~सेर्गेइ बारुझ्दिन~
अनु. कृष्णप्रकाश श्रेष्ठ.
हिमालयका पहाडहरुमा रहेको सानो मुलुक नेपालको राजधानी काठमाडौंमा सडकहरु ज्यादै साँगुरा छन् । तर ट्य्राफिकहरुको भने घुइँचो रहन्छ । मोटरगाडीहरु प्रशस्तै छन् । त्यसैलै त्यहाँ पैदल हिंड्नु नै बढी राम्रो हुन्छ ।
हामी काठमाडौं उत्रेको पहिलो दिन नै म शहरमा डुल्न निस्कें । साँगुरा तर चहलपहलपूर्ण सडकहरुले मलाई केन्द्रतिर कतै डोर्याएर लगे । म त्यतैतिर लम्किएँ । एउटा फराकिलो चोक आइपुग्यो । देब्रेतिर विशाल घाँसको मैदान थियो भने दायाँतिर राजदर्बार, अनि अगिल्तिर चाहिं मोटरगाडीहरुको लाम, साँढे र राँगाहरुको बगाल, साइकल र गाडा तान्ने मानिसहरुको घुइँचो ।
अग्लो मण्डपमा च्याउको आकारमा बनाइएको चिटिक्क परेको छतमुनि सेतो पञ्जा लगाइराखेको प्रहरी थियो : टञाफिक प्रहरी । उसले कलाकारले जस्तै यातायातको प्रवाहलाई नियन्त्रित गरिरहेको थियो : गाडीहरु, खच्चरहरु, राँगाभैंसी र साँढेहरु, साइकल र गाडा तान्ने मान्छेहरु स्वस्फूर्त ढंगबाट दगुरिरहेका थिए भने टञाफिक प्रहरी चाहिं कहिले दायाँतर्फ फर्केर त कहिले बायाँतर्फ मोडिएर हात हल्लाउँदै थियो र उसको अनुहार ज्यादै गम्भीर देखिन्थ्यो ।
उसको बगलमै सेतो तर मटमैलो देखिने एउटा बडेमानको च्यांग्रा उभिएको थियो । उसका ठूल्ठूला सिंगहरु घुम्रिएका थिए भने लामो तुन्द्रुंग झुण्डिएको दाहञी चाहिं हिउँद बूढा (सेन्ट क्लाउस) को जस्तो प्रतीत हुन्थ्यो ।
त्यो च्यांग्रा त्यहाँ उभिएर सडकमा टञाफिकको आवागमनको अवलोकन गर्दै थियो । म पनि टक्क अडिएँ । उभिएर निहार्न लागें : सबै कुरा निकै रोचक थियो ।
एकाएक टञाफिक प्रहरीले घडीतर्फ नजर दियो, अनि हातको सेतो पञ्जा फुकालेर भुइँमा थचक्क बस्यो ।
च्यांग्राले टञाफिक प्रहरीलाई पुलुक्क हेर्यो । टञाफिक प्रहरीले च्यांग्राको पीठ मुसार्यो र ऊ त्यहाँबाट हिंडिहाल्यो ।
च्यांग्रा उसको ठाउँमा उक्लियो र ठिंग उभियो
उसको रुप रवाफिलो थियो र ऊ निर्धक्क देखिन्थ्यो ।
पहिले जस्तै मूल सडकमा मोटरहरु गुड्दै थिए, सवारहरुसहित खच्चरहरु दगुरिरहेका थिए, वयलगाडा र टांगाहरु लम्किरहेका थिए, साइकलबाज र पैदलबाजहरु हतारिएर अगाडि जाँदै थिए …
च्यांग्रा टञाफिक प्रहरकिो अग्लो मण्ढपमा नचल्मलाएर उभएको थियो र सडकतर्फ हुदै थियो ।
मैले काठमाडौंमा दश दिन बिताएँ । हरेक दिन म प्रहरीको मण्डपमाпїЅ च्यांग्रा र टञाफिक प्रहरीलाई देख्दथें । अझ कहिलेकाहीं त प्रहरीको ठाउँमा च्यांग्रा मात्र एकले उभिएको देखिन्थ्यो । च्यांग्राले टञाफिक प्रहरीको कर्तव्यपालन गरिरहेको हुन्थ्यो ।
पछि मलाई बताइयो : “ओ, यो अनौठो च्यांग्रा हो । त्यो हाम्रो शहरको प्रतीक बनेको छ । यस ठाउँमा त्यो कैयौं वर्षदेखि उभिएको छ ।”
कसलाई थाहा र : मानिसहरु उसको निर्देशन मान्छन् कि प्रहरीको …
अनु. कृष्णप्रकाश श्रेष्ठ
बारुझ्दिन सेर्गेइ आलेक्सेयेभिच,
च्यांग्रा : ट्य्राफिक प्रहरी (कोज्योल रेगुलिरोभ्सीक) ।
जीवजन्तुको कथा (रास्काजी ओ झिभोत्निख), मास्को, १९८० । (पृष्ठ २८ ः २९)
(स्रोत : Freenepal)