~सीता अर्याल~
लण्डन सहरको पिकाडेली सकर्सतर्फ विषेश जरुरी काम भएकाले म सधैँभन्दा केही मिनेट छिटै घरबाट निस्केँ। मलाई ननिस्कियुन्जेल निकै तनाव महसुस भैरहेको थियो कारण निकले फोन गर्छ कि भनेर। उसले फोन गर्यो भने घन्टौंसम्म पनि राख्नै मान्दैन। निकको आदतले मलाई छक्क पारेको छ। टेलिफोनबाट पनि यति लामो गफ गर्ने मान्छे मैले कतै देखेको छैन। उसले समयको महत्व बुझेको महसुस उसँगको एक वर्षो सङ्गतको अन्तरालमा पनि मैले अनुभव गर्न सकिन। मैले कैयौं पटक सम्झाएँ पनि तर मुसुक्क हाँसेर टारिदिन्छ। म मनमनै उप्रति मुरमुरिएकी हुन्छु। भेट्ने वित्तिकै सम्झाउँछु। गाली पनि गर्छु भनेर कस्सीएको मन उसको सामुन्ने पर्ने वित्तिकै गरुडको अगाडि र्सपजस्तै हुन्छ। उसको रुपनै त्यस्तै छ। जो पनि उप्रति सम्मोहित हुन वेरै लाग्दैन। उस्का सुनौला केशरासी जस्ले निधारसम्म टेक्न आइपुगेका छन्। कुइरा होइनन्, निला-निला आँखा जसलाई जति हेर्दा पनि तृप्ती भएको महसुस हुदैन। कद ठिक्कको छ अर्थात ६ फिट। मलाई अत्यन्त मन पर्ने कद हो तर उस्ले मलाई किन मन परायो – म रुपमा अब्बल नारी त होईन। मप्रति उ यस्तो आकषिर्त किन भयो – म अनभिज्ञ छु।
मेरो सेलमा घन्टी आयो। हेलो… † म पिकाडेली र्सकसतिर हिँडेकी। उसको नंवर मेरो सेलमा देखेपछि नसोधिकनै मैले पछि दिनु पर्ने जवाफ पहिले नै दिइहालेँ। निकले ठिक छ, ठिक छ म पनि त्यतै आउँदैछु। आज गुड फ्राइडे हो। तिमीलाई याद छ – मैले आज काममा पनि छुट्टी लिएको छु भन्यो।
ताक्छु मुढो बन्चरो ताक्छ घुँडोँ भनेको जस्तै भयो। उस्ले त्यति कुरा व्यक्त गर्यो। यस्को आसय आज मैले अरुलाई समय नदिओस् भन्ने हो तर आज दिनभरि मेरो अर्कै जरुरी काम छ। म दोधारमा परेँ। के गरौं – उस्को कुरा र कार्यक्रमप्रति नाइनास्ती गर्न पटक्कै चाहन्न तर आजको मेरो काम पनि अत्यन्त जरुरीको छ।
ग्रिनफोर्डको सेन्ट्रल लाइन ट्रेनबाट नै प्रायः मेरा दिनचर्या सुरु हुन्थे। क्विन्स्वे आइपुग्दा उसको फोन फेरी आयो। मेरो गन्तव्यमा उ पुगिसकेको जानकारी दिनको लागि उसले मेरो सेलमा पुनः र्सर्म्पक गरेको रहेछ।
म ट्रेनको विचतिरको सिटमा वसेँ। एकै मिनेट पछि ट्रेनको डिम्वा टनाटन भयो तर सिन्की खाँदेजस्तो नभैकन सिटहरू हल्का भरिभराउ भए। चुरोटको धुँवा छैन, कुनै हल्ला छैन। शान्त, सिष्ट छन्। सबै अनुशासित र भलादमी देखिन्छन्। उच्च सभ्यता र परिस्कृत संस्कृतिको परिणति नै त होलानी यो। मलाई लाग्यो हाम्रो नेपालमा पनि यस्तो किसिमको परिवर्तन आएको देख्न पाइएला त –
प्रत्येक मानिस अध्ययनशिल देखिन्छन्। कोही किताव पढ्छन्, केाही पत्रिकामा नयन विछ्याएका छन्। कोही-कसैले एक अर्कामा वास्ता देखाउँदैनन्। छोइएर बसेका छैनन्। पैसा तिरेको कत्ति पनि मन्खत नहुने।
मसँगै अफ्रिकन मुलकी एक अधबैँसे महिला आएर अलक्क वसिन्। म परेँ नेपाली। आफू बाहिर जति भलाद्मी देखिन कोशीस गरेँ पनि पृथक संस्कारमा हुर्केकी र भिजेकी हुँदा आँखाले सवैको चासो खोजिहाल्यो।
ती काली अफ्रिकी मुलकी महिलाको कपाल स्वतः अथवा रङ्गाएर कालो पारिएको थियो। कम्तिमा पचास चुल्ठाभन्दा बढि नै बाटिएका थिए। घाँटीमा मोतीको माला र निख्खरा कालो सुटमा थिइन् उनी। हातका औंलामा कालै नेल पलिस लगाइएको थियो। आँखामा कालो गाजल, आँखीभुइ सुन्दर र कलात्मक थियो। उनका ओठ अत्यन्त ठूला थिए र कालै थिए। हाते ब्याग मात्र होईन घडिको चेन पनि कालै थियो। गोडामा कालो क्लोजसुज टल्किइरहेको थियो। यसरी चट्ट मिलाईएकोले अनुहारमा वेग्लै सौन्दर्य थपेको महशुस हुन्थ्यो।
मैले ती कालि अफ्रिकी महिलालाई धेरैवेर पढिरहेँ। अत्यन्त काली मान्छे, प्राकृतिक कालोपन त छँदै थियो। त्यस माथि अन्य भौतिक सामाग्रीहरू पनि कालै प्रयोग गरेकीले उनलाई कालो रंगप्रतिको मोह अत्यधिक रहेछ भन्ने कुरा र्छलङ्याएको प्रस्ट हुन्थ्यो। मेरै रुचीको कुरा गने हो भने मलाई कालो रंगप्रति पटक्कै मोह अनि लगाब छैन। मेरा काला चिजहरू केही पनि छैनन् तर हिजो म यस्तो एउटा पार्कमा पुगेँ जहाँ ठूला ठूला ड्याङभरि अचम्मका, मनमोहक, सुगन्धी र मनोहर काला फूलहरूले आङ्खना वैंसको प्रदर्शन गरिरहेका थिए। गुलियो रस भरिएकोले होला सायद मौरी र भ्रमरहरू भुन्भुनाइ रहेका देखिन्थे। त्यस दिन पश्चात ममा कालो रंगप्रतिको मोह अलि बढ्न थालेको छ।
लण्डनमा वस्न थालेको एक बर्षभैसक्दा पनि यहाँका चिज-विज, ठाउँहरू, वाटा-घाटाहरू प्रायः नौला-नौला नै लागिरहन्छन्। आजको गन्तब्यको बिचमा जुब्लि गार्डेन पर्दथ्यो। फूलले मलाई अती नै सम्मोहित गर्दछ त्यसैले फूल देखेपछि त्यही फूलहरूलाई हेर्दै दिन विताउन पनि सक्छु म। सोहि पार्कका लता-लतीका हेर्दै मनभरिका अतितका श्रृङ्खलाहरू एक पछि अर्को गर्दै सल्वलाई रह्यो। त्यसैमा म केहीबेर चुर्लुम्म डुब्न थाल्छु।
मेरो जिन्दगीमा निकको प्रवेश पनि एउटा अचम्मको क्षण रह्यो। आङ्खनो लक्ष्यसम्म पुग्नको लागि म अन्यत्र कतै कोहीतर्फ ध्यान दिने छैनजस्तो लाग्थ्यो। निक र म भेट भएको दिनदेखि नै उ मप्रति विषेश आकषिर्त हुन थाल्यो। ममा के छ त्यस्तो आकर्षाशक्ति – म भन्न सक्तिन तर निक भने मसँग लिसो टाँसिएसरह टाँसिन थालेको छ। केही समय यतादेखि त झन् प्रत्येक विक्केन्डहरुमा हामीसँगै हुन्छौं। कैयौ पटक त उसले आफ्नो आमा बुबासँग पनि भेट गराएको छ। मेरा आमाबुबा टाढा भए पनि निकको आमा बुबाबाट मैले धेरै ममता पाएकी छु। अब त निकलाई छोड्न सक्तिन होला पनि। उसको व्यवहारमा पनि किन्चित फरकपना देख्दिन।
उ खुसीले उफ्रँदै आइपुग्यो। ग्वाम्लाङ्ग अङ्गालो हालेर गाला जोड्ने, म्वाई खाने गर्दथ्यो भेट हुने वित्तिकै। आज पनि त्यसै गर्यो। त्यस्तो किसिमको संस्कारमा नहुर्केकी मान्छे मलाई भने त्यस्तो व्यवहार सहज लाग्दैनथ्यो तापनि वाध्य थिएँ किनकी मलाई उ मन पथ्र्यो र उ पनि मरिहत्ये हाल्थ्यो।
निक कहिल्यै पनि मेरो कामको बाधक भएन र उ पनि सकेसम्म आफ्नो काम छोड्दैनथ्यो। आज किन होला काममा नगएको – पक्कै पनि केही खास हुनुपर्छ। उसको हातमा गिफ्टका पोकाहरू देखिन्थे। कसैको वर्थडे पो होकी – यस्तै तर्क गर्दै थिएँ म।
मलाई आज टि्रट ख्वाउन्नौ – अचानक मेरो एकाग्रता भङ्ग गर्यो। झसंङ्ग भएँ। आज अगस्ट एक। मेरो आङ्खनै वर्थडे। ओहो † म कस्तो भुलक्कड। पशुपतिनाथलाई सम्झेँ। प्यारा पिता, मातालाई सम्झेँ। मनमनै नमस्कार गरेँ।
मैले आफ्नै जन्मदिन विर्सेको कुरा उसलाई भन्न मन लागेन र संझनाभित्रकै कुरा हो त्यो भने जस्तो गरी भनेँ “अवश्य ख्वाउँछु, किन नख्वाउने” – तर मेरो पर्समा आज रेष्टुरेन्ट जाने हैसियत छ कि छैन पिर लाग्यो। आफ्नो भुलक्कड आदतले बेला-बेलामा नराम्ररी सताएको हेक्का पनि आइरह्यो।
“आज तिमीलाई म लण्डन सहर पुरै देखाउँछु, ल बाटो लागौं” भन्दै उसले मलाई तान्यो। आएको लामै समय भए पनि ‘लण्डनआई’ हर्ेन र चढ्न अनुकूल भैरहेको थिएन। म लुरुलुरु उसको पछि लागेँ।
साइकोलोजिमा मार्स्र्टस गर्दै थियो उ। उस्ले मेरा मनोभाब बु¤mेको जस्तो यसकारण लाग्यो हत्तपत्त आङ्खनो मनिपर्स खोल्यो र पैसा गनेको जस्तो गर्दै मलाई देखायो। उसँग प्रसस्त पाउण्ड थिए। उसको गोरो र पोटिलो अनुहार आज झन् कान्तिमय देखिएको थियो।
जुब्लिगार्डर्ेेो अबलोकन पश्चात ‘लण्डनआइ’ चढ्नको लागि टिकट लियौं र लाइनमा बस्यौं। लण्डनआईलाई अर्को शब्दमा मिलेनियम व्हिल पनि भनिदो रहेछ। यसबाट लण्डन शहरको बिशालता र भब्यताको समग्र अवलोकन गर्न सकिने रहेछ। जुब्लिगार्डर्ेेो पश्चिम छेउमा अनि थेम्स नदीको दक्षिण किनारमा यो लण्डनआई रहेकोले त्यस क्षेत्रको वातावरण नै झन मनोहर देखिएको थियो।
बुढाबुढी र अपाङ्गहरु ब्ााहेक हामीजस्ता युवा युवतीहरुले सो लण्डनआई गतिशिल अबस्थामै अर्धात घुमिरहेकै अबस्थामा पनि चढन सक्दा रहेछन्। बाहिरी वातावरण अत्यन्त जाडो थियो तापनि क्याप्सुल अर्थात डिब्बाभित्रकोर् इयरकन्डिसनले न्यानो अनुभूति गरायो र हामी आप\mनै संसारमा रमाउँन थाल्यौ।
निकले आङ्खनो हातमा भएको गिङ्खटको पोको फुकायो। एउटा ह्वाइट गोल्डमा हिरा जडित सुन्दर औंठी निकाल्यो र मेरो देव्रे हातको साहिली औंलामा लगाइदियो अनि अर्को गिङ्खटको र्यापर खोल्न थाल्यो। मैले आङ्खनो चलन, संस्कार सम्भेँm। कता-कता नरमाइलोपनले मनभरि प्रवेश गर्यो किनकी एउटी युवतीलाई विवाहको स्वयम्वरमा मात्र उसको पतिले औंठी लगाइ दिने संस्कारमा हर्ुर्किएको म। निक मसंँग विवाह गर्न तयार छ तर विवाह अगाडिको यो निकटता मलाई असहज लागिरह्यो।
ँमेरा डयाड् र मम्को तर्फबाट तिमीलाई वर्थडे गिङ्खटँ भनेर त्यहि औंठीसँग म्याच गर्ने हिराको हार मलाई लगाइदियो र आङ्खनो अङ्गालोमा कस्यो। लण्डनआईको क्याप्सुलमा बसेर लण्डन सहरकै दृष्यावलोकनमा रम्नुभन्दा हामी अर्कै संसारमा डुब्न थाल्यौं। मलाई भने सामुन्ने क्याप्सुलका मानिसले देखेर के ठान्लान्जस्तो अप्ठ्यारो लागिरहेको थियो। हुन त युरोपियन मुलुकमा अङ्गालो, चुम्वन भनेको त सामान्य कुरा रहेछन्। र्सार्वजनिक स्थानहरूमा समेत यस्ता दृष्यहरू प्रसस्त देख्न पाइन्छन्। सवभन्दा पहिले मैले यस्ता दृष्यहरू लण्डनकै वाटरलु रेल्वे स्टेसनमा देखेकी थिएंँ। त्यतिबेला मलाई अचम्मका साथै डर पनि लागेको थियो।
समय बितेको पत्तै भएनछ। हाम्रो क्याप्सुलले तीन फन्को मारी सकेछ। घुमाईको तृप्ती पश्चात बिस्तारै जमिनमा झर्यौं। हामी दुवैलाई चर्कै भोक लागिरहेको महसुस भयो। एउटा नजिककैको म्याक्डोनल फाष्टफुड रेष्टुरेन्टमा गई केही खाना उदरस्थ गर्यौं।
मुटु छुने जाडा छ , र्सर्ूयको मुखै नदेखेको कति दिन भैसकेको थियो। पश्चिमाकाशमा करिव २ जुवाजती घाम बांँकी रहेछन्। थालजस्ता आकारका राता घाम धेरै दिन पश्चात प्रस्ट देखिए। रमाइलो लाग्यो। अर्को विकेण्डमा भेट्ने वाचा गर्दै हामी आ-आफ्नो गन्तव्यतर्फ लाग्यौँ।
[कथाकार आफैले दिएको परिचय- जन्म मितिः वि.सं. २०१८।६।१४, जन्म स्थानः बन्दीपुर, तनहुँ । स्थायी ठेगानाः गोरखा बजार । पहिलो प्रकाशित रचनाः भय (कथा), प्रकाशित कृतिहरू- “मृगतृष्णा” कथासङ्ग्रह २०६०, “उपमा” कथासङ्ग्रह २०६२ । अन्य दुई कथासङ्ग्रहहरू प्रकाशोन्मुख छन् । पत्राचार ठेगानाः पो.ब.नं. ७४४१ काठमाडौं, फोनः ४३५९६१५। शिक्षाः स्नातकोत्तरसम्मको अध्ययन । लेखनको मूल विधाः कथा। अनुभवः १९ वर्षको शिक्षण अनुभव।]
-सीता अर्याल, अमेरिका
May 17th, 2008
(स्रोत : माइ संसार डट कम)