~योगेश ढकाल~
एक ब्रिध आमा
साथमा कालो दुर्बिन
न्याय र अन्याय छुट्ट्यौने
बिबेक शिल स्योम्भु का दुइ आँखाको
सम्भवत अर्को पर्यायवाची
कालो दुर्बिन भित्र
ब्रिध आमको दुई आँखा ।।।।
शायद उनी जन आन्दोलन भाग-२ लाई आत्मसाथ गर्दै होलिन
सामाखुशी एक उर्बर भुमि
मन को आँखा ले कैद गर्दै हुन त्यो जन उभार
जीन्दाबद अनी मुर्दाबद चर्कोआवाज
लक्ष्य उही लोक तान्त्रिक गणतन्त्र
ओठ बाट अलिकती हासो पनि फुत्कियो
अचानक हासो हरायो पनि
आँखा चिप्लिएछ तेही कतै रगत को tato मा
अत्मबिभोर हुँदै त्यहाँ बाट भागेर उनी कलंकीपुगिछन्
लागभग उस्तै स्योरुप आन्दोलन को
लक्ष्य उही लोक तान्त्रिक गणतन्त्र
तेतै कतै येउता बेबरिसे लाश पोखिएको देखिन
भाग दोउड कोलाहल अनी बन्दुक पड्किएको पनि सुनिन
दुर्बिन भित्रै आँखा चिम्म गरेर
एक हातले छाती मुसरिन होली
थेग्न नसकिने पिडाको पर्यायवाची ।।।।
उनका आँखा भागदै होलान
लगनखेल, कोटेश्वर, चबहिल हुँदै सबै तिर
सबै तिर आक्रिती फरक प्रक्रिती उस्तै
रुप रङ फरक लक्ष्य एउटै
बच्चा देखी बुढा पका सम्म
भन्दै थिए लोक तान्त्रिक गणतन्त्र जिन्दबाद्
आवाज ले काठमाडौं गुन्जएमान थियो।।।
शायद प्रतिगामी हरु लामो लामो श्वास फेर्दै थिए होलान
तेसै बिच आमा झस्किन्छिन
एथस्थिती मा आउन्छिन
लोक तान्त्रिक गणतन्त्र नेपाल को प्रदुसित काठमाडौं
फेरी एक्पतक दुर्बिन बाट नियल्छिन
धुवा धुलो प्रदुशित ……….
ग्रहुङो प्रश्न मन भरी फुल्छन होला
जित त तिनिहरु को नै भएको थियो
जस्ले रगत बगयो
तर के लक्ष्य एही थियो त???
बाचा सबैले गरेका थिए
शाहीद हो सपना साकार पर्छोउ
तर के सपना साकार भयो त ???
रगत त धेरै को बग्यो
शायद अझै सुकिसकेको छैन होला
खोइ त्यहाँ न्याये भयो कि अन्यए???
शायद ति ब्रिध आमा दुर्बिन भित्र
यिनै प्रश्न को उत्तर खोज्दी हुन।।।।।
– प्रवास, पोखरा
November 16, 2008
(स्रोत : माइ संसार डट कम)