~पौल भाट~
अइया। …। म चिच्याए अनि आफ्नो पसल तिर दगुरे !!
मुठी भरि काजु थियो अनि गाला मा चिमोटेको डाम !! आमा ले हेर्नु भो अनि भन्नु भो। । तँलाई थाहा छ त गीताले चिमोटेछ भनेर खुब जान्छस् त जाने बेला !!
म अढाई वर्ष को थिए !! १ नम्बर गल्ली को २३ औ पसल हाम्रो थियो अनि हाम्रो भन्दा ४ पसल पश्चिम गीता दि को पसल थियो !! पण्डितको मिठाई पसल को ठ्याक्कै उता !! आमिर खान को पसल अघि अनि जोखे को पसल को यता !!
किराना पसल थियो !! हाम्रो पसल मा जे थिएन ,, सप्पै थियो त्या !! काजु , किसमिस , थरी-थरी को मिठाई !! नरिवल , चुरोट , सुर्ती , चाउचाउ अनि के-के !!
हाम्रो मा जम्मै कपडा , जुत्ता , प्लास्टिक मात्र। … न खान मिल्ने न सुङ्ग्न !!
म भर्खर सम्झिने भाको थिए !! स्कूल जान्थे लामो भेस्ट लगाएर , कट्टु नलगाई !! स्कूल जान ज्यानै फाल्ने हुनाले आमा ले तेत्तिकै पठाइ दिनुहुन्थ्यो !!
२ बजे स्कूल बाट फर्कन्थे ,… अनि आएको गीता दि लाई पत्ता लाग्थ्यो क्यारे!! म पुगेको एक छिन म टुप्लुक्कै !! अनि मलाई उचालेर आफ्नो पसल म लानु हुन्थ्यो ! हावामा उफार्दै अनि कहिले डोराउदै ! जाना साथ पहिला चकलेट वा अरू कुनै दिई अनि म सँग बात मर्नु हुन्थ्यो ! दिन भर को बारे मा सोधाई !! कहिले A B C D भने बापत फेरि पुरस्कार !! मलाई त जसरी मुख मा मिठाई पार्नु थियो !! गीता दि लाई भन्छु भनेर स्कूल मा कविता , अनि पढाएको कुरा खुब याद गर्थे !! एक छिन् पछि पसल मा कोही नभए को बेला वा कसैले न देखेको बेला मलाई काजु मेरो हात मा पर्थ्यो !! अनि त म मख्खै !! अनि मौका पारेर गीता दि का हात मेरा गाला जोर संग चिमोतिन्थे। … मेरा पुक्कुले गाला राता हुन्थे ,,, अब मेरो भाग्ने पालो हुन्थ्यो ,, कहिले च्याप्प पक्री झन् सारो गरि गाला रातो हुन्थ्यो !!
अनि म बत्तेर आफ्नो पसल मा पुग्थे !! कहिले कहीँ आमा दि लाई रिसाउनु हुन्थ्यो !! ए गीता कान्छा को गाला किन चिमोठ्छस!! गीता दि फिस्स हास्नु हुन्थ्यो !!
आमा ले नजा भन्नुहुन्थ्यो तर दि ले नाने भन्दासाथ मा दगुरी हाल्थे !!
आमा ले रिसाउनु हुन्थ्यो ,, तर म दिन मा एक चोटि दि को पसल मा पुगी हाल्थे !!
त्यो काजु थियो वा मिठाई तर गीता दि लै भेट्न मलाई खुब हतारो हुन्थ्यो !!
कहिले स्कूल बाट फर्कदा ए नाने !! भन्ने चिनेको आवाज आउथ्यो अनि मा घर नगई गीता दि कै पसल मा !!
आमा लाइ थाहा थियो म अघि पछि छैन भने मा कता हुन्छु भनि !! एक छिन् मा दाई आइ पुग्थ्यो !! तर गीता दि गाला मा नटोकि वा नचिमोटि जान दिन हुन्थेन !!
ए नाने तलै थाहा छ,,,,, भण्डारी हरु लम्की जाने रे ???
पिन्तुरी ले ठुलै खबर भने झैँ भनि !!
म स्कुल बाट फर्केर त्यो साझ मा पिन्तुरी संग माटो खेल्दै थिए !!
म जत्रै थी तर केहि महिनाले कान्छी !!
मलाई मन भरंग भो !! साँझ परिसकेको थियो ,,, पसलहरू मा लालटिन बल्न थाली सकेका थिए !! आमिरको दोकान मा !! देवकोटा को दोकान मा !! हाम्रो मा उस्मान को जेनरेटर बाट ल्याएको बिजुली ले गुलुब बल्थ्यो !!
मलाई चिसो भयो। . आज गीता दि संग भेटेको पनि छैन !! म जान हतारिए !!
पाइला बढ्दै थिए। । ए नाने भात खान आइज। …. बा गर्जनु भो !! लौ अब पर्यो बित्यास !!! बा पसल को अघि जंग सगरमाथा झैँ उभिनु भाको थियो !! जो म पार गर्न सक्तिन थए !!
म लुरुक्क परेको बिरालो झैँ घर मा छिरे !! भात नि खान मन लागेन !! खाली गिजोले मात्रै !! घिउ थियो , तरकारी थियो , मास को दाल थियो ! अचार थियो !! तर मेरो मनभरी दि हुनु हुन्थ्यो !!
खान फाल्न मिल्थेन बा भएको बेला !! बाले खाना सक्न सम्म एक गाँस मुख मा आर्को थाल तल पुराए !! बा सक्ना साथ चुठेर पसल मा जानु भो ! अब म नि उठे !! खान आधि पेट मा थियो आधा थाल मुनि !! थाल लिएर बाहिर लागे !! आमा कराउनु भो। । कति भात पोखेको कान्छा !! तैले कहिले सिक्ने होला ??? यो आइडिया त दाई बाट सिकेको थिए !! दाइ ले आलु नभाको बेला तेसै गर्थ्यो !!
अब बाहिर निस्कनु भनेको बा को घुस्सी खान को लागि मात्र थियो !! दाई ले किताप खोल्यो !! लालटिन को उज्यालोमा !! अब किताप सँग हाम्रो दोस्ती सुरु भो !! दाई पढ्थ्यो म सुन्थे !! दाई लेख्थ्यो म हेर्थे !! पढाई पछि दाई ले आमिर खान को बाट ल्याको कमिक्स निकाल्यो !! कमिक्स पाइन्थ्यो त्यो बेला बजार मा हिन्दि !! अनि आमिर भाडा मा ल्यौथ्यो अनि दाइ ऊसको बाट मागेर ल्यौथ्यो !! धुर्ब , नागराज , डोडो , हाम्रो हीरो थिए !! टिवी हुन्छ भन्ने त सुनेको मात्र थियौ !! कमिक्स हामीले लुकेर पड्नु पर्थ्यो !! म अलि-अलि अक्षर चिन्थे तर चित्र हेरेरै कहानी बुझ्थे !!
———————————————————————-
बिहान भो !! होमवोर्क पो छ आज त !! पुरा ४ पाना !! गरेन भने सर ले कन्सिरी उखेल्छ !! त्यै ४ पाना गर्दा ९ बजी गो !! हतार-हतार खाना खाए !! लुगा त के लगाउनु !! लामो भेस्ट ग्वाम्मै छिरायो बस !!
हामी स्कूल हिँड्यौ !! तब गीता दि को पसल याद आयो !! डलब थिए अघि अनि थारूहरू समान डलब मा राख्दै थिए !! भण्डारी साउजी समान यता मिलाउ उता मिलाउ भन्दै भित्र बाहिर गर्दै थिए !! भण्डारी आमा छिमेकी सँग बिदा हुँदै थिइन !! आँखा को कुना-कुना मा आँसु देखिन्थ्यो!! दिपक र ज्ञानी पनि बा संगै समान ऒसर्दै थिए !! मेरा आँखा ले गिता दि खोजे !! देखिन !!
पसल नजिकै गए !! काजु किसमिस। . मिठाई को बट्टा सब बोरा मा बन्द भैसकेका थिए !! गीता दि लाइ पनि देखिन !! पसल बाट भित्र जाने ढोका तिर हेरे !! झ्याक्क गीता दि लाई देखे। . दि ले मलाई देखिनन् !! दि व्यस्त थिइन् !!
ए नाने !!!! दाइ जोखेको पसल अघि बाट कुर्लियो !! छिटो आ !! ढिलो हुन्छ !!
म भेस्ट तान्दै दगुरे !! गोरे मामा , भवी आन्टी, तपेन्द्र , सब भेला भैसकेका थिए !! हामी स्कूल गयौ !!
मेरो ध्यान बजारमै थियो !! हाफ छुट्टि मा म त्यो दिन दिलीप सर सँग खेलिन !! बिजुली को बेगमा बजार दगुरे !! गीता दि हरू अहिले सम्म गएका छैनन् होला !! भन्ने सोच्दै !! दगुरे !!
बजार मा मान्छेहरू किनमेल गर्दै थिए !! मास्टर कल खट्ट-खट्ट गर्दैथ्यो !! भुल डाक्टर का बिरामी बसेकै थिए !! जोखे का बा तराजु पछाडी बसेकै थिए!! आमिर को बा मट्टीतेल मुखले तान्दै थियो !! मेरा बा चेस मा भिडेका थिए !! सब मस्त थिए !! आफ्नै धुन मा !! मानौ आज पनि हिजो झैँ थियो !! म गीता दि को पसल अघि पुगे !! सिधैँ पछाडी को कुलरिया देखे। । जंगले देखे !! डलब गैसकेका थिए !! पसल अघि गोबर थियो ,,, राँगा ले छोडेको पराल थियो ! पसल मा काम नलाग्ने सामान यता उता हुर्यै एको थियो !!
गीता दि हरू गइ सकेका थिए !!
सानो मन ले सोच्यो? के गीता दि ले मलाई खोजी होलिन्??
———————————————————————-
SLC पास गरेपछि विज्ञान अध्ययन गर्न काठमाडौं आए !! अब धेरै पनि बगिसकेको थियो कुलरियामा !! १२ महिना बग्ने कुलो अब ५ महिना मात्र बग्थ्यो ! बजार मा २ पसल मात्र थिए !! खण्डहर थिए धेरै घर !! हाम्रै घर भाको पसल नि निसाना थिएन ! हामी पनि केही वर्ष पछि बौनियाँ गयौ !
सुनेको थिए। . गीता दि को बिहे भयो रे कोहलपुरमा !! आमा सँग एकचोटी नेपालगञ्ज जाँदा देखाउनु भाको थियो कतै यता छ रे गीता को घर !! अनि भन्नु भो। . गीता के तेरो गाला चिमोट्ने !!
म अतीत मा डुबेको थिए , काजु सम्जह्दै थिए !! आमा ले मलाई बिर्सेछ ठानिन !!
एक पटक लम्की मा भएको पसल मा नि गएको थिए !! भण्डारी आमा थिइन् !! दरबार जत्रो घर थियो !! माथि लगिन !! लड्डु दिइन। .// बर्फी दिइन ,,,,,, भण्डारी बा ले प्लास्टिक को बट्टा भरि पैसाको बिटो ल्याएर सेफ मा राखे !!
त्या गीता दि थिईनन !
———————————————————————-
उर्मिला फुपु को बिहे थियो ! ऊनको पसल हाम्रै गल्लिमा हाम्रो भन्दा
३-४ पसल अघि थियो !! बिस्टको पसल भन्दा अगाडी !!
अनि भोज खाने बेला मा म एउटा टेबिल मा गएर बसे खाना लिएर !!
मेरो अघि एक स्त्री थिइन !! को अर्को मान्छे सँग कुरा गर्दै थिइन !! अनुहार मा दाग थिए ! बोल्दा देखिन्थ्यो, बायाँ तिर को माथिल्लो दाँत भाँचिएको थियो !! अर्की स्त्री उठेर के लिन गइन् !! तिनले मलाई चिने झैँ हेरिन !
मैले ठम्याउन सकिन !! मेरो छेउ मा काका थिए !! उनले भने के छ गीता? !!
म निन्द्रा बाट बिउझे !!
हु। . थुक्क म ,,, चिन्न नसक्ने !!
कसरी चिन्नु पनि !!
हिउँ जस्तै दि का गालामा काला पथर जस्ता दाग थिए !!
फुल जस्तै सुन्दर दि अब ग्रीष्म को राप ले ओइलाएको पात झैँ थिइन !! अनुहार मा कुनै कान्ति थिएन!
सुन्यता ब्याप्त थियो !
लाग्थिन् नहाँसेको जुग भइसक्यो ! हृदय को चोट शरीर ले झल्काउन्थ्यो ! प्राण को पिडा बोली भरि उर्लन्थ्यो !!
काका ले मलाई चिनाइ दिनुभयो !
ए नाने यत्रो ठूलो भइसक्यो?
धेरै पछि पो देखे त तँलाई पवल !!
मेरो नाम पनि याद रैछ !! चिमोटेको पनि याद होला !! तर समय ले मलाई अब पवल बनाई सकेको थियो !! दिदी क आँखा एक छिन् चम्के ! फेरि भित्र को अँध्यारो मा बिलाए !!
———————————————————————-
बाइक दुर्घटना मा दाँत भाँचिएको रैछ !! ज्यान जोगिए को रैछ धन्न !! १ वर्ष भएछ श्रीमान सँग छोड पत्र भएको !! सुने अरूबाट !! मन अमिलो भो ! ! सक्ने भए सब ठीक गर्दिनथें !! तर म अब ठूलो भइसकेको थिए ! लाचार अनि बिबस ! आफै पिडा मा पर्न सुरु भइसकेको थियो !!
-कैलाली, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)