कविता : लालकिल्लाका सिल्लीहरू

~शिवराज पन्थी~

दिल्ली दरबारको लालकिल्ला
कति महत्वपूर्ण, कति ऐतिहासिक छ
अंग्रेजहरूलाई परास्त गरेको,
ऐतिहासिक स्तम्भ
तर,
आज त्यही लालकिल्ला
राष्ट्रघातीहरूको आश्रय स्थल भा’छ
नेपाली कमान्डरहरूको शरण स्थल भा’छ
रणनैतिक षड्यन्त्रको अखडा भा”छ
नेपाली धरतीको,
राष्ट्रिय स्वाधिनता माथि
धावा बोल्ने,
योजनाकारहरूको योजना स्थल भा’छ
आज त्यही दिल्ली दरबारमा
रिमोट कन्ट्रोलको स्विच राखेर
नेपाली भूगोलको चौवन्न सीमामा
अन्डरग्राउन्ड तारहरू विछ्याइएको छ
जेलिएको छ बारूदी सुरूङ जस्तै
र”का एजेण्ट परिचालन गरी
नेपाली अस्मिता निल्न
यतिबेला
नागिन पठाई
नेपाली सिल्लीहरूलाई
पानी–पानी बनाइएको छ पगालेर
दिल्ली दरबारको इसारा बिना
हिड्नै नसक्ने दृष्टिबिहिनहरू
सुस्त मनस्थितिका भाटहरू
थर्थर काप्ने कायरहरू
दिल्लीको नून बिना
बाँच्नै नसक्ने भएपछि
नैतिकता, इमान, जमानलाई
कुम्लो पारेर
सिक्कामा बेच्दैछन
र, खोपी खेल्दैछन घरकुली बनाएर
राष्ट्रिय अस्मिताको सौदा गर्दै
थाङ्ना तुन्दैछन,
टुक्रा–टुक्रा बटुलेर
दिल्लीको ट्रेड मार्क–स्टिकर
स्वलेशनले मस्तिष्कमा चिप्काएर
अभिमानी राग अलाप्दै
जबरजस्त देश घिसारी रहेछन् ।।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३९ – २०६८ भाद्र ७ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.