~गजेन्द्र बाेहरा~
‘प्लीज के… ! लास्टै छ, रिचार्ज हाल्देऊ न…।’
दुई(तीन पटक चुरोटको धुलो टट्क्याउँदै गर्दा उसको मोबाइलमा म्यासेज टोन बज्यो ।
मोबाइलका ‘की’हरु बजेको आवाज आयो । सायद उसले लेखी होला ‘थ्याङ्क्स् डियर…।’ तर, मैले देखिनँ ।
साइडको टेबुलमा म कोक घुट्क्याइरहेको थिएँ ।
२९ बर्षको जीवनमा पहिलोपटक मैलेँ अथाहा पिएँ । महंगा वाइन, ह्वीस्की, थरिथरिका ‘लेबल’वाला रक्सीदेखि लिएर ठर्रासम्म छोडिएन ।
रक्सी खाने सिलसिला जीवनको २९औं वर्षमा करिब ७ महिना अथाहा भयो । रक्सी पिउनुको कुनै पनि ‘मजा’ छोडिएन । सब अनुभव भो । र, अब पिइँदैन । रक्सीको ठाउँ अजकल ‘कोकाकोला’ले लिएको छ ।
निकै टाइट जिन्समाथि झुन्डिएको उसको टी–सर्ट, यताउता सथ्र्याे अनि उसको नितम्ब प्रष्ट उदाउँथ्यो । होटेलभरिका सारा केटाहरुको नजर त्यसैमा थियो । मेरो नजर उनीहरुमा ।
‘आठ बजे फिक्स भन्नुस् न दिनभरि हुन्न के…!’
उसले ओंठ लेप्राई ‘त्यत्तिमा मजै आन्न… भो, क्यान्सिल गर्नुस् ।’ अनुमान लगाएँ सायद भाउ मिलेन होला ।
‘दाई एउटा चुरोट…’ क्याबिनबाट मुन्टो निकालेर ऊ कराई ‘छिटो के…।’
के ऊ चेन स्मोकर हो ? म उसलाई नियाल्दै थिएँ ।
‘केटी देख्या छैन ?’ उसले हकारी ‘मान्छेलाई के टेन्टस छ…।’
‘यो चुरोट के मिचेर खानु ?’ फेरि ऊ कराई । फोन थिचि । फेरि टेबुलमा पछ्छारी । अनि भित्तामा अडेस लागी ।
अघि उसले चुरोट सल्काएको सलाई अर्काे टेबुलमा सरीसकेको थियो ।
साहुजीले सलाइ दिए । उसले लामो सर्को तानी । धुवाँ फाली । त्यो कोप्चे रेष्टुरेन्टका चारवटा ‘ओपन’ क्याबिन उसैको धुँवामा रंगिए ।
अघिदेखि नै उसलाई कतै देखेजस्तो लागिराथ्यो मलाई । सम्झिन खोजेँ यादै आएन ।
‘दाई भोलि बन्द हो… ?’ साहुजीले मलाई हेर्दै सोधे ।
‘खै था भएन…।’ मेरो नजर भने त्यै क्याबिनतिरै थियो ।
‘पत्रकार त थाहा रैनछ, बन्द हैन होला…।’
साहुजीले प्याजका मसिना चाना बनाउँदै थिए ।
‘हल्लामात्रै होला, खै कसैको विज्ञप्ती आ’छैन’ मैले पत्रकारको जात जनाइदिएँ ।
‘अँ दाई फेसबुकमा देख्याथेँ…।’
उसले पनि फेसबुके कल्चर देखायो । सायद फेसबुक यस्तै भाछ अचेल । सबैले हेर्छन्, के हो पढ्दैनन् । बुझ्न लाग्दैनन् । र, शीर्षककै आधारमा ‘कमेन्ट’ हान्छन् । देखेकै भरमा ।
अब उसमाथि मेरो नजर होइन, उसका नजर पो ममाथि गढे । पत्रकार भन्ने थाहा पाइ कि ?
‘तपाइँ पत्रकार हो ?’
‘हो… ।’
‘गजेन्द्र बोहरा….?’
म ः ट्वाँ…! उसले कसरी चिनी मलाई ? अँझ नाम पनि । साहुजीले मलाई हेरे । अनि अर्काेतिर फर्केर मुस्काए । र, आँशु पुछे, सिँगान सिम्हले, प्याजको ।
‘हो…।’
‘तपाइँलाई चिन्या छु…।’
म, डबल ट्वाँ…।
म आजकल यस्तै जक्सन्मा जान्छु । यी कथित ‘ट्यापे’हरुका ‘अड्डा’हरु हुन् ।
‘दाई एउटा चुरोट…’ एउटा सुकुटे टाइपको ‘ट्याप’ले इन्टूी मा¥यो ।
‘भाई तिम्रो चाक त घरमै छुटेछ क्या हो….।’
छेउमा बसेर धुँवा उडाइरहेको एउटा बडीबिल्डरले उसलाई जिस्क्यायो ।
त्यसले आफूलाई पछाडि फर्केर हे¥यो । शरीर पूरै फर्काएर । आफ्नो चाक देख्यो कि देखेन कुन्नी ।
हल्का लजाएको हाँसोमा उसले भन्यो ‘दाइ बिल्ला नहान्नु न के…।’
पाइन्ट थोरै माथि सा¥यो । नत्र उसको दुई इन्चको टीसर्ट मुनि झुन्डिएको पाइन्ट अझैं तल झेर उसको आधा चाक त देखिइसकेको थियो ।
‘हो के, हेर त…!’
उसले फेरि आफैलाई मुन्टो फर्काएर हे¥यो ।
अनि फेरि अर्काेतिर फर्केर थोरै हाँसो मिसाएर भन्यो ‘दाई ‘घोर’ बनाइदिनु भो यार ।
चुरोट लिएर ऊ सरासर पछिल्लो टेबलमा त्यो टेबुलमा पुग्दा उसको पाइन्ट फेरि भुइँमा लत्रिइसकेको थियो ।
यो मात्रै होइन, यस्ता धेरै अड्डा चाहर्नु आजकल मेरो दैनिकी बनेको छ । दिनदिनै जसो म अड्डा चेन्ज गरिरहन्छु ।
जहाँ नयाँ नयाँ अनुहार भेटिन्छन् । नयाँ नयाँ ‘ट्याप’हरु । अनि नयाँ नयाँ ‘ट्यापिस्ट ल्याङ्ग्वेज’हरु प्नि ।
त्यस्तै टाइपका केटीहरु पनि भेटिन्छन् । जो प्रोफेसनल कल गर्लजस्तै हर्कत गर्छन् । हुन् पनि त्यस्तै । जो ‘होटेलवाला’हरुको कन्ट्याक्टमा राम्रो कमाइ पनि गरिरहेका छन् ।
म धेरै त्यस्ता होटेलहरु पनि पुग्छु आजकल, जहाँ एउटै कोठा दिनमा २४ पटकसम्म बुक हुन्छ । ४८ नयाँ अनुहारका साथमा । त्यो पनि १२ घण्टामा । यहाँ धेरै ‘लिला’सँग म प्रत्येक्ष बात मारिरहेको हुन्छु ।
एउटा होटेलको साहुजी त भन्दै थिए ‘सर, के कुरा गरम् र ? आफैंलाई अप्ठारो लाग्छ तर, व्यापार गर्नैप¥यो ।’
उनलाई अझैँ थाहा छैन, म पत्रकार हुँ भन्ने । किनकि मेरो ‘लुक्स’ कुनै ‘ट्यापे’ भन्दा कत्ति कम छैन ।
तर, मलाई लाग्दैन कपाल लामो बनाउँदैमा, कानमा मुन्द्रा लगाउँदैमा वा कपाल ठड्याउँदैमा या ओंठ, जिब्रा, आँखी भौँका छाला छेड्दैँमा अनि शरीरमा ट्याटुहरु बनाउँदैमा ऊ ‘ट्यापे’ हुन्छ ।
म पनि आजकल कपाल पाल्छु । कानमा टप लगाउँछु । जँुगा पाल्छु । र, कथित भद्र(भलाद्मीहरुको नजरमा ‘ट्यापे’ लाग्छु ।
एक दिन एउटा समाचार बनाउन ‘वाइसीएल’को क्याम्पमा गएको त मलाई नै उनीहरुले ‘गुण्डा’ भन्ठानेछन् । म उनीहरुकै भाषामा ‘गुण्डा’हरुकै रिपोर्टिङका लागि त्यहाँ पुगेका थिए ।
त्यो बेला वाइसिएलको एउटा समूहले खोलामा ‘गुण्डा’हरुको संरक्षणमा अवैध उत्खनन् गरिरहेका जेसीभी अनि ट्याक्टर र टिप्परहरु समातेका थिए । मलाई त उनीहरुले ‘गुण्डा’ नै भन्ठानेछन् र, सोचेछन् ‘हामीसँग कुरो मिलाउन आरैछ ।’
कसैले पछि पत्रकार हो, भनेपछि उनीहरु सबै ट्वाँ… भएछन् ।
त्यै भएर होला साउजीले पनि अझ धेरै कुरा खोले ‘१५ वर्ष पनि नपुगेकी जस्ती देखिन्छे एउटी उसको लाइनमा सधै ५(७ जना हुन्छन् ।’
हल्लाका हाँस्दै अझ प्रष्ट भने ‘जोर त कहिल्यै हुन्न् उसको लाइनमा केटाहरु, सधै बिजोरामात्रै, ५, ७, ९…।’
‘त्यस्तो पनि हुन्छ…?’ म हल्लका मुस्काएँ ।
‘एक दिन बिहानबाट साँझसम्म ह्याँ बस्नुस् त अनि तपाइँ त सेन्टीफ्ल्याट के…।’
‘किन, के हुन्छ र ?’ म नबुझेजस्तो गछ’ म नबुझेजस्तो गर्छु ।
अनि फेरि साहुले बुझाउन खोज्छन् ‘हेर्नुस् तो हाम्रै पालिमा केटाकेटीहरु कस्तोसम्म हुन थाले, खै छोरा नातिलाई त जोगाउनै गाह्रो छ ।’
‘हो नि…।’ म कोकको घुट्कीसँगै सही थाप्छु ।
‘अब त छोरा(छोरी जोगाउनै गाह्रो भो सर…।’
उनी यो सब किन भनिरहेका छन्, जब कि उनी आफैं फेरि त्यसैलाई बिजनेस् ठान्छन् । के, उनका श्रीमति अनि छोराछोरीलाई उनको यो बिजनेश आइडिया था होला ?
सोँच्छु मात्रै केही भन्निनँ ।
केही बेरपछि त्यो अड्डा रित्तिदैँ थियो । तर, त्यो केटी निस्किने छाँट देखिनँ । मैले फेरि अर्काे कोक मगाएँ ।
‘तपाइँलाई फेसबुकमा देखेको थिएँ…’ ऊ मतिर सोझिई ।
फेरि ऊ नै बोली ‘तपाईँका कथाहरु हेर्छु…।’
मैले भनेँ ‘पढ्नुहुन्न त ?’
गोलाकार धुँदा फ्याँक्दै उसले भनी ‘म पढ्ने मान्छे चैँ हैन के…।’
उसले स्ट्रेमा चुरोट राखी । कपाल मिलाई । पाइन्ट झट्कारी । अनि आङमा झुन्डिएको टी(सर्टभित्र हात घुसारी र, ब्राको फिता मिलाई ।
मोबाइलभन्दा पनि सानो पर्सबाट सानो ऐना झिकी । ओंठ लेप्राइ ।
फेरि छातिमा हात घुसारी अनि लिपिस्टिक निकाली, अनि ओंठ मिलाई । उसका ओंठ लाल भए ।
‘लौ त पत्रकार जी….।’
निस्किदैँ गर्दा उसले भनी ‘फेरि मेरो पनि कथा आउला के…।’
लाल ओंठभित्र हल्का सेता दाँत टल्किए ।
थाहा छैन, उसले यो मेरो ‘हर्कत’ पढ्छे कि पढ्दैने ।
(स्रोत : Rsamachar)