~अविर खालिङ~
पन्जाबिको पन्जाब हजुर गोर्खालिको गोर्खाल्यान्ड्
यही हाम्रो प्राण हजुर त्यही हाम्रो ज्यान ।
पहाड्देखी सुनकोश्सम्म हाम्रो साँध सिमाना
बिदेशी त होईनउ हामी देशकै गहना
देश आमाकी छोरा हामी ,देशको हामी शान्
देश नै हाम्रो उच्छ्वास हो देश नै हाम्रो प्राण ।
बिहारिको बिहार हजुर गोर्खालिको गोर्खाल्याण्ड्
यही हाम्रो सपना हजुर्,त्यही अभिमान ।
उन्नतिमा देश हिडे छाती फुल्छ हाम्रै
देश रोए छाती दुख्छ आँसु झर्छ हाम्रै
देशभक्तिको हामी संगीत,हामी देशको गान्
देश नै हाम्रो सर्वस्व हो, देश नै हाम्रो आन ।
गुजरातिको गुजरात हजुर्, गोर्खालिको गोर्खाल्याण्ड्
त्यही हाम्रो अस्मिता हो, त्यही पहिचान ।