~भूधरा उपाध्याय~
– राम्रो वक्ता र कुशल नेतृ मेनकाले नारी दिवसको उपलक्ष्यमा गतिलो भाषण दिइन् जसलाई टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्यो।
– बेलुका घरमा छोरीले सोधिन् – ममी हजुरको भाषण मलाई साह्रै मन पर्यो तर भाइलाई अङ्ग्रेजी स्कुल र मलाई सरकारी स्कुल किन?