~गोविन्दप्रसाद आचार्य~
कवि रामप्रसाद ज्ञवालीको “शब्दार्थ–सौन्दर्य” २०६८ माघ महिनामा ऐरावती प्रकाशनले बजारमा ल्याएको छ । यसमा भूमिका भुवनहरि सिक्देलको रहेको छ । यस सङ्ग्रहमा लामाछोटा गरी २५ वटा कविता सङ्ग्रहित छन् ।
यी कविताको समालोचना गर्ने हो भने एउटा सानो लेख नभएर एउटा सिङ्गो पुस्तक नै बन्छ । समालोचनाको सिद्धान्तमा घोलेर यी सिर्जना पिउने जमर्को मैले गरेको छैन । सङ्ग्रहभित्र भएको एउटा कविताको शीर्षक “छुसी” राखिएको छ । यी कविताको समालोचना गर्न खोजेँ भने कतै म त्यही “छुसी” त हुने होइन ? मही खाएपछि अमिलो छ वा छैन भन्ने जिब्रोले जो अनुभव ग¥यो, त्यो बताउने “छुसी” पाठकलाई पनि अधिकार छ, तापनि मैले यहाँ कुनै सिद्धान्तको प्रयोग गर्दिनँ, केवल पाठक प्रतिक्रियामात्र व्यक्त गर्छु । मैले जस्तो अनुभव गरेँ, त्यो सबैका लागि लागु हुन्छ भन्न सक्दिनँ ।
सुन्दरता हेर्नका लागि मात्र हो, छुनको लागि होइन, यो यथार्थजस्तो लाग्छ । यस कविता सङ्ग्रहका कविताहरू “शब्द–सौन्दर्य” का दृष्टिले टलक्क टल्काइएको छ । आजभोलि यस्तो चलन छ । कृत्रिम गहनाका पसल खुलेका छन् । फलामलाई सुनचाँदीको जलप लगाएर महङ्गो मूल्यमा बजार बिक्री गर्छन् । ग्राहकहरू भ्रममा परेर किन्ने गर्छन् । तर तिनलाई साबुन लगाएर धुने हो भने जलप पखालिँदो रहेछ । तबमात्र जिल्ल पर्छन्— झुक्यायो मोराले घ् तर यहाँ त्यस्ता कविताहरू कुनै छैनन् । रामप्रसाद ज्ञवालीले सक्कली सुन ल्याएर बजारमा बेचेका छन् अर्थात् यहाँका शब्दहरू अर्थलाई बोक्न गाह्रो मान्दैनन् । यी अर्थका भरिया शब्दहरू सारै बलिया र तरूना छन् ।
कविता सङ्ग्रह पढ्दा यस्तो लाग्यो, छन्द बोक्रो हो । रस चुसेर फालेको छोक्रो हो, जसमा मनमा लागेका पूरा भावना पूरा गर्न सकिन्न भन्नेहरूका लागि यो चोटिले जवाफ हो । जेरी पकाउँदा कतै चास्नी पसेको हुन्छ, कतै पसेको हुन्न । तर यस सङ्ग्रहका कविता त्यस्ता छैनन् । यहाँका कवितामा राम्ररी चास्नी पसेका छन् । सबैजसो छन्दमा लयको जटिल छैनन् । केटाकेटीले पनि सजिलै पढ्न सक्छन् । लय हालेर कण्ठ गर्न सक्छन्, बरू बुझ्न कति सक्छन् ? त्यो अलग कुरा भयो ।
सुन्दरता मान्छेको हेर्ने दृष्टिकोण हो । कसैलाई मन नपरेर फालेको चीज कसैले मन पराउँछ । तर यस सङ्ग्रहमा त्यस्ता अप्रिय लाग्ने कविता कुनै पनि छैनन् । यो सङ्ग्रह “छन्द बचाउ अभियान” को एउटा दरिलो खम्बा हो । छन्दमात्र नभई छन्दसँग भावनाले, शब्दले अर्थले विचारले हृदय जोडेको खन्डमा र अलङ्कारले साथ दिएमा नयाँ सृष्टि हुन्छ । जुन सृष्टि ज्यादै सुन्दर हुन्छ । सुन्दरता खोज्नेहरूका परिभाषा बेग्लाबेग्लै छन् । सुन्दरता पनि वर्गीय हुन्छ । वर्गसँग अभिन्नरूपले गाँसिएको हुन्छ । कुनै पनि वर्गको जीवन यात्रासँग सौन्दर्यका पक्षले उज्यालो छरिएका हुन्छन् । सुन्दरता श्रमसँग जोडिएको भएमा त्यो औधी राम्रो हुन्छ ।
यस सङ्ग्रहका कविताहरू सबै वर्गचरित्रमा आधारित नहोलान् । तर कुनै पनि वर्गलाई रमाइलो र आनन्दको आवश्यकता पर्छ । यस सङ्ग्रहको सुरूमा राष्ट्रगान छ, जुन देश संस्कृति, कला, धर्म, कृति प्रकृति, जाति, भाषा, सबैलाई कलाभित्र उनेर सुन्दरता प्रस्तुतिमा ती सबैको उपस्थिति देश हो भन्ने उद्घोष गरिएको छ ।
छन्दमोहनी शीर्षकको कवितामा छन्दको प्रभावलाई जमेर चर्चा गर्दै मानिसलाई हृदयको गहिराइसम्म पु¥याएर छन्दमा कविता हुन्न भन्नेलाई कान समातेर उठबस गराइएको छ । तेस्रो शीर्षकको कविता “भाइबहिनीलाई चिठी” रहेको छ, जुन कवितामा केवल घरका भाइबहिनीलाई लेखिएको सामान्य चिठी होला भन्ने जोकोहीलाई लाग्दो हो । तर त्यस्तो छैन । कवितामा भनिएको छ—
“जो खोल्दैनन् देशका निम्ति बाटा
जो बोल्दैनन् प्रेमले मातृभाषा
जो बिक्छन्, जो सत्रुका पाउ धुन्छन्
त्यस्ता मान्छे देशका घाउ हुन्छन्”
यो कविता पढ्दा मलाई भानुभक्त बाजेको याद आयो । गजाधर सोतीको वर्णन गरेर केटाकेटीलाई खोक्न लगाए । यहाँ लेखकले भाइबहिनीलाई “चिठी त लेख, तर देशभरी चेतना जगाएर” भन्ने सन्देश दिएका छन् । यस कवितासङ्ग्रहको चौथो कविता “छुसी” शीर्षकको रहेको छ, जुन कविताले अवसरवाद, सामन्तवाद र कति नै नयाँ बनाउँछु भन्नेहरूले पुरानोसँग साइनो गाँस्न चाहने तर आडम्बर नयाँको दिने प्रवृतिको भन्डाफोर गरेका छन् । यस्तो प्रवृतिले हाम्रो समाजमा अड्डा जमाएको छ । त्यो अड्डाका गालामा फकाइफुलाइ सिस्नो पानीको दरो झुठोले हान्छन् । कवितामा भनिएको छ—
“नमिठो उब्जनी रोप्छ र मिठो खान खोज्दछ
अर्काको मान गर्दैन आफू सम्मान खोज्दछ
मनमा पापको पोको मुखमा ज्ञान बोक्दछ
गर्दैन त्याग एउटा नि सम्पूर्ण भाग खोज्दछ”
पाँचौँ कविताको शीर्षक रहेको छ— “देश यो मर्न दिन्न म ।” जुन कविता पढ्दा मलाई यस्तो अनुभव भयो— “एक मधेश नभए एक नेपाल पनि रहन दिन्नौँ । २०÷२१ वटा जिल्ला हामी टुक्राएर लिन्छौँ ।
छिटै राजधानीसँग सम्बन्धविच्छेद गर्छौँ” जस्ता प्रायोजित विचारले देशलाई तर्साउन खोजेका छन् । यही देशको दानापानी खाने तर जुन थालमा खायो, उसैमा थुक्नेहरूलाई यो कविताको शीर्षकले ओठमा सिस्नो लगाएको छ । जथाभावी बोलेर हिड्ने छाडा र अराजकहरूलाई यो शीर्षकको कविताले मेरूदन्ड भाँचिदिएको छ । यसले साँच्चै मेचीकाली जुर्मुराउँछन् । तिनका बाजेले जोडेको देश न, तिनले एक थोपा पसिना चुहाएको देश, कसैले अराएर सोझा सिधालाई छलेर माऊ पसेर देशलाई मनपरी बोल्नेहरूका मुखमा जुत्ता हानेको छ—
“मेरो भूमि, नदीनाला तँलाई टेक्न दिन्न म
मै लेख्छु जिन्दगी मेरो तँलाई रोक्न दिन्न म
नयाँ नेपालको यात्रा तँलाई रोक्न दिन्न म
कानमा गीत गाएर गालामा टोक्न दिन्न म”
कवितामा अगाडि भनिएको छ—
“तँलाई देशमा मेरो मनपरी चर्न दिन्न म
इष्र्या, विद्वेषका बीउ देशमा छर्न दिन्न म
नेपाली भूमिमा राज्य तँलाई गर्न दिन्न म
मर्नु परे म नै मर्छु देश यो मर्न दिन्न म”
छैटाँै शीर्षकको कविता “चाहिँदैन” रहेको छ । कविता छोटो छ तर अत्यन्तै मार्मिक छ । कवितामा भनिएको छ—
“ढुङ्गा नफोर्ने घन चाहिँदैन
अल्छी र भाते ज्यान चाहिँदैन
गिठा नफल्ने वन चाहिँदैन
गरिब मार्ने धन चाहिँदैन”
हाम्रो भनाइ छ— खाएकाले पो खान्छ । वासी कुराउनी, गिठाको स्वाद चाखेकाले जहाँ गए पनि गिठा भुल्न सक्दैन । यसका साथै जाँगर र “सागर” खाने बेलामा “आँ गर” भन्नेहरूलाई छोटो कविताले मुखभरीको जवाफ दिएको छ । सातौँ शीर्षकको कविता “सामन्तवाद” रहेको छ । राम्रो देख्न नसक्ने, अर्काको कुभलो चाहनेहरूलाई कवितामा लेखिएको छ—
“मलाई कसले बोक्छ, त्यल्ले गाडी चढ्यो भने ?
बारीमा कसले जोत्छ, त्यल्ले धेरै पढ्यो भने ?
दासदासी बिना मेरो रहला के गरेर शान ?
सबैको जिन्दगी राम्रँे पार्न पाइन्न सावधान ¤”
यही कविताले जवाफ दिन्छ, संविधान किन बन्दैन ? बनिहाले पनि जनताको हितमा किन हुन्न ? नयाँ नेपाल किन बन्दैन ? यो कविताले काफी जवाफ दिएको छ । आठौँ शीर्षकको कविता “सहिदको सन्देश” रहेको छ ।
मलाई यो कविता पढ्दा जाँड खाएर लड्नेहरू पनि सहिद† गाडी दुर्घटनामा परेका पनि सहिद† एउटा सानो इलाका टुक्राउनका लागि मरेका पनि सहिद† कुनै पार्टीविशेषको स्वार्थमा मरेका पनि सहिद† हुँदाहुँदा यहाँसम्म हुन सक्ला कि कसैको कसैको छोरोसँग कसैकी छोरीले बिहे गर्न नपाएर कसैका छोटाले कसैकी छोरी नपाएर विष खाएर आत्महत्या गर्छन् भने† कतै नदीमा हाम फालेर मर्छन् भने† कुनै बेला दुवैले एउटै पासो लगाएर नदीमा हाम फालेर मर्छन् भने ती पनि सहिद ¤लाज नभएकाहरूलाई के लाज ? जसलाई पनि सहिद । तर “सहिदको सन्देश” शीर्षकको कविताले यो भन्छ—
“…..यस्ता खील र चील नष्ट नहुँदा संसारमा दुःख छन्
इच्छा यत्ति छ— “खील चील” सकियुन मान्छेहरू मुक्त हुन्”
नवौँ कविताको शीर्षक “आकाङ्क्षा” रहेको छ, यहाँ कविले साम्राज्यवादले सिकाएको छाडा र नग्न प्रेम होइन, राम्रोसँग जोडिएको मानवीय प्रेम, त्यसमा बाँचेको जीवनलाई यसरी लेखेका छन्—श्रमका पोटिला गाला चुम्न पाए हुने थियो
पिएर प्रेमका प्याला झुम्न पाए हुने थियो
सारा विकृतिका नेल भाँच्न पाए हुने थियो
जिन्दगी जिन्दगीजस्तै बाँच्न पाए हुने थियो”
यस्तै दशौँ कविताको शीर्षक “बुढो कुकुरको स्वभाव” रहेको छ, जुन कविता अत्यन्तै चोटिलो छ । यो कविता वर्तमान समयका प्रवृतिसँग अवसरवादीहरूसँग, सत्ता नपाउँदा पानीबाट फालेको माछोजस्तै देखिनेहरूसँग यो कविता गाँसिएको छ । तर “नानी जा बानी नजा” भन्नेहरूलाई “बूढो कुकुर” कवितामा यसरी भनिएको छ—
“मैले लोभ र पापका जहर ती गाडेर आएँ सब
मेरो मालिक राजतन्त्र पनि त्यो छाडेर आएँ अब
भन्दै सत्रुविरूद्ध लड्दछु भन्यो नेतृत्व सुम्प्यौँ तर
बूढो कुकुरहरूको स्वभाव छ उही—हल्लाउने फुच्छर”
यस सङ्ग्रहको १३ औँ कविता “सगरमाथाको प्रबोधन” शीर्षकमा रहेको छ, जुन कवितामा अत्यन्त गहिरो चिन्तन र विचार पाइन्छ । यसमा नेपालीहरूको भविष्यसँग गाँसिएर आएको प्रायोजित सङ्घीयताले कतै हामीलाई खाने होइन ? कतै हाम्रो अर्थ हराउने त होइन ? उचालेको कुकुरले मृग मार्दैन । प्रायोजित सङ्घीयताले देश राख्दैन कि ¤ देशलाई कतै दुख्ने हो कि ¤ राम्रो भन्दाभन्दै हामी हाम्रो देश भन्न पाउँदैन कि ¤ भन्ने गम्भीर र शालीन प्रकृतिका चिन्ता यहाँ रहेका छन् । कवितामा भनिएको छ—
“….किन हो दासता चाट्न यो विघ्न तीब्र आतुरी ?
किन हो शत्रुका निम्ति मित्रको पीठमा छूरी ?
…..पहिचान लिने भन्दै पहिचानै गुमाउँछौँ ¤
किन अस्तित्वका निम्ति अनस्तित्व समाउँछौँ ?
डढेलो वनमा लाई सुखी हुन्छन् र के चरा ?
आली धेरै बनाएर ठूला हुन्छन् र के गरा ?”
मलाई यो कविता पढ्दा सगरमाथाको छायाँमुनि बस्ने हामीलाई बाघ र स्यालको सल्लाहले मिलेर चर्ने तिन साँढेलाई फुटाएर बाघले रगत र स्यालले कलेजो खाएको कथा सम्झना भइरहेछ । कतै हाम्रो जात जातिका बीचमा साम्राज्यवाद र विस्तारवादले पैसाको खोलो बगाएर तिनो जोडको जस्तो स्थिति गराउने त होइन ? यस विषयमा ज्ञवाली प्रष्ट धारणा व्यक्त गर्छन् ।
२३ औँ शीर्षकको कविता “प्यारो छ नेपाल यो” रहेको छ । १३ औँ र २३ औँ कविताका बीच देख्नेहरू समान देख्लान् । तर यी दुई कविता वैचारिकरूपमै भिन्न छन् । देशमा विकृतिको डङ्गुर छ । अराजक र मनपरीतन्त्रलाई शासकहरू अङ्गुर भन्दै बाँडिरहेछन् । जुन थालमा खाने, त्यही थालमा थुक्नेहरू देशको गर्धन काट्छु भनिरहेछन् । प्लाष्टिकको थैलोबाट जन्मिएको नानीलाई कसैले आमा भनेको सुन्दा सारै रिस उठ्दो हो । यी प्रायोजित मष्तिष्कलाई पनि यस्तै हुन्न होला र ¤ कविले देश दुखाइरहेको बेला, मुटुको माझमा छुरा धसिरहेको बेला, देश दुःखी रहेको बेला, सबैको मन दुःखी रहेको बेला, प्रायोजितहरूलाई निधार फुट्ने गरी शब्दले हानेर घाइते बनाएका छन् । तिनीहरू अब उठ्न सक्दैनन । कवितामा भनिएको छ—
“आमाबाट बिछोडिएर शिशु क्वै तर्सिन्छ–तर्सिन्छझैँ
कालो बादलबाट फोहर निकै बर्सिन्छ–बर्सिन्छझैँ
द्वेषैद्वेष छरेर राष्ट्रभरिमा यो देश भाँड्दैछ, को ?
मेरो देश म भाँड्न दिन्न यसरी, प्यारो छ नेपाल यो”
सबै कविताहरू सुन्दर छन् । शब्द र भावनाले झगडा गर्दैनन् । कतै तत्सम शब्द भए पनि मिलेर बसेका छन् । सबै लयबद्ध छन् । बेग्लाबेग्लै फुलको बेग्लाबेग्लै वासना छ । सबैजसो कविता चाडपर्व, बिम्वलाई समयसँग जोडेर लेखिएको भए अझ यो नेपाली प्रगतिवादी कविताका क्षेत्रमा कला, विचारको संयोजन गरेर लेखिएको सुन्दर सङ्ग्रह बन्ने थियो ।
यस कविता सङ्ग्रहमा पस्दा यो कलाका दृष्टिले कुबेरको भन्डार हो । भोकाले त्यहाँ पस्दा जे, जसरी, जस्तो खान सक्छ, त्यो उसको स्वतन्त्रता हो । लाठी हान्नेदेखि लिएर राष्ट्रवादको उर्लिंदो रहर अवसरवादीका प्रवृत्ति मानवीय गुण नवरसलगायत जीवनका हरेक पक्षहरू यसमा छन् । तसर्थ यो कवितासङ्ग्रहमा जो, जस्तो कला प्रयोग गरिएको छ, त्यो सर्वहारावर्गीय विचारको नजिक रहेर गरिएको छ । तर ती वैदिक पाठकका लागि मात्र छन् । जे होस्, “शब्दार्थ–सौन्दर्य” को सौन्दर्य जो, जसरी देख्न सक्छौँ देख† जे जसरी लेख्न सक्छौँ लेख । यसले सिकाएको सवल पक्ष विचारलाई नारा नबनाएर कला र विचारलाई सन्तुलित रूपमा लैजान सकिन्छ भन्ने दृष्टिकोण नै यसको सौन्दर्य पक्ष हो ।
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २१ – March 28, 2012 – २०६८ चैत्र १५ गते, बुधवार)