बहरबद्ध गजल : नेपाल सुनौलो

~सजना गुरुङ~Sajana Gurung

छन्द – मत्तकासिनी

वीरैले बनाको नेपाल सुनौलो |
त्यागैले सजाको नेपाल सुनौलो |

तोड्ने त्यो नसोचौ मोती सब एकै
धागोमा लगाको नेपाल सुनौलो |

एकै भै रमाउँ हिंसा रिस त्यागी
बूद्दाले रचाको नेपाल सुनौलो |

स्वर्गेको सिरानी प्रकृति कि रानी
धर्तीमा बसाको नेपाल सुनौलो |

अग्लो त्यो हिमाल हो गौरव हाम्रो
जग् मै नभाको नेपाल सुनौलो |

SSS ISS SSI ISS
म य त स
( ६ अक्षरमा विश्राम )

कुश्मा , पर्वत
हाल इजरयल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.