कविता : घात

~लक्षिराम आचार्य “अविरल”~

दुनियाँ स्वार्थी छ
रूप र रंगका स्वार्थहरू
नियाल्दै भौतारिन्छ
कहिले सरकार ताक्छ
कहिले सदनको रस धोक्छ
कहिले न्यायलयको पाउ पर्छ
नसके साम, दाम र भेदको
तुच्छ अस्त्र बोक्छ ।

मुनालाई सपना बाड्छ
फूलहरूलाई बास्ना छर्छु भन्दै
आरोह अवरोहमा
तातो अग्नी भट्टिभित्र घुसार्दै
बलेको रातो तापको न्यानो ताप्छ
जब ब्रहमान्डमा शिशिरको बिदाईले
बसन्तको आगमनतालाई निम्तो
दिईरहेको हुन्छ
कोइलीको मधुर स्वरलाई स्वीकार्दै
मुनाहरू नाच्न तल्लीन भईरहेका हुन्छन्
मुनाहरूको आजादी, हर्ष र उमंग देख्दा
ऊ अप्रत्यासित आफ्नो सर्वस्व
लुटिएको सोच्छ, खोज्न थाल्छ गणितीय सुत्र
हिसाव शुरू गर्छ अंकगणितबाट
अनि छर्न थाल्छ भ्रमको खेती
शब्दभन्डार भित्र
खोज्न थाल्छ, झुठ, कपट अनि बेईमानीका अक्षरहरू
थालनी गर्दै जान्छ ऊ
षडयन्त्रका जालहरू बुन्न
फूलहरूलाई फसाउँछ
अनि मुनाहरूलाई बाध्ने
दुष्प्रयास गर्दै उकालीमा भारी बोकाउदै
पहाडको डिलमा पु¥याउछ,
अनि, धम्की, त्रासदी र आतंकको परिभाषित
हर्कतहरू तेर्साउदै
हात खुट्टा बाधिदिएर
मैदानमा सन्त्रासको रमिता
देखाउन सफल हुन्छ ।

विचरा † कोमल फूलहरू
फूलवारीमा टुसाएका मुनाहरूको
हलचल र सपना विलिन भएको
आभास पाउँदै
मलिन स्वरमा गुन्जाउन विवश हुन्छन्
र फूलहरूलाई सान्त्वनाका शब्दहरू
बाट्न तल्लिन हुन्छन्, अनि
लामो र त्रसित ग्लानीपूर्ण स्वर काट्दै
भन्दै हिडछन् क्रान्ति जिन्दावाद
इन्क्लावको उच्चताको सपथ
रटाउदै मुनाहरूलाई वचन अर्पण गर्दछन्
के थाह कि फूलहरूलाई
आफ्नै रस चुसिएको
के जानुन् मुनाहरूले
फक्रन नदिने षडयन्त्र
गुलामी चाकरी अनि
षडयन्त्रै षडयन्त्रबाट
विचार, दर्शन, आदर्शलाई
भजाएर दुनिया छल्न
तम्सीएका मुकुन्डोधारी
छट्टु, वदमास धोकेवाजहरूको दुर्नियत
स्वाधिनताको जलप देखाएर
भातृत्वलाई छिन्न भिन्न पार्ने
स्वाभिमानतालाई भजाएर
मेरो प्यारो देशलाई धुजा धुजा पार्ने
सुनियोजित चक्रव्युहका बिरूद्धमा
त्यसैले त सजग बन्नु पर्छ
फूलहरूले आफ्नो रस वचाउनलाई
अनि मूनाहरूको उल्लाहसताबाटै
फूलहरू फक्रयाउनलाई
गोडमेल गर्दै जानु पर्दछ
फूलवारीमा सधैं पत्रे फूलको
जरा उखेलेरै नष्ट गर्नलाई ।

सजाउनु पर्छ फूलवारीमा
अनेकन रंगका भए पनि
वास्ना छर्ने फूलहरू
मिल्काउनु पर्छ बरू माली मगाएरै भए पनि
विनासकारी ऐजेरूको जन्मदिने
नामधारी फूलहरूलाई
चियाएर हेर्नु र वुझ्नु पर्दछ
सुगन्धको नाममा दुर्गन्धको
विजारोपण गर्ने करतुतहरूलाई
तव मात्र फूलवारीमा फूलहरू फूलिरहनेछन्
मूनाहरू पनि उमंगतामा फक्रिदै जानेछन्
अनि समयमै फूलवारीले
ओजनदार मूल्य र महत्व पाउने छ
सरस र मिठासले
संसारभरिका पसिना पोख्दै हिडेका
मालीहरूको घुइचो र समर्पणपूर्ण साथ पाइनेछ ।

निरासाका संकेत, स्वभाव र भावनाहरूलाई
आक्रोस र हिम्मतमा वदल्दै
षडयन्त्रका जालहरू तोडिनेछन्
धोका र खोक्रा आडम्वरीता भित्रको
कसाईबाट वनेका धमिराका महलहरू
झर्याझुरूम पल्टने छन् ।
जिवन दर्शन र आदर्शबाट
विचलित मुठ्ठिभरी सानाठूला
सबै सामन्तका हर्कत र अवशेषहरूको
आयुलाई नजिकियाउदै
संसार स्वतस्फूर्त दौडीरहेको छ,
पूरा हुनेछ दौड एकदिन
पार गर्नेछ यात्रा
नाघ्दै, लछार्दै, पछार्दै
अघि बढ्नेछ जनक्रान्ति
नियम र संगति बोकेर
परास्त हुनेछन् एकदिन
सबै घात प्रतिघातका श्रृंखलाहरू ।

मितिः– २०६८÷०९÷०३

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २८ – May 16, 2012 – २०६९ बैशाख ३ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.