~अरूण बराल~
“सर, गफ गर्न यसो मेरो कोठातिर पनि छिर्नोस् न †”
छिमेकी कोठावालबाट पटक्कैपिच्छे आइरहने यस आग्रहलाई पूरा गर्न चार्वाक कहिल्यै इच्छुक भएन । ऊ ‘गफ’ भन्ने शब्दप्रति नै वाक्क भइसकेको थियो । अनर्थको गफ गरेर के फाइदा – गफले कुनै आत्मिक शान्ति मिल्दैन । कर्ताको अहम् सुन्नुजस्तो वाक्वाकी अघाएका बेला कोचिएको गा“समा पनि लाग्दैन ।
शनिबार बिहानै ढोकामा टक्टक् आवाज आयो । फेर िउही छिमेकीको दिक्कलाग्दो उपस्थिति । “के हो सर, तपाईं त गफै गर्नुहुन्न” हो, चार्वाक पटक्कै इच्छुक छैन, भन्यो, “होइन म बिजी छु ।” “शनिबार पनि केको बिजी -” मानौ“ यसैस“ग गफिन शनिबार आएजस्तो ।
चार्वाक सोच्छ, “यो शनिबार हाम्रो कि, हामी शनिबारका – मान्छेको दैनिकीस“ग शनिबारको के मतलब – सबै बारहरू उस्तै त हुन् नि † गफाडीका लागि शनिबार एउटा निह“ु मात्रै हो । होइन, यो गफ र शनिबारबीच त्यस्तो अन्योन्याश्रति सम्बन्ध के छ ह“ – शनिबार र गफबीचको अन्तरसम्बन्ध तथा अन्तरविरोधबारे एउटा थेसिस तयार पारे भइहाल्यो नि, किन बेकारमा गफ गररिहनु -“
चार्वाकको मौनताको फाइदा उठाएर छिमेकी उसको अनुमतिबिनै कोठाभित्र पस्छ र सोफामा थचक्क बस्छ । चार्वाककी श्रीमती ‘बस्नोस् न’ भन्ने शब्दसाथ औपचारकिता पूरा गर्छर्ेे चिया पकाउने तत्परता देखाइहाल्छे । चार्वाकको विचारमा ऊ चिया होइन, औपचारकिता पकाउन तत्पर भइरहेकी थिई ।
अब छिमेकीको गफ सुरु भयो, “सर म त लिट्रेचरको विद्यार्थी । हामीलाई त गफ गर्ने साथी चाहिन्छ । फेर,ि हामीले पढेको उच्चशिक्षाको लिट्रेचर चानचुने खालको कहा“ छ र सर † पश्चिमा साहित्यकारहरूको फिलोसोफिकल लिट्रेचर पढ्नर्ुपर्छ ।”
चार्वाकको नजरमा यो ‘गफ’ को कुनै मूल्य छैन । लिट्रेचरको विद्यार्थीले गफ गर्नैपर्छ भन्ने नियम पनि चार्वाकलाई थाहा छैन । चार्वाकले खिसिक्क हा“स्यो मात्र औपचारकिताका लागि । छिमेकीलाई के लाग्यो, यो खासै अध्ययन नगरेको ग्वा“च हो ।
“सरलाई मोर्डन शब्दको परभिाषा थाहा छ -” छिमेकीले अप्रासङ्गिक र असान्दर्भिक प्रश्नद्वारा अकस्मात् आक्रमण गर्यो ।
के यो लोकसेवा वा जागिरसम्बन्धी अन्तर्वार्ता हो, जसको जवाफ चार्वाकले दिनर्ैपर्दछ –
तर पनि, उसले औपचारकिता पूरा गर्यो र भन्यो, “यसको परभिाषा दिन सजिलो छैन ।”
“तैपनि भनिहेर्नोस् न † तपार्इंको विचारमा मोर्डन भनेको के हो – लेम्यान एन्सर होइन, फिलोसोफिकल वा लिट्रेचरल एन्सर खोज्ने हो भने मोर्डनको परभिाषा निकै अप्ठ्यारो छ ।” छिमेकीले चार्वाकको परीक्षा नै लिन खोज्यो । यसले चार्वाकलाई बलात्कृत हुनुको अनुभूति भयो ।
श्रीमतीले चिया टक्र्याई । चियास“गै यसको निजत्व दर्शन सुरु भयो । “दोस्रो विश्वयुद्धपछि विश्व मोर्डन युगमा प्रवेश गर्यो र अहिले पोस्ट मोर्डनभन्दा पनि पोस्ट-पोस्ट मोर्डन युगतिर पश्चिमाहरू हि“डिरहेका छन् । रोला“ बार्थ, बौद्रिलार्ड, फुको, डेरडिा, ल्योतार्ड, जेमसन र फुकियामाजस्ता विद्वान्हरूले पोस्ट मोर्डर्निज्मको जग हालेका हुन् सर †”
छिमेकीको अभिव्यक्तिचाहि“ विद्यार्थीलाई दिइने उपदेशजस्तै थियो तर सम्बोधनचाहि“ सरबाट गर“िदै थियो । चार्वाकलाई के लाग्यो भने यसले नाकमा बगिरहेको सि“गानको लत्को पुछ्न जानेको छैन होला तर फुकियामाको ‘इन्ड अफ हिस्ट्री’ को कुरा गररिहेको छ ।
चार्वाकले प्रश्न गर्यो, “उत्तरआधुनिकतावाद के हो र कसरी विकास भयो, कसले विकास गर्यो भन्नेतिर हामी नजाऔ“ । बुद्धजी, मचाहि“ के जान्न चाहन्छु भने उत्तरआधुनिकतावादका सम्बन्धमा तपार्इंको व्यक्तिगत धारणा के हो – र्समर्थन या विरोध -“
“पोस्ट मोर्डर्निज्ममा यस् वा नो हु“दैन सर”
चार्वाक यसपटक झोक्कियो नै, “यस कुराको जवाफ नदिई एकाबिहानै कुकुरले दिसा पनि नखा“दै तपाईं किन पोस्टमोडनर्निज्म, पोस्टमोर्डर्निज्म भनेर मेरो दिमाग खानुहुन्छ – तपार्इंले मलाई पोस्टमोर्डर्निज्मप्रतिको विद्वता देखाउन खोज्नुभएको हो कि -“
छिमेकीले प्रत्रि्रश्न गर्यो, ‘तपाईंको विचारमा के लाग्छ -” चार्वाकको कन्सिरी तातिसकेको हुन्छ, “तपाईं आफूलाई उत्तरआधुनिकतावादी बताउन रुचाउनुहुन्छ तर तपार्इंको जीवनधारा घोर पुरातनवादी मार्गतिर बढिरहेको छ । म त्यसको ठीक उल्टो छु । मलाई पोस्ट मोर्डर्निज्म मन पर्दैन तर व्यवहारतः म उत्तरआधुनिकतावादी बन्दै गइरहेको छु, अनिच्छापर्ूवक । तपार्इं अहिले जुन गफ गर्दै हुनुहुन्छ, त्यो मेरा लागि वाहियात हो । ठोस रूपमा भन्नुपर्दा त म तपार्इंस“ग अनावश्यक गफै गर्न चाहन्न ।” चार्वाक अनायास रा“कियो ।
अब चार्वाककी श्रीमतीले सहजकर्ताको भूमिका निभाउन थाली, “हेर्नोस् न सर उहा“ त कसैस“ग बोल्न, गफ गर्न नै चाहनुहुन्न, मस“ग त बोल्दाखेर िझर्किनुहुन्छ । कस्तो एकलका“टे हु“दै जानुभएको छ ।”
छिमेकीले चार्वाकको स्वभावलाई सामान्यीकरण अर्थात् सैद्धान्तीकरण गर्ने प्रयास गर्यो, “सर, यो एक्काइसौ“ शताब्दीको विकास र प्रविधिले मान्छेलाई मेसिनजस्तै बनाउ“दै लगेको छ । अब मान्छे अनुसार घडी होइन, घडी अनुसार मान्छे घुम्न थालेका छन् । मानवीय संवेदना, सामाजिकता र सामुदायिक सोचाइहरू अन्त्य हु“दै गएका छन् ।”
“तपाईं पनि त भ्रममै हुनुहुन्छ नि महोदय † छेउछाउका व्यस्त मान्छेस“ग अनावश्यक रूपमा घन्टौ“सम्म गफ गर्नु कुनै सामुदायिक भावना होइन । आफूलाई सामुदायिक मानव बताउने तर नितान्त व्यक्तिगत जीवन बिताउने विरोधाभासबाट मुक्त हुनु नै राम्रो ।” यति भनेर चार्वाक जुरुक्क उठेर ट्वाइलेटतिर पस्यो । अब बुद्ध नामको त्यो छिमेकी चार्वाककी पत्नीसित गफिन थाल्यो ।
ट्वाइलेटबाट र्फकंदा पनि ऊ नहि“डेकामा चार्वाकलाई दिक्क लाग्यो । यसको विपरीत, बुद्धले फेर िथप प्रश्नहरू पो गर्न थाल्योेे, “सर तपाईंको नाम त बडो फिलोसोफिकल छ । किन चार्वाक नाम राख्नुभएको हो – के तपाईं पर्ूर्वीय चार्वाक दर्शनबाट प्रभावित हुनुहुन्छ -“
श्रीमतीले यसको स्पष्टीकरण दिइन्, “यो उहा“को टाइटिल हो ।”
“तैपनि त यो टाइटिल आफै“ एउटा दार्शनिक र रहस्यमय छ नि †”
चार्वाकलाई फेर िबोल्न कर लाग्यो, “यो उपनाम र मेरो चिन्तनधाराबीच खासै सम्झौता छैन । म विगतमा कम्युनिस्ट कार्यकर्ता हु“दा राखेको नाम हो यो । तर, नामले मान्छेको सत्त्वको पहिचान गर्न नसक्दा मलाई दुःख लाग्छ । जस्तै, तपाईंको नाम बुद्ध छ । बुद्धको स्वभाव कम बोल्ने र ध्यान मुद्रामा बस्ने खालको थियो । तर, तपाईंको बानी अबुद्ध पाराको छ, यस्तै ठाने हुन्छ मलाई पनि ।”
हा…हा…हा…छिमेकी हा“स्यो । र, त्यहीबेला उसको कोठामा फोन आएको खबर आयो । त्यसपछि मात्रै ऊ उठेर गयो ।
दिउ“सो खाना खाएर कोठामा पल्टिइरहेका बेला चार्वाकको ढोकामा फेर िटक्टक् आवाज आयो । नेकपाका केन्द्रीय सदस्य एनआर आएका रहेछन् ।
कामरेडले एकछिनको कुराकानीपछि चार्वाकको कोठामा आउनुको गुदी कुरो खोले, “कमरेड, तपार्इं विद्यार्थी अवस्थामै वामपन्थी राजनीति गरेको मान्छे, छोटो उमेरमै अखिलको केन्द्रीय नेता पनि बन्नुभयो । तर, एमाले-माले विभाजन भएदेखि तपाईं यसरी निष्त्रिmय हुनुहुन्छ । एउटा सामान्य पत्रिकाको कार्यालयमा कम्युटरसम्बन्धी प्राविधिक काम गरेर बस्न तपाईंजस्तो मान्छेलाई सुहाउ“छ – वामदेवले धोका दिएर एमालेमा मिले पनि सीपीको नेतृत्वमा नेकपा माले पुनःगठित भएको छ । आफ्नो आस्था जोगाउन भए पनि तपार्इं एउटा त्यस पार्टर्ीी त बस्नर्ैपर्छ ।”
उसले थप्यो, “केही गर्नुपर्दैन, आफ्नो पेसा यथावत् राखेर काम गर्ने, कमिटेड हुने, मिटिङ्मा उपस्थित हुने, आत्मालोचना-आलोचनाको प्रक्रियाबाट आफूमाथि वैचारकि विचलन आउन नदिने । बस्, यत्ति त हो नि †”
चार्वाकले सोच्यो, “यी सबै क्रियाकलापको के अर्थ – र, यसो गर्नका लागि सीपीको नेकपा माले नै किन जरुरी – शम्भुरामको नेकपा संयुक्त, रोहितको नेमकिपा, श्याम श्रेष्ठको समाजवादी आन्दोलन, प्रभुनारायणको मार्क्सवादी, लोककृष्ण भट्टर्राईको पुष्पलाल अध्ययन प्रतिष्ठान, माधव नेपालको एमाले, मोहनविक्रमको मसाल, प्रकाशको एकताकेन्द्र, जनमोर्चा वा अरू गैरवामपन्थी पार्टर्ीी बस्दा पनि त होला नि – अरू सबै पार्टर्ीीई छाडेर उसैको गुठीमा बस्नुपर्ने कुरालाई नेकपा मालेले कसरी पुष्टि गर्न सक्छ –
चार्वाक निरुत्तरति मात्रै भयो, बोलेन । उसलाई त्यो कामरेड एकाएक राधे-राधे सम्प्रदायका ‘कृपालुजी महाराज’ जस्तै लाग्न थाल्यो । फरक, कृपालुजी महाराजका दाह्री छैनन्, कामरेडका ‘लेनिन-कट’ दाह्री छन् । अनि उसलाई लाग्यो, सायद जोगी र कम्युनिस्टहरू एकै हुन् ।
नभन्दै केही सातापछि नै समाचार सुनियो, कामरेड पार्टर्ीीे केन्द्रीय सदस्यस“गस“गै ‘पास्टर’ भएर बाइबलको प्रचारसमेत गर्न थाले ।
चार्वाकले निर्ण्र्ााो विन्दुमा उभिएर सोच्यो, अब मार्क्सवादप्रति यसको कुनै प्रतिक्रिया छैन ।
०००
एकदिन चार्वाक र उसकी श्रीमतीबीच डेरामा घमासान वाक्युद्ध चल्यो । “अचेल तपार्इं धेरै निरस बन्दै गइरहनुभएको छ । मस“ग त्यति बोल्नु पनि हुन्न । मान्छेहरूले श्रीमतीलाई कति माया गर्छन्, घुमाउन लान्छन्, राम्राराम्रा लुगाहरू किनिदिन्छन् । तपाईं त …।” उसले दुखेसो खन्याई ।
उसलाई कुनै अबोध जीवजस्तै लाग्यो आफ्नी श्रीमती । खानु, घरधन्दा गर्नु, लोग्नेको रतिराग तृप्त पार्ने कार्यमा सहयोग गर्नु अनि जैविक आवश्यकताहरूकै सेरोफेरोमा नानाविधि मागहरूको पहाड तेर्स्याउनु । असमान बौद्धिक स्थितिको दरारमा पतिपत्नीको सम्बन्ध च्यापिएर छटपटाइरहेझै“ लाग्यो उसलाई ।
“पहिला लभ गर्ने बेलामा त खुब नखरा पार्नुहुन्थ्यो ।”
श्रीमतीको ऐतिहासिक सिंहावलोकनले चार्वाकलाई विगततर्फर्फकन बाध्य पार्यो । अहिले जुन शरीरलाई ऊ अबौद्धिक मासुको पिन्डजस्तो मात्रै देखिरहेको छ, त्यही जीवलाई उसले कुनै दिन औधी सुन्दर देखेको थियो । अहिलेको उसको ठम्याइमा विगतमा ऊ भ्रममा थियो । विगतको आकर्षा त वासना मात्रै रहेछ, जब वासना तृप्त भयो, त्यसपछि नै उसमा विरक्ति जन्मेको होे । उनीहरू त्यस रात द्वन्द्वमै सुते ।
त्यसको भोलिपल्ट श्रीमती गायब भई । चार्वाक उठ्दाखेर िकोठामा श्रीमती थिइन । टेबलमा एउटा चिट्ठी थियो । लेखिएको थियो,
“चार्वाक,
अन्तिम अभिवादन †
त्रि्रा लागि घा“डो बनेकी म, आजदेखि पन्छ“दैछु । तिमीले गफाडी र नालायक भनेको छिमेकीस“ग नया“ घरजम गर्ने निर्ण्र्ाागरी म उसको पहाडघर जा“दैछु । मलाई नखोज्नू । तिमी उठ्दा हामी थानकोट कटिसकेका हुनेछौ“ ।
तिमीले यही चिट्ठीलाई छोडपत्र ठाने भयो । जीवनलाई अनर्थ देख्ने त्रि्रो दृष्टिकोण र अति आत्मपरक व्यवहारस“ग मैले छोडपत्र गर्नुसिवाय अर्को विकल्प थिएन । अनि, त्रि्रो र मेरो सम्बन्धको मूल्य के थियो र चार्वाक –
तिमीलाई छाड्नुमा म पनि एउटी कारक हु“ भने तिमीले यो मान्नैपर्ने हुन्छ कि म पनि जीवनप्रति एउटा ठोस दृष्टिकोण बोकेकी नारी हु“, न कि तिमीले ठानेजस्ती मासुको पिन्ड ।
तिमीले जसलाई गफाडी र निर्रथक देख्यौ, मैले उसैमा रस देखे“ । हिजो तिमी कम्युनिस्ट कार्यकर्ता हु“दा तिमीमा जीवनको रस थियो र मैले मन पराएकी थिए“ । आज तिमी निरस बन्यौ । त्यसैले तिमीस“ग छोडपत्र या भन व्रि्रोह गरे“ ।
उही त्रि्रा लागि घा“डो बनेकी सरला ।”
एकाबिहानै यस्तो छोडपत्र पढिसकेपछि चार्वाकलाई भाउन्न भयो, ऊ थचक्क कर्ुर्सर्ीी बस्यो र प्रश्न गर्यो, “उसले श्रीमतीलाई चिन्न सकेन कि श्रीमतीले उसलाई -” तर, उत्तर निस्केन ।
अनि, उसले निष्कर्षनिकाल्यो, मानिस-मानिसबीचको सामूहिक सम्बन्ध असम्भव छ । लोग्नेस्वास्नीबीच त एकता सम्भव छैन भने सामाजिक एकता कसरी हुन सक्छ – विवाह, प्रेम र यौन, यो सबै बेकार हो । मान्छे अन्ततः एक्लै हुन्छ । मान्छे व्यक्तिवादी र एकलका“टे प्राणी हो । अनि, उसले घोषणा गर्यो, “म अब आफ्नी श्रीमतीस“गै सम्पर्ूण्ा सामाजिकताहरूस“ग पनि छोडपत्र गर्छर्ुु”
चार्वाकले निकालेको यो निष्कर्षहिजो ऊ अखिलको कार्यकर्ता हु“दाको निष्कर्षन्दा ठीक्क उल्टो थियो ।
September 3, 2008
(स्रोत : नेपाल साप्ताहिक)