~अरुणबहादुर खत्री “नदी”~
कवि रमेशप्रसादलाई उसको आमाले भोलि शनिबार म्हेपीमा लगेर चढाउन दुईटा हाँसको अण्डा किनेर ल्याइज भनिन् । कवि रमेशप्रसादले एउटा पसलबाट नब्बे रुपैया तिरेर दुईटा हाँसको अण्डा किनेर घरमा लग्यो ।
घरमा उसकी आमाले सोधिन्,“खै देखा त तैंले कस्तो हाँसको अण्डा ल्याएको रहेछस् ?”
उसले हल्लिएको अण्डा किनेर ल्याएको रहेछ ।
“हल्लिएको हाँसको अण्डा त बिग्रेको हुन्छ नि जा यो हाँसको अण्डा फिर्ता गरेर नहल्लिएको हाँसको अण्डा किनेर ल्याइज,” आमाले भनिन् ।
रमेशप्रसादले ल्याएको पसलमा फर्किएर “नहल्लिएको हाँसको अण्डा बिग्रेको हुँदैन रे, यो हल्लिएको हाँसको अण्डा त बिग्रेको हुन्छ रे” भनेर नहल्लिएको हाँसको अण्डा साटेर लग्यो ।
भोलिपल्ट बिहान उठ्ने बित्तिकै कवि रमेशप्रसादले म्हेपीमा लगेर हाँसको अण्डा चढायो । हाँसको अण्डा चढाएर प्रसाद खान घरमा लग्यो । घरमा हाँसको अण्डा उसकी श्रीमतीले पकाएर सबैलाई प्रसाद भनेर बाँड्न खोज्दा त बिग्रेको पो रहेछ ।
“हजुरले बिग्रेको हाँसको अण्डा किनेर ल्याउनु भएको रहेछ,” श्रीमतीले गुनासो पोखिन् ।
“बिग्रेको हाँसको अण्डा भगवानलाई चढाउदा आफ्नो मनको इच्छा कहाँ पूरा हुन्छ र ?” उसको आमाले थपिन् ।
उसको अर्को पसलबाट दुईटा हाँसको अण्डा किनेर म्हेपीमा चढाएर ल्यायो । पछि लगेर चढाएको हाँसको अण्डा चाहि बिग्रेको रहेनछ ।
आमा भनिन्, “अबदेखि तैंले बिग्रेको हाँसको अण्डा कहिल्यै नल्याइज नि !”
“हाँसको अण्डा नफुटाइकन मैले बिग्रेको नबिग्रेको कसरी थाहा पाउन सक्छु र आमा ?” उसले दिक्कदारी पोख्यो ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)