कथा : मेरो दोश्रो प्रेम

~सिमियोन रोक्का~Simiyon Rokka

मलाई उसले छोडेर गएको पनि धेरै भएछ तै पनि उसका यादहरु आँखामा अझै झल झली आउछन । भनिन्छ पहिलो प्रेम जसै गरे नि भुल्न सकिन्न अनी पहिलो प्रेम जस्तो अर्को प्रेम गर्न सकिन्न । अनी भन्छन जीवनमा साचो प्रेम एकचोटी मात्र हुन्छ । शायद त्यसैले होला मैले उसलाई भुल्न नसकेको ।

म पसलमा बस्न मन नलागी नलागी बसिरहेको थिए ।

“दाइ मलाई ! कुर्था देखाउनुस् न ! “

एउटा सुन्दर अनुहार मेरो आँखा अगाडि दाई भन्दै असुहाउदो सम्बोधन गरेको देखेर मलाई अप्ठ्यारो लाग्यो । मैले डोमी तिर देखाउदै भने, “नया दिजाइन, हिजो मात्र आएको ! “

उ डोमी तिर हात लम्काउदै भन्न थाली,”मलाई मिल्ने साइजको छ है यो ? निकालुस त हेरौ । “

उसको जिउडालमा मेरा सररर आँखा गए । धेरै पछी कुनै केटी मान्छेलाई निगालेर हेरिरहेको थिए ।

गोरो अनुहार, लामो कपाल, उस्का काला आँखा पछाडि उसका पुष्ट परेका लठ्याउने उकाली पहाडहरु र गहिराइसंगै पटक्क मिलेका कमरलाई हेरेर उसलाई मिल्ने कुर्था निकाले र भने, “यो साइज तपाईंलाई मिल्छ हेर्नुस् त ! अनी यो कलर पनि तपाईंलाई सुहाउछ । “

उ ” के हो तपाईं त ब्यापार गर्नमा मायुर हुनुहुन्छ जस्तो छ त ? “

म : त्यस्तो त होइन, तर कसैको सुन्दरता आँफैले मायुर हो भन्ने भान गराउन वाध्य बनाउछन ।

उ ; कुरा त ! है !

मैले उसलाई चेन्जिङ रूम देखाइदिए । उ चेन्ज गरेर आई । अगी भन्दा फरक र अझ सुन्दर । ऐना हेरै उसले भनी,”तपाइको अन्दाज मलाई मन पर्‍यो ।’

मैले भने, ” अन्दाज नभन्नुस्, त्यो त तपाईंको सुन्दरताले रोजेको रंग नै हो ! सुन्दरतालाई अझ सुन्दर बनाउन सक्ने मेरो कला हुन सक्ला ।”

उ : मलाई आज यही कुर्था लगाएर पार्टी जानु छ । जे होस तपाईंले गरेर मलाई अरु कुर्था हेरिरहनै परेन । पहिलो रोजाइ नै मेरो लागि बेस्ट भयो ।

उसले कुर्थाको मुल्य सोधी । मैले केही मात्र आफ्नो मार्जिन राखेर मुल्य भने । मुल्य सुनेर

उ : किन हो ? मैले सोचे भन्दा बढी छ त !

म : शायद तपाईंले त आज सम्म आफुलाई नै कम सुन्दर सोच्नु हुन्छ होला । मेरो आँखाले हेर्नुस्, तपाईंको सुन्दरता बढी र मुल्य कम पाउनुहुन्छ ।

उ : हाहा ! कुरा गर्न त ब्यापारीहरु संग सिक्नु पर्छ है ! अनी के यो क्वालिटी राम्ररी हो नि ?

म : मेरो कार्ड लिएर जानुस । जहिले क्वालिटीमा शंका लाग्छ फर्काएर ल्याउनुस । म तपाईंको मुस्कानसंग त्यती ग्यारेन्टी दिन सक्छु । जती क्वालिटी तपाईंको मुस्कानमा छ त्यो भन्दा त कम नै होला तर यो कुर्थालाई देखेर तपाईं रिसाउनु भए, मेरो पसल खुल्ला छ ।

उ : मलाई तपाईंको कुरा गर्ने शैली मन पर्‍यो । म तपाईं संग कुनै दिन बसेर कफी पिउन चाहन्छु ।

मैले मुस्कान मात्र दिए । उ कुर्था र मेरो नम्बर लिएर सिसाको ढोका घचेड्दै गई । म हेरिरहे साझ म थकित मुद्रामा घर फर्कए, दसैं संगसंगै बढेका चलपहलले झन काम गाह्रो बनाएको थियो । जे होस उसको नाम नै थाहा नपाए पनि आज धेरै पछी कसैलाई खुलेर तारिफ गरे । हुन पनि उ तारिफको लायक थिई । सुन्दर थिई, ह्ह ! सुनिता भन्दा पनि ।

उसको कालो आँखा र झिम झिम गर्ने लामा परेली । मिठो मुस्कान, अगाडि निस्किएको एउटा दात, जस्ले मुस्कानलाई जीवन्त बनाएका थिए । केही तल सुरेली परेका उसका गर्दनहरु संगसंगै स्त्री सुराग कुन्ठित उस्का कुन्ठा र्याल चुहाउने मोह भरिएका पोकाहरु, त्यसका गहिराइमा मैदान सरह बिशाल पेटका खुल्ला भुमीहरु त्यस पछाडिका अन्तरंग लुकेका सपनाका संसारहरु जसलाई द्रिष्य पाउनु अगी कलपना मात्र गर्न सकिन्छ । कल्पना मै भए पनि म उसलाई आँखा नजिक फेरी हेर्न चाहन्थे तर त्यो कसरी सम्भव थियो र ? उ को हो ? कहाँ कि हो ?

मैले मेरो मोबाईल हेरे, कसैले मेसेज गरेको रहेछ, ” यो मेरो नम्बर हो है ! “

मैले नम्बर डायल गरे ।

सोचेको थिए शायद त्यही केटी हुनु पर्छ । तर म गलत रहेछु । मेरो साथीले आज एउटा नयाँ मान्छे लाई चिनाइदिएको थियो । र त्यो उसको नम्बर पो रहेछ ।

मैले उसको प्रमिसलाई कुरेर बसे । उसले कफीको लागि भनेको थिई तर त्यो शायद कहिलै आउन्न होला । म निदाएछु ।

बिहान उठेर मोबाईल हेरे, कसैले म्यासेज गरेको रहेछ, ” हिजो रातीको पार्टी धेरै नै रमाइलो भयो । तिम्रो रोजाइ सबैको आँखाको केन्द्र बन्यो । थ्यान्क यू सो मच् !

मेरो मुहारमा बिहानै खुशी झल्किन थाल्यो । मैले त्यही नम्बरमा कल ब्याक गरे । त्यस पछाडि हाम्रा कुराहरु अघी बाढ्न थाले ।

शायद कसैले गलत भनेको रहेछ । साचो माया एक चोटि मात्र हुन्छ भनेर । म दोश्रो पल्ट कसै संग प्रेममा अझिल्न लाग्दै थिए । हामी बिच धेरै अन्तरंग कुराहरु हुन थाले । उस्का गोप्य कुराहरु र नितान्त ब्यक्तिगत कुराहरु पनि, उसका सोचाइका उताड चाढाबका कुरा देखी शरीरका पनि ! कहिले उचत्तामा लामा लामा सास फेर्दै गर्नु पर्ने कुरा त कहिले दुखेसोका आशु झर्ने कुरा ।

मैले प्रेम प्रस्ताब राखिन, उस्का कुराहरुका भावले नै उत्तर दिन्थ्थे ।

एक दिन हामी बिच पूर्ण समर्पणमा जवानीका रसका कुराहरु हुँदै थिए ।

उसले भनी, ” भोली तिमी प्लिज मेरो घर मै आउ ! हामी बिच कुनै दुरी नराखौ । “

उस्का कुराहरुले पसिना र पानी पानी हुँदै मैले फोन राखे ।

भोली पल्ट म मा के गरौ गरौ दोधार हुन थाले । मलाई कसैले अझ सम्म त्यसरी बोलाएको छैन । म कसैलाई त्यसरी त्यो हद सम्म सोचेको पनि छैन ।

आहा ! मैले जीवनमा पहिलो चोटि कुनै स्त्री संग यस्ता अनतरंग कुराहरु गर्दै छु र पहिलो चोटि म कसैलाई भेट्न र सधैंको लागि पाउन जादै छु । म घर बाट निस्के, उस्ले भनेको गल्लीमा उस्ले भनेको ठेगानामा ।

म जादा जादै मेरो फोन बज्यो । घर बाट फोन आयो । काम छ घर आउनु पर्‍यो भनेर ।

म फर्कन चाहदैन थिए तर पनि बाध्यताले म फर्किए । म त्यो दिन उस्को घर गईन । शायद उ रिसाएर होला त्यो रात मलाई उस्ले फोन पनि गरिन । मेरो म्यासेजको रिप्लाई पनि गरिन । अनिन्द्रो मै रात बित्यो ।

भोली पल्ट म घर मै जाने निर्णय गरे । उस्लाई भेट्ने र तिर्खा मेट्ने मेरो त्रिसित मन लिएर ।

धेरै कुराहरु खेल्दै थिए मनमा । कता कता काउतीसंगै शरीर जुर्मुराएर आईरहेका थिए । मेरो चाल र गती भोकाएको घोडा जस्तो भइरहेको थियो । भेट्ने बितिकै हिजोको लागी माफि माग्छु र अङालोमा हालेर उस्का ओठहरुमा मेरोको पहिलो चुम्बन दिन्छु । उस्लाई मेरा पखुराहरुले उचाल्दै सपनाको त्यो गहिराइमा दुबिल्की मार्न तयार गराउछु ।

सोच्दा सोच्दै उस्को घर अाइपुग्यो । मैले डोर बेल बजाए । ढोका कसैले खोलेन ! मैले फेरी बेल बजाए । कोही आए जस्तो लाग्यो । ढोका खोलिईयो । आँखा मिच्दै उस्ले ढोका खोली र मलाई हेर्ने बितिक्कै चकित हुँदै भनी,”तिमी ? “

“को हो बाहिर ?” कोही केटा मान्छेको आवाज आयो । उस्ले ढोका ड्यांग लगाइ ……मेरो दोश्रो प्रेम यही सम्मलाई रह्यो ……

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.