~सोम डेमनडौरा~
चैतको महिना । दिउँसोको बाह्र बजेको छ । घाम पनि चर्किंदो छ । कोहि खेतमा तोरि उखेल्दै छन् त कोहि मसुरो । कोहीभने घरमा आइसकेका छन् घाम मार्न । जोतपुरको किसानहरुको दिनचर्या नै यहि हो । फाटफुट दुई तीन घर बाहुनक्षेत्रीका छन् । बाँकि सबै थारुका घर छन् ।
बुक्रिहान घरका किसन्वा बगर्वाको खट्यामा झोक्राएर बसेका छन् । किस्निन्या घरको ढोकानिरै सुखुनको अँख्वारी गर्दैछिन् । चर्को घाम भएकोले बाटोमा मान्छेको आवतजावत पनि कम छ । त्यसो त उनिहरुको घर चल्तिको बाटोमा पनि छैन । अर्थात् गाउँको सहायक बाटोमा उनीहरुको घर छ । लगभग गाउँको पुछारमा छ उनीहरुको घर ।
“अलपनिरञ्जन । भगवान भोलेनाथ आपका दया करें । जय भोले । तुम्हारे घरमे धनमिले और शान्ति मिले ।”
काला बस्त्रधारी बाबा अचानक आफ्नै अगाडी यसरी भनेको सुन्दा बेल्रहु झस्किन्छ । घाँटीभरी हड्डीका माला । रुद्राक्षको माला । अझ मान्छेको खप्पर के के छ घाँटीभरी । निधारभरी राता, पहेंला, काला टिका । हेर्दै डरलाग्दो बाबा ।
किस्निन्या शुरुमा देख्नेबित्तिकै घरभित्र पसिन् । उनी डराइन् । एकछिन् ढोकाछेऊ उभिएर बाबालाई हेरि रहिन् । श्रीमान एक्लो भएकोले डर मानी मानी पनि बाहिर निस्किन् ।
“बेटा, तुम लोगोंका आसपास बहुतसारा शत्रु हैं । वह शत्रु तुम्हारे घरमे कभी बिल्ली बन्कर घुसजातें हैं । कभि कभि चुहा बन्कर भि घरमे जातें हैं । इसलिय तुम्हारे घरमे जो शान्ति होना चाहिए वह नहि है । जो धन होना चाहिए वह नहि है । सराब पिना बुरी बात नहि है, फिरभि तुम दोनो झगड्ते रहते हो । घरमे बिमारिया भि बढ्रहा है ।”
यसरी भन्दाभन्दै उसले आफैआफै बरबराउँछ । आँखा चिम्म गर्छ । र फेरि नानाथरि समस्या भन्छ । मानौं उसले आफ्नै आँखाले सबैथोक देखेको हो । मानौ ऊ भगवान हो । किस्निन्या अचम्म पर्छिन् । जति भन्यो सबै कुरा मिलेजस्तो लाग्यो । बिरालो र मुसा घरभित्र बाहिर गरेको, यताउता गरेको सम्झिन्छे । एकदिन बिरालोले भान्सामा राखेको मासु खाइदियो । बिरालोलाई गालि गर्दागर्दै श्रीमान् र श्रीमतिको झगडा पनि पर्यो । आज बाबाले यसोभन्दा बिरालो साँच्चिकै शत्रु नै हुन् भन्ने लाग्दै छ । भूतप्रेत, पिसाच र बोक्सिहरु साँच्चि नै बिरालाको रुप धारण गरेर आउँछन् जस्तो मनमा लागिराखेको छ ।
“क्या सोंच रहि हो बालिके । चिन्ता मतलो । अभि मै आचुकाहुँ टाइमपर । यह ज्यादा लेट नहिहुवा है । दो चार दिनअभि ठोडा लेट होतातो पता नहि क्या अन्होनी होता तुम्हारे घरमे । क्या तुम लोग ज्यादा धान चावल् भि बेंच नही पाते हो । घरमे इतना सारा मुर्गि और बक्तक है । यह भि नहि बेंच सकते । घरमें हि खपत होताहै । यह ऐसा क्यूँ होता है ? किऊँकि तुम्हारे घरमे दुसरों का बुरी नजर लगा है ।”
किस्निन्या आज तिनछक भएकि छे । धनी हुन नसकेको यो पो कारण रहेछ । घरमा घरीघरी बिरामी पर्नुको कारण यो पो रहेछ । नेपालगंज कति पटक ढाडको औषधी गराउन गैसकेको तैपनि सञ्चो भाछैन । घरमा घरि कसलाई घरि कसलाई झाडापखाला लाग्ने गर्छ । सबै यिनै हाम्रा छेउछाउका शत्रुका कारणले हो भन्ने लागि रहेको छ ।
अस्ति भर्खरै बारीमा तरकारी लगाको । त्यो पनि सबै ओइलिएछन् । सुँगुरलाई जति भुसी खुवाए पनि कहिल्यै मोटाएन । गुर्वालाई कति पटक आछट हेराएको, उसले बोक्सि लागेको त भन्दै थियो । घरमा जति पटक जाँड रक्सि बनाए पनि बिग्रिने रैछ । हो, सबै यहि कारणले होला । बाबाले छिनभर मै बिश्वास जितेको छकिस्निन्याको । बेल्रहु पनि सहमत छ यो कुरामा । अब के गर्नुपर्छ शत्रुको कालो नजर हटाउन ? किस्निन्या सोध्नै लागेकी थिइन्, बाबाले बोलीहाल्यो ।
“अब चिन्ता मतलो । यह बुरी नजरवाले दुस्मनो को हटानेसे तुम्हारे घरमे प्रसन्नता आयेगी । मै ठिक करुँगा । परन्तु इसकिलिए कुछ सामग्री चाहिए । चावल् है क्या?”
बा जे बाबा । कट्रा लागि ?
“अभि मै देख रहाहुँ । इतना ज्यादा नहि लगेगा । वह क्या बोलाजाता है ?”
बाबाले ढकियातिर इसारा गर्दै नाम सोध्यो ।
ढकिया कठ ।
“अच्छा । एक ढकिया से हो जाएगा ।”
किस्निन्याले एक ढकिया चामल् ल्याउँछिन् । उनी आशाबादी छिन् । अब उनको घरमा कुनै किसिमको दुःख बिमारी आउँदैन । अबदेखि उनीहरु बिस्तारै धनी हुँदै जानेछन् । हो यहि आशा पलाएर एक ढकिया चामल् दिनु उनको लागि सामान्य हो ।
बाबाले चामल् लिएर मन्त्र उच्चारण गर्छ । जोडले कराउँछ । अलपनिरन्जन् ।
बेल्रहु फेरि झस्किन्छ ।
“तुम्हारे घरमे दुसरा एक राक्षसी शक्तिअभि पडा है । वह सबसे खतरनाक है । बेटी तुम अक्सर रातभर बुरीबुरी सपने देखती रहेती हो । खानाभी ठिकसे नही खातीहो । बहुत बुरा साया हे घरमे ।”
बेल्रहु चिन्तित छ यि सबै सुनेर । गुर्वाले यी कुराहरु देखाइ नदिएकोमा खेद प्रकट गर्छ मनमनै । कतिखेर मुहारमा खुसी छाएको देख्न सकिन्छ । यो समस्याको समाधान यहि बाबाले गर्छ भन्ने उ बिश्वस्त छ । त्यसैले पनि मुहारमा हल्का चमक पनि देखिन्छ कहिं कतै ।
“भगवान भोले के नामसे, चावलअभि लगेगा । तीन ढकिया और थप्ना पडेगा । देखो, यह समस्या इतना आसानीसे नहि जानेवाला था । लेकिन मै हुँना । अब चिन्ता कर्नेका कोई बात नही ।”
किस्निन्याले थप तीन ढकिया चामल् ल्याउँछिन् । यतिबेला सम्म उनीहरु बाबाको मन्त्रमा लुप्नभई सकेका छन् । उनीहरुलाई लाग्दैछ, आज भगवानले कहाँबाट दर्शन दिनु भएछ । साँच्चिकै भोले बाबा उनीहरुको घरमा आएको महशुस गर्दैछन् ।
बाबाले हाँतमा फेरि चामल् उठाउँछ । के के गुनगुनाउँछ र चामल् घरको वरिपरी छर्छ । जोडजोडले कराउँछ । उसले कराएको शब्द उनीहरुले बुझ्न सक्दैनन् । खाली हट् हट् जस्तो बुझ्छन् । र उनीहरुलाई लाग्छ, अब भुतप्रेत, पिसाच भाग्दैछन् । उनीहरुको मन हल्का महशुस भइरहेको छ ।
“मै अभितो कुछ प्रेतोंका दुर भगादिया हुँ । अब ज्यादानही १९५५ रुपये लगेगा । तुम लोगोंका समस्या ज्यादा है । लेकिन तुम् लोगोंके पास इतना पैसाभि नही है । इसलिए १९५५ से काम चलजाएगा । पैसावालोंसे तो मैने पाँच हजारसे ज्यादाभि लेताहुँ । यहतो करानाही पडेगा । यह नही कराओगे तो समस्या समाधान नहीहोगा । बाँकि तुमलोगोंका मर्जी ।”
किस्निन्या काँप्न थाल्छिन् । किनभने उनीहरुसँग पैसा छैन यो बेला । झन् समस्या बढ्ने होकि भन्ने डर छ । श्रीमान् र श्रीमति कानमा खुसफुस खुसफुस् गर्छन् । के गर्ने के नगर्ने भएको छ । अरुसँग मागेर भएपनि पैसा खोज्ने र दिने अन्तिम निर्णयमा पुग्छन् । बेल्रहु पैसा खोज्न निस्किन्छ । एक घन्टापछि खालीहाँत लिएर आउँछ । फेरि दुबैजना कानमै कुरा गर्छन् । दुबैजना एकदमै परेशान देखिन्छन् । अब बाबाले के भन्ने हो भन्ने डर छ मनमा ।
“क्या हुवा? पैसा नहीमिला?”
बाबा, पैसा त नि हुइना हुइल् । कहुँ निमिला । बाबाजी पाछ डेनेसे निबनी ?
“अच्छा ऐसा करो । मै फिरभि दुसरा बार आउंगा । चार महिने के बाद आउँगा पैसा तयार रख्ना । फल दो ।”
हमारे ठे टो फल नैहो । कौन फल ?
“वहनिचे वाला ।”
बाबाले आँगन्मा सुकाइ राखिएको आलु देखायो । किस्निन्याले दुइ ढकिया राम्रो राम्रो आलु छुट्याएर दिइन् । पैसा पछि दिँदा पनि हुन्छ भन्ने कुराले बेल्रहुको मन पनि शान्तभएको छ । अहिले दुबैको ओठमा मुस्कान् छाएको छ । मनमा भएको डर पनि हराएको छ । बाबाले जे जे माग्छ, प्रसादको रुपमा टक्य्राइरहेका छन् ।
“क्या तेल मिलेगा?”
किस्निन्या भर्खरै पेलाएर राखेको एक बोटल् तेल लिएर आउँछिन् । बाबाले मुठी कसेर के के मन्त्र पढ्छ । मुठीबाट जादुको जन्तर निकाल्छ । उसले दुबैलाई टिका लगाउँदै धनवानको आशीर्बाद पनि दिन्छ । किस्निन्यालाई जन्तर लगाउन भन्दै एक बर्षभित्र सबै खालको समस्या समाधानहुने भबिष्यबानी गर्छ ।
किसन्वा रकिस्निन्या दुबै सँगै मुस्कुराए ।
बाबाजीको आग्रहमा बेल्रहु लह्रियामा एक गन्जिया चामल्, एक गन्जिया आलु, एक बोटल् तेल, सागको मुठो, गोभी, फर्सि हालेर राजापुरसम्म पुर्याउन जान्छ ।
१ महिना, २ महिना, ३ महिना, ४ महिना, ५ महिना, ६ महिना, ७ महिना, ८ महिना………गर्दागर्दै बर्षदिन पनि पुग्न लाइसक्यो ।
तर बाबाले १९५५ रुपैया लिन अझै आएका छैनन् ।
(hamarpahura.com)