई वाङ्मुखेवाट निवृत्त पार्न खोजिरहेको त छैनँ ? (आखिर यहाँ के भयो र ?)
समय वित्दा देशमा अेउटा ठुलो परिवर्तन आयो र म जागिरदार भई हिडेँ ।
आफ्नो गाउँको हालचाल मलाई थाहा भइरहन्थ्यो । (अेउटा लामो धागो म, जसको फेद गाउँसित छ र जसले चुँडिनुहुन्न !) म १÷२ पल्ट गाउँ गअेँ पनि । यस समयमा मलाई थाहा हुन्थ्यो, वाङ्मुखे गाउँलेसित आछाम पनि जान्छ र वर्ष दिनमा नगण्य रुपियाँ कमाअेर ल्याउँछ । गाउँमा वस्दा खेती गर्छ । त्यस घरमा अेउटा साविक क्रम चलिरहन्छ ।
मैले विचित्रवाणीलाई विहिवारे हाटमा भेटेँ । उसका ३ सन्तान भअेछन्, जसमा पहिलो मात्र जीवित हुन सक्यो र पनि उसको वोलचाल र आत्मविश्वासमा मैले कमी देखिनँ । गाउँमा गुनासो यस्तै – ऊ वसी–वसी खान्छे, लोग्नेलाई दुःख दिन्छे । मेला–पर्म जान्न ‘रूपले पालिअेकी’ यस्तै नै थियो र मैले वाटो हिँड्दा देखेँ– वाङ्मुखे टाँकीको घाँस झारिरहेछ र विचित्रवाणी वटुलि रहिछ । मलाई थाहा भयो ऊ लोग्नेसँग खुप कचकच गर्छे ।
मैले आश्चर्यको अनुभव गरेँ र म सहरिया वुद्धिजीवीको ‘नैराश्य’को सत्ता स्वीकार गरिरहेको थिअेँ । कति अचम्मको कुरा हो– मैले निर्णय नै गरेँ– जीवन उकुसमुकुस हो, जीवन भिडभित्रको खेल हो, जीवन प्रदर्शनी हो । विचित्रवाणीको समय कसरी गुज्रिरहेछ र वाङ्मुखे मरेको पौरुषतामा कसरी निर्वाह गरिरहेछ ! (परन्तु यस विषयको मेरो चिन्तनाले नै यहाँ के हुन्छ र !)
कुरो यो साँचो हो– दुर्भाग्यवश यस गाउँमा लगातार ४÷५ वर्षदेखि नै अनिकाल चम्किरहेछ र वजार अपार महँगो छ । हुन्डरीले वन–वगैँचा केही राख्तैन र पातपतिङ्गर फुल सव उडाउँछ ।
‘सौगात’
– चुडामणि रेग्मी, झापा।
मेची क्याम्पस (प्राध्यापक)
(स्रोत : Voiceofjhapa)