~जय प्रकाश विवश~
यसपटक हामीले चुनाव हा-यौँ, सा-है नमजा भयो – बैठकमा सहभागी एक नेताले शुरुवात गरे बोल्न। उपस्थित स्थानीय नेताहरु सबैमा दुःखको प्रष्ट संकेत थियो।
“हामीले साम, दाम, दण्ड, भेद सबै विधि अपनाउने निर्णय गरेका थियौं।”—निर्वाचन परिचालन कमिटीका अध्यक्षले भने।
“हो हामी पनि जिउ ज्यानले खटेका थियौं।” सबै स्थानिय नेताले एक स्वर बनाए।
“हाम्रा आधार ईलाकाहरुमा शत्रुपक्षसँग साँठगाठ भयो, आफ्नै कार्यकर्ताले धोका दिए।—” शंकाको स्वरमा बोले युद्धमा पराजित जस्तो देखिएका पराजित उम्वेदवार चंखबहादुर भुईँफट्टेल।
“हाम्रो आन्तरिक द्वन्दले काम ग¥यो, हाम्रो मेलमिलाप भएन, गुटबन्दीले काम ग¥यो हामी पराजित हुनलाई।” —मसिनो स्वरमा बाल्यो गाँउ सभापति हन्तबहादुर।
“हामी दाममा पछि प¥यौँ, कार्यकर्तालाई दुई पैसा बाड्न सकिएन , बाँडेरै त जित्यो नि विजेताले,गाउँ गाउँमा पैसा छ¥यो, जितेर आयो।” —बोल्यो गाउँ सदस्य सामन्त बहादुर गाउँले।
“हो नि हामीले प्रचारकै क्रममा एक दुई लाख गाउँमा छर्न भनेको उहाँले मान्नु भएन, घमण्डले चुनाव जितिसकियो जस्तो गर्नुभो, कसैले भोट पनि किन्छ र, जनताले प्रतिनीधि छान्ने हो राम्रोलाई छान्छन भन्नुभा।”े, अर्काे एउटा स्थानिय नेता गृहप्रसादले टिप्पणी ग¥यो।
“बाटो, बत्ति, पानी रोजगारीका कुरा कम भए।”— अर्काेले टिप्पणी ग¥यो।
यसरी पराजित हुनका कारणहरु खोतलेर संगठन सुदृढ गर्ने निर्णय सर्वसम्मतिले भयो। आगामी चुनावमा निश्चित विजयको आशा बोकेर उठ्नै लागेका बेला अबको चुनावमा उम्मेद्वार को हुने भन्ने कुराको निधोे हुनपर्छ भन्ने माग उठ्यो। पराजित नेता, गाउँ सभापति, निर्वाचन परिचालन कमिटि अध्यक्ष र अर्का एक नेताले चासो राखे टिकटलाई। कुनै एउटामा सर्वसम्मति भएन, पछि कुस्ती खेलाएर चार मध्ये विजेतालाई टिकट दिने भन्ने निर्णय सर्वसम्मसतिले गरेर गाउँ सभा सकियो।।
– आँखिभुईं, संखुवासभा