~शिवराज पन्थी~
तिमी र म
फरक फरक जातका मान्छे रे ¤
हैसियत छैन रे मेरो
उठबस गर्ने तिमीसँग
न हात मिलाउन लायक ठानिन्छ
न त दुई हात जोड्ने शिष्टता नै
तिमी एक कित्ताको
म, अर्कै
वर्ग, हैसियत, प्रतिष्ठा सबै फरक
म विचारले गरिब ठानिने
हैसियत, चिन्तन र सोंचको गरिब
त्यसैले म त हेपिन्छु, तिरस्कृत छु
अपहेलित र अपमानित छु
तिमी संघारभित्र हालीमुहालीमा,
म संघार बाहिर ढुक्ने ।
तिमी भजनमन्डलीको प्रतिनिधि,
म तिमीलाई त्यहाँ पु¥याउने भ¥याङ
मेरो झुपडी तिम्रो लागि
पाइला टेक्नै मन लाग्दैन तिमीलाई किन ?
किनकि ¤ तिमीसँग लिफ्ट चढ्ने बंगला छ
तिमी हैसियत, प्रतिष्ठाका धनी ठानिने,
तर, इमान, जमान र नैतिकताका कंगाल
तिम्रो अहंकार र ठालु मानसिकता
बौद्धिक बडप्पनको अभिमान ।
त्यसैले,तिमी एक कित्ताको, म अर्कै
खाने अन्नपानी एउटै,
नून र खुन पनि एउटै
हामी दुइृ मानव मानव
तर किन यति धेरै फरक ?
प्रश्न को सँग गरौं?
तिमी मान्छे म पनि मान्छे
एकदिन मर्ने मान्छे
हैसियत, मूल्य र प्रतिष्ठा
फरक फरपक भएका मान्छे
इमान, जमान, नैतिकता, आचरण
फरक फरक भएका मान्छे
एउटै भूगोलमा बाँचेका
अब तिमी नै भन
हामी कसरी फरक मान्छे ?
– दाङ देउखुरी
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १३ – Feb. 1, 2012 – २०६८ माघ १८ गते, बुधबार)