सूत्रकथा : गरीबी

~भूधरा उपाध्याय~bhudhara-upadhyay

गाउँको प्रतिष्ठित अगुवाले सरकारबाट आएको सबै कम्बलहरु आफूलाई नराखी गरीब गाउँलेलाई बाँडिदियो।

नेता होस् त यस्तो भन्दै सबैले जय जयकार गरे।

घरमा आयो र अघि नै लुकाइ राखेको कम्बल झिकेर गुटुमुटु भयो।

पत्नी भन्दै थिइन् – अलि रात छिप्पिन दिनुन हजुर, पर्दा च्यातिएको छ।

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.