कविता : किन व्युँझन्न तेरो मन ?

~हेमन्त कमलामणि~

को थुन्न सक्छ यहाँ कैदी बनाई
न जित्न सक्छ वलमा साथ जो नपाई

नासिन्छन सभ्यता ठूल्ठूला प्रलय वन
ए थोपा भन्— किन ब्यूझन्न तेरो मन ?

को बाँच्न सक्छ जगमा विमुख भएर
न बच्न सक्छ तेरो मुखमा गएर

सकिन्छन् दाउरासरी जा मसाल बन
ए झिल्का भन्— किन ब्यूझन्न तेरो मन ?

को देख्दछ भवमा भन् यो मलाई
रूक्छ सृष्टि क्षणमा नपाए तलाई

छ तँमा अलौकिक पहाड उखेल्ने दम,
ए झोक्का भन्— किन ब्यूझन्न तेरो मन ?

के छैन तँसँग दुनियाँ सजाउन
चुचाप बस्छस् दुरात्मा हँसाउन

विष ओकल पापमा दन्डनायक वन
ए बसुन्धरा भन्— किन ब्यूझन्न तेरो मन ?

छैनन् बरावरी पनि नगरी मपाई,
पुज्य छ त्रिलोकमै टुटदैन रजाइँ

पाप छैन वधको दुष्ट विनासक बन
ए चैताँस भन्— किन ब्यूझन्न तेरो मन ?

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १९ – March 14, 2012 – २०६८ चैत्र १ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.