~छोगेल मोक्तान~
तिमी हाँस्दा चन्द्रमा हाँस्ने गर्थ्यो
तिमी रूँदा आकाश रूने गर्थ्यो ।
तिम्रो रूप र जूनको ज्योति
हरबखत खोज्ने गर्छु ।
तिम्रो आँसु र आकाशको झरी
कहिले काहीं दाँज्ने गर्छु ।
प्रकृतिको कालो रातमा
जून हेरी चित्त बुझाउँछु ।
झरी परेको समय आफै
तिमी रोएको सम्झि रोइदिन्छु ।
तिमी हाँस्दा संसार रमाउने गर्थ्यो
तिमी रूँदा पृथ्वी भिज्ने गर्थ्यो ।।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)